Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुर्मुस सुन्तली एकिकृत नमुनावस्ती भूकम्पले ध्वस्त गिरानचौर ठडियो

प्रभातफेरी अनलाइन ५८३५ पटक पढिएको प्रकाशित मिति: २०७३ कार्तिक १४, आईतबार (९ साल अघि)
धुर्मुस सुन्तली एकिकृत नमुनावस्ती भूकम्पले ध्वस्त गिरानचौर ठडियो

ज्ञानमणि नेपाल कालोटोपी

गिरानचौर, सिन्धुपाल्चोक ÷ गएको बैशाख २९ गते दोस्रो विनासकारी भूकम्पको पहिलोवर्ष पुगेको दिन देखि शुरु भएको सिन्धुपाल्चोकको गिरानचौरमा रहेको धुर्मुुस सुन्तली एकिकृत नमुनावस्तीको कार्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको छ ।

३५ रोपनी क्षेत्रफलमा ६५ वटा भूकम्प प्रतिरोधि घरहरुको निर्माण गरिएको इञ्जिनियर अर्जुन न्यौपानेले बताए । यस अघि काभ्रे जिल्लाको भूकम्प प्रभावित गाउँ पहरीवस्तीमा पनि यस समुहले २० वटा नमुना घरहरु बनाई गतवर्ष देखि नै पूनर्निमाणमा सक्रियता देखाएको थियो ।

गिरानचौरको एकिकृतवस्ती निर्माणमा देश विदेशबाट उल्लेख्य सहयोग आएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनमा १ लाख ७४ हजार बजेट हुँदा यति ठूलो आयोजना शुरु गरिएको थियो । लक्ष्य अनुशारको काम कसरी सम्पन्न गर्ने भनेर धुर्मुस र सुन्तलीको जोडि निकै चिन्तित थियो । त्यहि चिन्ताले नै उनीहरुलाई एउटा सफलता प्राप्त भयो । यो सफलतामा उनी स्थानियवासी, नेपाल सरकार, मेलम्ची नगरपालिका , नेपाल विद्युत प्राधिकरण लगायतलाई पनि जस दिन्छन् ।

मेलम्ची नगरपालिका –८, गिरानचौरको नमुनावस्तीमा ६५ वटा घर निर्माण भएका छन् । यसबाट ४ सय २२ जना लाभान्वीत हुने यस वस्तीमा ३ वटा ब्लकमा घरहरु बनाइएको छ । जस मध्ये ब्लक नं. ए मा २३ वटा, ब्लक बि मा २७ वटा र ब्लक सि मा १५ वटा घरहरु बनाइएको इञ्जिनियर न्यौपानेले जानकारी दिए । सबै घरहरुमा ४ वटा कोठा र ट्वाइलेट सहितको व्यवस्था छ । त्यसका साथै बुईंगलको पनि व्यवस्था गरिएको छ । घरहरु अपांगमैत्री र बालमैत्री छन् । पिंढीको पनि निर्माण गरिएको छ । वस्तीमा एउटा सामुदायीक भवन, ३ वटा पार्किङ र ३ चिल्ड्रेनपार्क पनि रहनेछन् । सबैघरहरुको क्षेत्रफल ५७२ वर्गफिट छ । प्रारम्भिक चरणमा प्रतिघरको लागत ६ लाख ९४ हजार १९० रुपैयाँ रहेको भएपनि निर्माण सम्पन्न हुँदा सम्म प्रतिघर करिव १ लाखले लागत वढ्न पुगेको इञ्जिनियर न्यौपानेले जानकारी दिए । सबै तामाङ जातीकै मात्र बसोबास रहने यो बस्ती देशकै नमुनावस्तीको रुपमा विकसित हुने बताइएको छ ।

गिरानचौरका हिरालाल तामाङ ०७२ बैशाख १२ को भूकम्पमा आफ्नो घर गुमाउनु पर्दा निकै चिन्तित थिए । भएभरको अन्नपात सहित चौपाया समेत घर भत्किएर पुरिएपछि पुरै परिवारलाई कहाँ लगेर पाल्ने भन्ने चिन्ता पनि थपियो । यो गरौं कि त्यो गरौं भन्दा भन्दै १ वर्ष बित्यो । विभिन्न संस्थाले दिएका राहत पनि सकियो । सरकारको अनुदान आउला र घर बनाउन पाइएला भनेर कुरिरहेका उनलाई अकस्मात धुर्मुस सुन्तलीको आगमन भगवान आए झैं लाग्यो । सधैं टेलिभिजनका पर्दामा मात्र देखिने धुर्मुस आफ्नो गाउँ बनाइदिन आएपछि उनी अहिले निकै खुशि मात्र भएका छैनन् वस्ती निर्माणमा प्रत्यक्ष सहभागी पनि भएका छन् । ‘सरकारले पैसा बाँढेर मात्र घर बनाउन नसकिने रहेछ’ – हिरालाल भन्छन् । “धुर्मुस सुन्तलीलाई देश बनाउने जिम्मा दिने हो भने राजनितीक दलका नेताले गर्ने गफ भन्दा उनीहरुले कामै गरेर देखाईदिनेछन् ।” – उनले भने । सरकारले चार्डपर्वमा बाँढेको पैसा खाएरै सकिन्छ । यस्तो पाराले वर्षौं सम्म पनि घर नबन्ने उनको अनुभव छ । सँगैको भोटेचौर भूकम्पले ध्वस्त भएको अहिले पनि उस्तै छ तर धुर्मुस सुन्तलीका कारण गिरानचौर भने अब नमुनावस्तीको रुपमा ठडिदैंछ ।

गिरानचौरमा घर त बन्ने भयो । अब यो सँगै त्यहाँका स्थानियहरुको आर्थिक प्रगती हुने कार्यक्रम ल्याउन आवश्यक छ । संस्थाले सहयोग गरेर घर बनाईदिएका कारण सरकारले भूकम्पपीडितलाई दिने अनुदान यहाँका नागरिकले पाएका छैनन् । त्यो अनुदानले यहाँका वासिन्दालाई आर्थिक उर्पाजन हुने कार्यक्रम संचालन गर्नु पर्ने इञ्जिनियर न्यौपानेको सरकारलाई सुझाव छ । यसपछि देशका अन्य वस्तीहरुमा पनि आफूले सकेको सहयोग गरिने पनि उनले जानकारी दिए ।

फोटोः
तस्विर ः

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0