logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

चिट चोरे सबै परिक्षा रद्ध हुने

प्रभातफेरी अनलाइन१४४१ पटक पढिएको | २०६९ फागुन ६, आईतबार
Post Thumbnail

एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्वन्धित विषयको मात्र नभई सबै परीक्षा रद्ध हुने भएको छ । परीक्षालाई थप व्यवस्थित  र मर्यादित  बनाउन परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले यो निर्णय गरेको उपनियन्त्रक प्रह्लाद अर्यालले  जनाए ।
“ऐन नियम फितलो भएकैले गत वर्षसम्म पनि परीक्षालाई व्यवस्थित  र मर्यादित  बनाउन निकै धौधौ पर्यो, उनले भने, “त्यसैले यो बर्ष परीक्षा बोर्डकोे बैठकबाटै माध्यामिक शिक्षा परीक्षा सञ्चालन निर्देशिकामा संशोधन गरी चिट र्चोने विद्यार्थीको सबै परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । ” अमर्यादित कार्य गर्ने विद्यार्थी पूरक परीक्षामा समेत सामेल हुन नपाउने व्यवस्था निर्देशिकामा  छ । परीक्षार्थी या अभिभावकले परीक्षा केन्द्रमा उच्छृंखल काम गरे, सम्बन्धित केन्द्राअध्यक्षको सिफारिसमा ती विद्यार्थीलाई दुई बर्षसम्म एसएलसी परीक्षाबाट वञ्चित गराइनेसम्मको कारबाहीको व्यवस्था निर्देशिकामा गरिएको पनिकाले जनाएको छ ।
परीक्षा निरीक्षक र केन्द्राध्यक्षले अमर्यादित कार्य गरे, कसुर हेरी घटुवा, बढुवा रोक्का, ग्रेड घटाउने तथा निलम्बनसम्मको कारबाही हुने उपनियन्त्रक अर्यालले जनाए । “निरीक्षकलाई बढी जिम्मेवार बनाउन यो बर्ष  प्राथमिक तहका सकेसम्म स्थायी शिक्षकलाई नै निरीक्षक तोक्ने व्यवस्था निर्देशिकामा गरिएको छ, उनले भने, “परीक्षामा निरीक्षक या केन्द्राध्यक्षले चिट चोराउने अमर्यादित कार्य गरे जिल्ला, क्षेत्र र केन्द्रबाट खटिएको परीक्षा अनुगमन टोलीले तत्कालै विभागीय कारबाहीको सिफारिस र्गन सक्ने जिम्मेवारी दिएका छौं । ” चैत १ देखि सुरु हुने एसएलसीका लागि पाँच लाख ४७ हजार दुई सय पाँच परीक्षार्थीले आवेदन भरेका छन्।् ।  परीक्षाका लागि एक हजार सात सय ८६ केन्द्र तोकिएको छ । जनक शिक्षा सामाग्री केन्द्रमा कडा सुरक्षा घेराभित्र परीक्षा नियन्त्रक खगराज बरालको उपस्थितिमा प्रश्नपत्र छपाइ भइरहेको छ ।
६० जिल्लामा होम सेन्टर नराख्ने व्यवस्था गर्न पनि पनिकाले जिल्लालाई निर्देशन दिएको छ । “तराईको कुनै पनि जिल्लामा होम सेन्टर नराख्न सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको छ, उपनियन्त्रक अर्यालले भने, “होम सेन्टरले परीक्षालाई अमर्यादित र अनियमित बनाउने भएकाले यस्तो निर्देशन दिइएको हो । ”     परीक्षामा अनियमित कार्य गरे विद्यार्थी, निरीक्षक र केन्द्राध्यक्षलाई शिक्षा ऐन, नियमबमोजिम र अभिभावकलाई स्थानीय प्रशासनको सार्वजनिक ऐनअनुसार कारबाही हुने पनिकाले जनाएको छ ।