Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २४, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

छुट्टै पहिचानका साथ महालक्ष्मी इन्स्योरन्स

प्रभातफेरी अनलाइन ४९४८ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख २५, बुधबार (६ साल अघि)
छुट्टै पहिचानका साथ महालक्ष्मी इन्स्योरन्स

बनेपा-इन्स्योरेन्स लिमिटेडहरुमा कान्छो महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड छुट्टै पहिचानका साथ बनेपामा सेवा दिन आउने भएको छ ।

बनेपामा भएको साक्षातकार कार्यक्रममा संस्थाका बारेमा परिचय गराउँदै स्थापनाको छोटै अवधिमा नेपालीहरुको विश्वास जित्न सफल भएको खुलासा गर्दै उपत्यका बाहिर दर्ता भएको केहि महिना नपुग्दै तेह्रौं शाखाको रुपमा बनेपामा सेवा दिन लागेको सिनियर एजेन्सी म्यानेजर वासुदेव त्रिपाठीले कार्यक्रममा बताउनु भयो ।

मुलुकको सातै प्रदेशमा प्रादेसिक शाखा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. अहिले मुलुकमा रहेका १८ वटा इन्स्योरेन्स कम्पनी भन्दा फरक कित्ताबाट आपूmलाई जनता माझ चिनाउन सफल भएकै कारण स्थापित भएको म्यानेजर त्रिपाठीले बताउनु भयो ।

त्यसैगरी बनेपा ब्रान्च म्यानेजर उर्मिला कार्कीका अनुसार लामो अनुभव समालेको टिमकै कारण जनता माझ यो इन्स्योरेन्स कम्पनी छिटै लोकप्रिय बन्न सफल भएको छ । यो कम्पनीले कबोल गरेका वाचाहरु पूरा गर्ने विश्वासकै कारण पनि नेपाली जनताहरुले यस प्रति विश्वास बढाएको कम्पनीले महशुस गरेको उहाँको तर्क थियो ।

साक्षातकार कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउदैं म्यानेजर कार्कीको थप कथन थियो– महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. पक्कै पनि अन्य इन्स्योरेन्स भन्दा फरक योजना लिएर आएको छ । जुन योजना आजसम्म अन्य कम्पनीले नदिएको दावा गर्दै महालक्ष्मी डबल (दोब्बर) साविक विमा, लगानी फिर्ता म्यादी विमा र सावाधिक विमा योजना यस कम्पनीका विशेषता हुन् । जसको कारण नेपाली जनताको विश्वास सहजरुपमा जित्न सफल भएको आप्mनो अनुभव रहेको बताउनु भयो ।

त्यसैगरी केन्द्रीय शाखा विस्तार प्रवन्धक जनकराज बरालका अनुसार बनेपा मुलुकको पूर्वको नाकाको रुपमा स्थापित व्यवसायिक मुटु हो । यसलाई यस किसिमका कम्पनीहरुको खाँचो छ । त्यो खाँचो महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुरा गर्नेछ भन्ने विश्वासका साथ हामी आएका छौं । अहिले मिडियामा आए अनुसार यो योजनामा सत्र प्रतिशत मात्र आवद्ध छन् । अव राज्यको नीति अनुसार बाँकी ८३ प्रतिशतलाई पनि आवद्ध गराउने योजना अनुरुप हामी बनेपा प्रवेश गरेका हौं । यसर्थ पनि प्रत्येक नागरिकको जीवन सुरक्षाको लागि र नैसर्गिक अधिकारलाई आत्मसाथ गर्नु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दायित्व सम्झेका छौं ।

कुनै पनि व्यवसायको पछाडि लाइफ इन्स्योरेन्स जोडिएको हुन्छ र त्यो आवश्यक पनि छ भन्नु हुँदै बराल थप्नु हुन्छ–तर अतीतका केहि तिक्तताले यो क्षेत्रमा चुनौति पनि थपिएको छ । त्यसलाई चिर्दै जनता माझ आपूmलाई स्थापित गर्दै सेवामा समर्पित हुन महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. बनेपा आएको उहाँको तर्क थियो । स्मरण रहोस् सार्वजानिक नहुँदै सयौं जना बनेपाली नागरिकहरुको मन जित्न सफल भएको इन्स्योरेन्स सम्बन्धि कागजातले पुष्टि गरेको कार्यालयको अभिलेखले देखाएको छ । नेपालमा रहेका प्रतिष्ठित पाँचवटा बैंकहरुको लगानी रहेको यस इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय काठमाडौं रहेको बनेपा शाखा प्रमुख उर्मिला कार्कीले साक्षातकारमा बताउनु भएको थियो ।

  • छुट्टै पहिचानका साथ महालक्ष्मी इन्स्योरन्स
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0