प्रभातफेरी अनलाइन३७ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
काठमाडौं / रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका क्रममा एकजनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलका अनुसार उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको टोलीले एकजनाको शव फेला पारेको हो। उद्धारमा खटिएको टोलीका अनुसार सुरुङका सात तल्लामध्ये पाँच तला हिलोले पुरिएको छ भने दुई तला मात्रै देखिएको अवस्थामा त्यहीँबाट शव फेला परेको हो।
यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई सकुशल उद्धार गरेको थियो।