Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोस्रो विश्वयुद्धका साहसिक योद्धा बुद्धिमान थामी (लाहुरे) आपा ! अलविदा !!

प्रभातफेरी अनलाइन ५७९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (४ साल अघि)
दोस्रो विश्वयुद्धका साहसिक योद्धा बुद्धिमान थामी (लाहुरे) आपा ! अलविदा !!

डम्बर थामी “अनुपम”

यतिखेर म निकै घोरिएको छु । आफैंभित्र सोहोरिएको छु । निकै निधार खुम्च्याएको छु । कता–कता मन पनि अमिलो भएको छ । केही स्मृतिहरू धमिलो भएको छ । तमतमिलो भएको छ । तन मन एकाएक भड्किलो भएको छ । जति सोच्दा पनि चित्त बुझेको छैन । के गरौं ? कसो गरौं ? भएको छ ।मलाई समयले निकै ठूलो छल गरेको भान भईरहेको छ । मलाई समयले निकै ठूलो सजाय पनि दिएको आभाष भईरहेको छ । एक साहसिक योद्धाको बारेमा उनको मृत्युपश्चात मात्र ज्ञात भएको छ । मैले हाम्रो (थामी) समुदायको एक अथक योद्धालाई जीवित हुँदा नै भेट्न र विश्वयुद्धका भलाकुसारीहरू गर्न पाईंन । युद्धानुभव सुन्न पाईंन । उनको मृत्युपर्यन्त मात्र यो दूर देशमा सामाजिक सन्जालको माध्यमबाट थाहा पाएँ । (हुन त मेरो विद्यार्थी जीवन पनि सुस्पा क्षमावती मा नै बितेको हो । पहरे गाउँ नजिकै रहेको माध्यमिक विद्यालयबाट एस.एल.सि. दिएको हुँ । आदरणीय दाजु भव बहादुर थामी दाजुको घरमा पनि कैयौं दिन बसेको हुँ । आफ्नै घर जस्तो लाग्थ्यो । तर नजिकै पहरे गाउँको कुरा अल्लारे उमेरमा कसरी थाहा पाउनु !) अनि हृदयमा हजारौं तर्कनाहरू खेलिरहे । आश्चर्य त के लागेको छ भने विश्वयुद्धमा पनि हाम्रो समुदायको सहभागिता रहेछ । सामन्ती शासकहरूले जङ्गली र कायरको दर्जामा राखेको हाम्रो समुदायले पनि विश्वयुद्ध लडेको अजम्बरी इतिहास रहेछ । उनै अजम्बरी योद्धाको बारेमा विस्तृत कुराहरू त पछि नै उल्लेख गर्नेछु । तर वीर योद्धाको श्रद्धाञ्जलीस्वरुप केही कुराहरू उजागर गर्न गईरहेछु ।
कालिञ्चोकको काखमा रहेको बाक्लो थामी बस्ती । थामी जातिकै उत्पत्तिस्थल । पूर्खाले बसोबास गरेको ऐतिहासिक भूमि सुस्पा । साविक सुस्पा क्षमावती गा.वि.स. वडा नं ७, हाल (भिमेश्वर नगरपालिका वडा नं १) मा पर्ने पहरे भन्ने गाउँमा बि.स. १९७८ सालमा बुद्धिमान थामी (लाहुरे) को जन्म भएको थियो । गरिब परिवारमा जन्मेका बुद्धिमान थामीलाई आफ्नो बुबाको अलिअलि सम्झना मात्रै थियो । सानै उमेरमा टुहुरा बनेका बुद्धिमान थामीलाई उनको आमाले मेलापात, बनीबुतो गरेर हुर्काएकी थिईन । आफ्नो छोराले दुःख नपाओस भन्ने उनकी आमाको उत्कट चाहना थियो । आमाको यस्तो चाहना हुँदाहुँदै पनि अभावग्रस्त जिन्दगी बिताउनु पर्दा उनलाई सानैदेखि नै पीडाबोध हुन्थ्यो र केही गर्छु भन्ने भावना जागृत भएको थियो । आमाले कतै नजानु भन्दाभन्दै पनि उनी साथीहरूको लहलहैमा लागेर साथीहरूसँगै दार्जिलिङतिर लागे । त्यतिबेला मोटर–गाडी थिएन । मोटरबाटो सडक केही पनि थिएन । महिनौंसम्म पैदल हिंडेर उनी दार्जिलिङ पुगेका रहेछन् ।
