प्रभातफेरी अनलाइन४० पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले बाढी, पहिरो र नदी कटानजस्ता घटनालाई ‘दैवी प्रकोप’ भन्नु उपयुक्त नभएको बताए। उनले भोटेकोशीमा आएको बाढीलाई समेत दैवी प्रकोप नभई प्राकृतिक विपत्ति भन्नुपर्ने धारणा राखे।
उनले कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न सरकारसँग माग गरेका हुन्।