Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २७, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुई सय वर्ष सम्मका लागि हुनु पर्छ अव बन्ने संविधान

प्रभातफेरी अनलाइन १३०७ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २९, आईतबार (१२ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी
नेपाल गणतान्त्रिक मुलुक , यो परिभाषाले अव कसैलाई चिनाईराख्नु पर्दैन । करिव २ सय ४० वर्ष सम्मको इतिहास बोकेको राजतन्त्रलाई उखेलेर गणतन्त्रको विउ रोपेको धेरै भएको छैन , नेपालमा । तर अहिले सम्म जति समय गणतन्त्रमय भयो नेपाल, यो अवधिमा  धेरै उपलब्धिहरु हासिल गरिसक्नु पर्ने थियो तर सोचे अनुसार र अपेक्षा गरे अनुसार हुन सकिरहेको छैन । यो नेपाल र नेपालीहरुको लागि त दुर्भाग्य हुदैं हो विश्व समुदायमा पनि नेपालको छवि विगार्ने कारक तत्वको रुपमा रहनु पक्कै पनि राम्रो होइन ।

नेपाल र नेपालीको भाग्य बनाउने भनिएको र ऐतिहासिक जिम्मेवारी लिएको संविधानसभा विना उपलब्धी विघटन भएको पनि एक वर्ष भईसक्यो । २ वर्ष सम्ममा संविधान निर्माण गर्नु पर्ने जिम्मेवारीलाई लत्याउँदै ४ वर्ष सम्म म्याद थपिएको भएपनि संविधानसभाबाट शुन्य उपलब्धि हासिल हुनु र संविधानकै लागि हरेक नेपालीहरुका पसिना–पसिनाबाट जम्मा भएको राज्यको अरबौं रुपयाँको ढुकुटी रित्तीनु पक्कै पनि शुभ संकेत होइन । यति मात्रै होइन, अझै पनि यो श्रृखला रोकिएको छैन । संविधानलाई एउटा खेतीको रुपमा लिदैं यसबाट देशको नाउँमा अरबौं रुपयाँ सक्याउने खेल खेल्न उद्धत् नेपालका राजनीतिक दलका नेताहरु अव पुनः अर्को संविधान सभाको निर्वाचन तर्फ लागि रहेका छन् । पटक–पटक निर्वाचन मात्र गर्ने र यसका उपलब्धि तिर ध्यान नदिने परिपाटीले नेपाल विश्वका राष्ट्र सामु वर्षौं पछाडि परिरहेको तितो यथार्थ हामी सामु ताजै छ ।

यस अघि पटक–पटक नेपालमा संविधानहरु जारी नभएका होइनन् । प्रत्यक्ष रुपमा हेर्ने हो भने ०१५ साल र ०४७ सालमा लागू गरिएका संविधानहरु नेपालका लागि दीर्घकालिन हुन सकेनन् । धेरै लगानी गरेर निर्माण भएका संविधानहरु छोटै समयमा विघटन हुदैं आईरहेका विगतका इतिहास हामी सामु साक्षी छन् । संविधान बनाउने जिम्मा लिएका राजनीतिक दलका नेताहरु पहिले आफ्नो स्वार्थ पुरा गरौं अनि देशको भन्ने मान्यताले प्रेरित छन् । यो राम्रो कुरा होइन ।

देश संचालनको लागि आवश्यक मुल कानुन हो संविधान । यो यथार्थलाई सबैले राम्ररी बुझेका छन् । तर नबुझे झैं गरिरहेका छन् हाम्रो देशका राजनितिक दलहरु । सानो विषयमा पनि झगडा गर्ने र आफ्नै कारणले भएका ठूला–ठूला गल्तीहरुलाई सच्याउन तिर नलाग्ने उनीहरुका कमजोरीले नेपाली नागरिकले सधैं दुखः खेप्नु परिरहेको छ ।

