logo
२०८३ अषाढ ३०, मंगलबार |
📰
🔍

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमसहित मनाइयो

प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: १९ घण्टा अघि (१९ घण्टा अघि)
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमसहित मनाइयो

काठमाडौँ,  आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ। राजधानी काठमाडौंमा प्रभातफेरि निकालिनुका साथै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरस्थित आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण गरी विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनकथालाई सरल नेपाली भाषामा भावानुवाद गरी ‘रामायण’ प्रस्तुत गरेका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा अतुलनीय योगदान दिएका छन्। उनले रचना गरेको ‘रामायण’ आज पनि नेपाली समाजमा घरघरमा श्रद्धापूर्वक सस्वर पाठ गरिने लोकप्रिय कृतिका रूपमा स्थापित छ।