Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २४, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वहुप्रतिभाका धनी थिए रविन्द्र

प्रभातफेरी अनलाइन १९४६ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १२, सोमबार (१२ साल अघि)
वहुप्रतिभाका धनी थिए रविन्द्र

प्रदीप के.सी.
आफ्नो अध्ययनको कक्षा तीनदेखि एस.एल.सी. र पाइलट तालिममा समेत प्रथम हुने रविन्द्र बञ्जारा, वहुमुखी प्रतिभाका धनी थिए ।
नेपाल वायुसेवा निगमको ९ एन.एबीबी ट्विन्टर विमान अर्घाखाँची जिल्लाको खाँचिकोट मसिनेलेकमा यहि फाल्गुण ४ गते दूर्घटना भई चालक दलका तीनजना सहित १८ जनाको दुःखद् निधन भएको थियो । उक्त विमानमा जुनियर क्याप्टेन (कोपाइलट) रविन्द्र बञ्जाराको दुःखद् निधन भएका थियो ।
२०४२ साल माघ २ गते पनौती–३, बञ्जारागाउँमा पिता दुर्गाप्रसाद बञ्जारा र माता अम्बिका बञ्जाराको कोखबाट जन्मिएका रविन्द्र सरस्वती कुञ्ज बोर्डिङ्ग स्कूलका पहिलो एस.एल.सी. ब्याचका सर्वाेत्कृष्ट भएको उनी अध्ययनकै क्रममा राष्ट्रव्यापी एलजी हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएपछि पाकिस्तानमा आयोजित सार्कस्तरीय हाजिरीजवाफमा नेपालको प्रतिनीधित्व गरी चौथा भएका थिए ।
मेधावी विद्यार्थी रविन्द्रले सार्क मै स्कूलको नाम राखेपछि पाइलट बनी उत्कृष्टता देखाए । हुने कुरा दैवले टार्न नसक्ने सावित गराई उनले छोडेर गए, सरस्वती कुञ्ज बोर्डिङ स्कूलका संचालक सुरेश सैंजूले बताए ।
सेन्टजेभियर्स कलेजबाट आईएस्सीमा उच्च अंक ल्याएका रविन्द्रले काठमाडौं विश्वविदालयबाट बिएस्सी गर्दा गर्र्दै छाडेर नेपाल वायु सेवा निगमको पाइलट तालिम लिने अवसर पाएका थिए ।
निगमको पाइलट बन्न ३० लाख रुपियाँ बराबरको धितो, १० वर्षसम्म सेवा गर्नुपर्ने र तालिमको रकम तलबबाट कट्टा हुँदै जाने निगमको शर्त पालना गरेर मलेशियाको एशिया फ्लाइट ट्रेनिङबाट १६ महिने तालिम सकेर पहिलो भएका थिए ।
उनी निगममा काम गर्न थालेका छ वर्षमात्र भएको थियो । पनौतीबाट ड्यिुटी नभ्याइने भएकाले काठमाडौंमै कोठा लिई बसेका थिए र उनी माघ २५ गते पनौती घर आएका थिए भने घर परिवारका सदस्यसँग त्यही दिन उनको अन्तिम भेट हुन पुग्यो ।
सँधै व्यस्त रहने छोरासँग मेरो बिहिबार फोनमा कुरा भएको थयिो आइतबार साथीकोमा भोज खाएर नेपाल टेलिकम बनेपाको अफिस पुगेका पिता दुर्गाप्रसाद बञ्जाराले छोरो उठानमा रहेको जहाज बेपत्ता भएको खबर पाएका थिए ।
रविन्द्रको परिवारमा पिता नेपाल टेलिकम बनेपा शाखामा अधिकृत, भाई रोशन शीर मेमोरियल अस्पताल बनेपामा डाक्टर छन् भने बहिनी रञ्जना काठमाडौं विश्वविद्यालयबाट भर्खरै इन्जिनियरिङ्ग गरेकी थिइन् ।
पछिल्लो समयमा अर्थशास्त्रमा स्नाकोत्तर गर्दै थिए भने दुई वर्ष अघि मात्र रविन्द्रले एलिनासँग प्रेम विवाह गरेका थिए । श्रीमती एलिना इन्जिनियरिङ्ग अध्ययनको लागि अमेरिका पुगेकी थिइन्  खेलकुदमा समेत चाख राख्ने रविन्द्र फुटबलमा जहिलेपनि वेस्ट प्लेयरको उपाधि पाउने गर्थे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0