जनतालाई मिठा आश्वासनहरु बाँड्ने र ती आश्वासनहरु पुरा गराउन असम्भव मागहरु राखेर देश र जनतालाई सधैं दुःख दिने हाम्रा राजनीतिक दलहरुका पुरानो बानीले अहिले सम्म हामीले धेरै नै हन्डर खादैं आईरहेका छौं । यो श्रृखला जव सम्म रोकिदैंन तव सम्म जनताहरु सच्चा मागहरु राखेर सडकमा उत्रदैनन् । हामी जनताहरु पनि कुराको चुरा नवुझिकन नेताहरुका पछि लाग्छौं । हिजो आफ्नो स्वार्थ पुरा गर्न तिर लाग्दा जनता सामु के बोलीको ठेगान नभएका नेताहरुका मिठा र गुलिया भाषणका पछि लागेर  हामीले कतै अराष्ट्रिय काम त गरिरहेका छैनौं , सोच्न आवश्यक छ ।

हिजो संविधान सभा विघटन हुनु भन्दा अगाडि हामीले नै विभिन्न मागहरु राख्यौं । कहिले पूर्वबाट आवाज उठायौं त कहिले पश्चिम र सुदुर पश्चिमबाट । विभिन्न जात जातीहरुको प्रतिनिधित्व गर्दै आ–आफ्नै प्रदेशका अडानहरुलाई दोहो¥याएर बन्द र हड्तालहरु कति ग¥यौं कति.. । तर यो सोचेनौं कि हामी अखण्ड नेपालका नागरिकहरु हौं भनेर । यस अर्थमा हामी यति मुर्ख भयौं कि गएको जेठ १४ गते सम्म आ–आफ्ना मागहरु राखेर दवाव त दियौं नेताहरुलाई जब त्यहि दिन मध्यरात संविधानसभाबाट संविधान जारी नै नभई विघटन हुँदा १५ गते हामीले सहर्ष स्विकार ग¥यौं । नेताहरुले जे गरे त्यसलाई किन यसो ग¥यौ सम्म भन्न सकेनौं । यो हाम्रो ठूलो कमजोरी हो । यहि कमजोरीको फाईदा उठाउँदै पुन ः तीनै राजनितीक दलहरु चुनावको बहानामा मिठा सपनाहरु देखाउँदै गाउँ पस्दै छन् । विगतमा जे भयो त्यसलाई एउटा पाठको रुपमा लिदैं अव चाहिं हामीले कुन ठिक र कुन बेठिक हो भन्ने बुझेर मात्रै अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

चुनाव त सधैं गरिएकै हो । तर त्यसको उपलब्धि कति भयो त्यस तिर पनि ध्यान दिनु आवश्यक छ । चुनाव गर्दैमा समस्या समाधान हुदैन , जव सम्म राजनीतिक दलहरुले आ–आफ्ना अनावश्यक अडानहरु छोड्दैनन् तव सम्म नेपालमा पचासौं पटक चुनाव गरेपनि देश र जनताले नयाँ संविधान पाउँदैंनन् । यो यर्थाथलाई हामी सबैले बुझ्नै पर्छ । हामी यो चाहन्छौं कि यति धेरै जनताले धेरै समय देखि अपेक्षा गरेको र देशको अरवौं रुपैँया सक्याइएर बनाइने भनिएको अवको संविधान २ सय वर्ष भन्दा वढि समयका लागि बनाउन सम्भव होस् । २ दशकलाई पनि नटिक्ने संविधान बनाएर पटक–पटक देश र जनतालाई झुक्याउने काम फेरी नदोहोरियोस् । जन अपेक्षाको कदर गर्न नजान्ने राजनीतिक दलहरुले आफ्ना कमि कमजोरीहरुको महसुस गरि देशको विकासमा लाग्ने प्रेरणा उनीहरुमा आओस् । अनि मात्र देश र जनताले सुख पाउने दिन आउने छ । अन्यथा पुरानै राजनितीक रोगले देश र जनताहरु थला पर्ने छन् । हामी चाहन्छौं , त्यो रोगको निदानका लागि हामी अरुको शरणमा पर्नु नपरोस् । यस अघि समयमा नै कुनै पनि काम नगरेकाहरुबाट अव पनि समयमै काम होला भन्न त सकिंदैन, तर यसबाट उनीहरुले पाठ सिके होलान् भन्ने  अपेक्षा गर्न भने सकिएला कि । पबयितयउष्द्दज्ञछ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0