विदेश गएपछि त पैसाको बोट नै होला भन्ने लागेको रहेछ । तर त्यस्तो हुने सम्भावना नरहेपछि धेरै दिन भोकभोकै पनि बसेको तीतो अनुभूति थियो उनीसँग । यस्तो अवस्था भोग्नु पर्दा आमाले “घर छोडेर नजा बाबु” भनेको याद छातिमा गडेको रहेछ । अनि आमाले भनेको कुरा सम्झेर कयौंपटक धुरुधुरु रोएछन पनि । बल्लतल्ल साथीहरूसँगै होटलमा भाँडा माझ्ने काम पाएछन । थामीको छोरा भए पनि एक्लो छोरा थिए । दुःख र अभावमा हुर्के पनि घरमा आमाले खासै काम नलगाउने गरेको हुनाले भाँडा माझ्ने काम निकै गा¥हो भएछ । बरु म मर्छु तर भाँडा माझेर चाहिँ खाँदिन भनेर होटल छोडेर हिंडेछन । होटल त छोडे तर फेरि भोकभोकै पर्न थालेछन । नुहाउन नपाएको पनि धेरै दिन भएछ । शरीर डुङ्डुङ्ती गन्हाएछ । त्यही भएर उनी एउटा खोलामा नुहाउन गएछन । त्यो खोलामा तुईन चल्दोरहेछ । त्यहाँबाट साग सब्जी ओसारपसार हुने रहेछ । एक जना साहुले त्यहाँ सब्जीको भारी झारेर उनलाई बोलाएछन । दुई चार पैसा पाईएला कि भनेर बोक्न जाँदा भारी गह्रौं रहेछ । साथमा नाम्लो नभएकोले अर्कैले त्यो भारी बोकेर लगेछ । उनी हेरेको हे¥यै भएछन् । दुई चार पैसा आउला कि ? भन्ने बाटो पनि तत्कालको लागि टुटेछ । अनि फेरि त्यहीँ खोला किनारको ढुंगामा बसेर रुन लागेछन ।
त्यतिबेला एक जना अपरिचित मान्छे आएर “किन रुन्छस ? नरो ! बरु आर्मीमा भर्ती हुन हिंड ।” भनेछन । त्यो मान्छे युद्ध लड्ने । आर्मीमा भर्ती गराउने जवान खोज्ने गल्ला रहेछ । बुद्धिमान थामीले जवाफ दिएछन । “लडाइँमा त मरिन्छ होला, जान्न !” भनेछन । फेरि उसले भनेछ “के को मरिन्छ ! कि पैसाको रास ! कि हाडको रास हुन्छ । तँ किन त्यसरी डराउँछस ?” भनेछ । उनलाई पनि भोकले सताएको बेला । काम नपाएको बेला’ ढुंगा खोज्दा देउता मिल्यो’ भने झैं भएछ । उनलाई लागेछ भोकभोकै मर्नु भन्दा त कम्तीमा लडेर त मर्न पाईन्छ । समस्या टार्नको लागि केही पैसा त पाईन्छ ! भन्ने लागेर उनी सेनामा भर्ती हुन तयार भएछन । अनि त्यो गल्लावालाले उनलाई होटलमा लगेर थुक्पा, मःम टन्न अघाउँजी खान दिएछन । त्यसपछि उनलाई ह्वाङ खोलामा नुहाउन लगाएछन । टन्न खाएर नुहाएपछि ज्यान पनि हल्का भएछ । ज्यान फूर्तिलो भएछ । त्यसपछि उनलाई फेरि त्यो गल्लावालाले होटलमा लगेर मासु भात खुवाएछ । “खान चाहिँ बेस्सरी खा है ! नभए तौल पुग्दैन ।” भनेछ । खानाको चिन्ता त रहेन । मरिन्छ भन्ने चिन्ताले सताएछ ।
त्यसपछि त्यो गल्लावालाले सेना भर्ती गर्ने क्याम्पमा लिएर गएछ । उनी दौड र मेडिकलमा पास भएछन । जे होस छनौटमा पास भएर सेनामा भर्ती भएछन । कस्ता–कस्ता ठूला ज्यान भएका मान्छेहरू छनौट भएनछन । उनी सानो ज्यान भएको मान्छे चाहिँ पास भएछन । उनी भर्ती भएको सन १९४२ को कुरा रहेछ । त्यतिबेला भीषण रुपमा शक्ति राष्ट्रहरू बीचमा भीषण युद्ध चलिरहेको थियो । जसलाई दोश्रो विश्वयुद्धको नाम दिईएको थियो । जताततै भयावह स्थिति थियो । एक देशले अर्को देशमाथि आक्रमण गर्ने