Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालयहरुका लागि स्व–अध्ययन सामाग्री हस्तान्तरण

प्रभातफेरी अनलाइन ६४८४ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २५, आईतबार (५ साल अघि)
विद्यालयहरुका लागि स्व–अध्ययन सामाग्री हस्तान्तरण

धनीराम कोरी
कपिलवस्तु । दलित सामाजिक बिकास केन्द्र र युनाईटेड मिसन टु नेपालको सयुंक्त साझेदारीमा संचालित “हाम्रो पहँुच परियोजना” अन्तर्गत यशोधरा गाउँपालिकाका ८ वटै वडामा कक्षा ६ का लागी स्व–अध्ययन सामाग्री एक कार्यक्रमका बिच वितरण गरिएको छ ।
कार्यक्रममा कक्षा ३ मा अध्ययनरत बालबालिकाहरुका लागि अभिभावक सहयोग पुस्तिका पनि सो अवसरमा वितरण गरिएको थियो । आयोजक संस्थाले जनाएअनुसार बालबालिकाहरुलाई घरमा नै सिकाउन सकिने सिकाई क्रियाकलापहरु समावेश गरिएका पाठ्यक्रमहरु यशोधरा गाउँपालिकाको सहकार्यमा २७ वटा विद्यालयहरुमा उक्त पाठ्यक्रम हस्तान्तरण गरिएको छ ।


दलित सामाजिक विकास केन्द्रले जनाएअनुसार यशोधरा गाउँपालिकामा रहेका ३ वटा मा.वि., ५ वटा निमावि, १४ वटा प्रावि र मदरसा लगायत जम्मा २७ वटा बिद्यालयमा अध्ययनरत कक्षा ३ का करिब ६ सय ७० बालबालिकाका साथै कक्षा ६ मा अध्ययनरत करिब ४ सय ८ जना बालबालिका समेत गरी जम्मा १ हजार ७८ बालबालिकाहरुलाई एक÷एक सेट बैकल्पिक शिक्षाका लागि स्व–अध्ययन सामाग्री घरमा नै पढ्न र सिक्न सकिने सिकाई क्रियाकलापहरु समावेश गरिएका पाठ्यक्रमहरु अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै पढाउन सकिने सिकाई क्रियाकलापहरुको किताब यशोधरा गाउपालिकाका शिक्षा इकाई प्रमुख अनिल ओझाको सहकार्यमा दलित संस्थाले बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कोभिड–१९ का कारण विद्यालय बन्द रहेको बेलामा विद्यार्थीहरुले उक्त किताव बालबालिकाहरुलाई अभिभावकहरुको सहयोगमा आफैले पढन लेख्न र अभ्यास गर्न सक्ने गरि पाठयक्रमको आधारमा तयार गरिएको कार्यक्रममा बताइएको छ ।
यस समयमा बिद्यार्थीहरु घरमा बस्दै आई रहेका छन । त्यसकारण विद्यार्थीहरुको सिकाई अभ्यास निरन्तरता र बिर्सेका कुराहरुको पुनर्ताजगी र उनीहरुको पढाई नियमित रुपमा होस भन्ने उद्देश्यले यो किताब वितरण गरिएको परियोजना अधिकृत रामकुमार महराले जानकारी दिनुभएको थियो ।

पाठ्यक्रमको प्रयोगको बारेमा प्रत्येक विद्यालयका प्र.अ तथा शिक्षकहरुलाई यशोधरा गाउँपालिकाको सहयोगमा महत्व तथा औचित्यको बारेमा १ दिने अभिमुखिकरण पनि संचालन गरिएको संस्थाका अध्यक्ष रामशरन रैदासले जानकारी दिनुभएको थियो । साथै यस गाउँपालिकाको ५ वटा वडामा ३२ वटा गाउँमा सिकाई केन्द्र संचालन भैरहेका छन् र यसको सहजीकरण गर्ने सहजकर्तालाई पनि उक्त अवसरमा अभिमुखिकरण गरिएको थियो ।
उक्त अवसरमा श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको प्र.अ. रामसेवक यादव, श्री कृष्ण धार्मिक माध्यमिक विद्यालयको प्र.अ. रामजियावन यादव, श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयका प्र.अ शिव प्रसाद चौधरी र श्री जगन्नाथ निम्न माध्यमिक विद्यालयका प्र.अ. तिलक राम लोहार लगायतका प्र.अ.हरुले उक्त कार्यक्रम समय सापेक्षिक र व्यवहारिक भएको धारणा राख्नुहुँदै यस किसिमका पाठ्यक्रमले बालबालिकाहरुको लागि धेरै सहयोग सिद्ध हुने बताउनुभएको थियो । साथै यस अभियानमा आफूलाई समर्पित गरेकोमा दलित सामाजिक विकास केन्द्र संस्थाप्रति आभार समेत प्रकट गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0