क्रम जारी थियो । सेनामा भर्ती त भए । तर भर्ती भईसकेपछि पनि उनलाई बाँचिन्छ भन्ने चाहिँ लागेकै रहेनछ । भर्ती भईसकेपछि उनीहरूलाई तीन दिनसम्म दार्जिलिङ सैनिक ब्यारेकमा राखेछ । त्यसपछि रेलमा चढाएर सिलिगुडी पु¥याएछ । कहिल्यै गाडी पनि नचढेको मान्छे रेलमा चढ्दा उनलाई अनौठो लागेछ । रेलमा चढ्दा पनि आमाको झल्झली याद आएछ । सिलिगुडी पुगेर एक रात बसेपछि फेरि आसाम गोहाटी पु¥याएछ । त्यसपछि फेरि मणिपूर पु¥याएर छ महिना सैनिक तालीम दिएछ । सैनिक तालिम पनि कुशलतापूर्वक पास गरेछन ।एउटा सामान्य नागरिक जीवनबाट सैनिक जीवनमा प्रवेश गरेछन । अब्बल सैनिकको रूपमा दर्ज भएछन । पछि मात्र थाहा भएछ कि आसाम राईफल्समा भर्ती भएको कुरा । कठोर सैनिक तालीम । कठोर युद्ध ट्याक्टिस । पास गरेपछि मरिन्छ भन्ने कुरा पनि लाग्छ छोडेछ । तालीमले मान्छेलाई ईस्पात बनाउँछ भनेको यही हो ।
खास त त्यतिबेला दोश्रो विश्वयुद्धको दबदबा भएर नै नेपाली जवानहरूलाई सेनामा भर्ती गर्ने लहर चलेको थियो । तालिम सकिनासाथ बर्मामा जापानले आक्रमण ग¥यो भन्ने खबर आएछ । तत्कालीन अवस्थामा जापानी साम्राज्यवादले चीन र दक्षिण पूर्वी एशियामा आफ्नो दबदबा कायम गर्न खोजेको थियो । त्यसपछि आसाम राईफल्सको टुकडीलाई ब्रीटिस गोरा साहेबको कमान्डमा बर्मा खटाएछन । गोरा साहेबको कमान्डमा जङ्गलै जङ्गल टोली मुभ भएछ । उनीहरूसँग नेपाल सरकारले अंग्रेजको तर्फबाट लड्न पठाएको काली बहादुर गण पनि रहेछ । महिनौं दिनसम्म हिंड्दा पनि दुश्मनसँग जम्काभेट भएनछ । जङ्गलै जङ्गल हिंड्दा हिंड्दा लखतरान भएछन । तर दुश्मनको संभावित हमला चाहिँ यथावत नै थियो । जापानी सेनाले कतिबेला कहाँ आक्रमण गर्छ भन्ने त्रास थियो । तर पनि हतियार र फौज साथमा भएपछि ढुक्कता थियो । जाँदाजाँदै बाटैमा जापानी सेनाले बर्माको धेरै जसो भाग कब्जा गरिसक्यो भन्ने खबर आएको रहेछ । संसारभरि नै लडाइँको खबर मात्रै आईरहे पनि लडिन्छ भन्ने आँट आएछ । र डर पनि हराएछ । मन दह्रो भएछ ।
त्यसरी समय बित्दै जाँदा दुश्मनसँग लुकामारी खेल्दै जाँदा एक दिन चार बजेतिर बर्माको सिन नदीको वारिपट्टि पुगेछन । अनि सूचना आएछ कि दुश्मन (जापानी सेना) त्यही नदी तरेर आउँदैछन भनेर । त्यो सूचना आएपछि नदी किनारको जङ्गलमा पोजिशन लिएर बसेछन । नभन्दै घाम अस्ताउने बेलातिर जापानी सेनाहरू नाउ चढेर नदी नै ढाक्ने गरी आउन थालेछन । अनि गोराको कमान्डमा रहेको टोलीले फायरिङ गर्दै भीषण आक्रमण गरेछन् । उनीहरू अत्तालिएर चिच्याएर कोही भागेछन । कोही लास बनेर नदीमा बगेछन । एउटा मान्छे मर्दा पीर लाग्ने बुद्धिमान लाहुरेलाई त्यतिबेला त्यत्रो मान्छे मर्दा । नदीमा बग्दा पीर लागेनछ । युद्ध भनेको कस्तो चीज रहेछ ? भनेर आफैं आश्चर्यमा परेछन । त्यो लडाइँमा कति मरे एकिन गर्न पनि नसक्ने स्थिति थियो । तर दुश्मनलाई पराजित गर्दा चाहिँ धेरै खुशी लागेछ । उनको टोलीतर्फ भने कसैलाई केही भएनछ । त्यसपछि रात परेछ । फेरि जङ्गलकै बास । रासन पनि सकिएको अवस्था । दुश्मनले आक्रमण गर्ला भन्ने डर । रातभर पानी परेको रात । भोकभोकै पोजिशन लिँदै बसेको रातहरू सम्झेका रहेछन बुद्धिमान लाहुरेले । सेनाको जिन्दगी युद्धमा नै त बित्ने हो । त्यतिबेला जताततै मान्छेको लास । सडक, गल्ली, खोंच, भीर पाखा जहाँ पनि दाउराको खलियो जस्तै लासको रास देखेका रहेछन बुद्धिमान लाहुरेले । आखिर युद्धमा हुने नै यस्तै हो । यसरी युद्ध लड्दै जाँदा बर्माको विभिन्न ठाउँहरूमा घुम्दै जाँदा सन १९४५ अगस्ट ६ मा जापानको हिरोशिमामा (लिटल व्वाई) र अगस्ट ९ मा नागाशाकीमा (फ्याटम्यान) भन्ने अमेरिकाले परमाणु बम खसालेपछि सम्पूर्ण जापानी सेनाहरू बर्मा छोडेर सन १९४५ अगस्ट १४ मा आत्मसमर्पण गर्दै आफ्नो देश लागेपछि बुद्धिमान लाहुरेको टोलीलाई पनि पल्टनले घरबिदा दिएछ । मर्ने मरिहाले तिमीहरु बाँचेकाहरू जाओ भनेर उनीहरूको कमान्डरले भनेपछि लादुकको एक जना तामाङ साथी र गाउँकै एक जना शेर्पा साथीसँग घर फर्केर आएछन ।
यसरी सन १९३९ सेप्टेम्बर १ देखि सन १९४५ मे ८ सम्म चलेको नरसंहारकारी दोश्रो विश्वयुद्धमा धेरै ठूलो (भयंकर) जनधनको क्षति भयो । लगभग ६ करोड मानिसको ज्यान गयो । त्यो विनाशकारी युद्धमा ७० देशका जल–थल–वायु सेनाले भाग लिएका थिए । नेपालको सन्दर्भमा नेपालले पत्यक्ष रूपमा विश्वयुद्धमा भाग नलिए पनि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले बहादुर शमसेरको नेतृत्वमा दुई लाख पचास हजार नेपाली सेना युद्धमा पठाएका थिए । नेपाली फौजले बेलायतको तर्फबाट लडेको थियो । मुख्य गरी जापानी र जर्मनी विरुद्ध लडेका थिए । नेपाली फौजले साईप्रस, ग्रीस, सिरिया, लेबनान, प्यस्लेस्टाईन, इराक, सिंगापुर, मलाया, तथा बर्मामा बहादुरिपूर्वक लडेका थिए । युद्धमा जम्मा सहभागी मध्य ७,५४४ नेपाली युवाहरू मारिए । २३,६५५ घाइते भएका थिए ।
यसरी यो भयानक दोश्रो विश्वयुद्ध लडेर कीर्तिमान राखेका बुद्धिमान थामी हाम्रो एउटा अविस्मरणीय अजम्बरी इतिहासका नायकको २०७७ साल चैत्र १८ गते स्वर्गारोहण भयो । एक अजम्बरी इतिहासप्रति हार्दिक श्रद्धाञ्जली । अलबिदा बुद्धिमान थामी (लाहु¥या) आपा !!!
(नोट ः मलाई वहाँको बारेमा असाध्यै कौतुहलता जागेर यतिसम्म खोजी गरेको हुँ । यसमा साप्ताहिक दोलखा पत्र वर्ष ४ अंक २, २०६८ वैशाख २३ गते नवराज शिवाकोटी ज्यूसँगको संवादमा आधारित आलेख र आर. सि. थामी ज्यू को युट्युब च्यानलको संक्षिप्त संवादमा आधारित रहेर यो लेख तयार पारेको हुँ । यो सामाग्री उपलब्ध गराईदिनु हुने थामी बुद्धिजीवी, समाजसेवी रामकाजी थामी दाजुप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । वहाँको बारेमा विस्तृत कुराहरू आगामी दिनहरूमा उजागर गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछु । साप्ताहिक दोलखा पत्रप्रति नतमस्तक छु । भूल भएमा क्षमा चाहन्छु ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0