प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
काठमाडौ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन सामान्य सुधार भए पनि समग्र साप्ताहिक कारोबारमा भने करिब ४९ अंकले घटेको छ।
शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा बन्द भएको छ। तर गत साता २७३४.६० विन्दुमा रहेको परिसूचक यस साताको अन्त्यसम्म आइपुग्दा २६८५.५४ विन्दुमा झरेको छ।
साताको पहिलो चार कारोबार दिन लगातार ओरालो लागेको बजारले अन्तिम दिन भने केही सुधार देखाएको हो।
आजको कारोबारमा १८० कम्पनीको सेयर मूल्य बढेको, ८२ कम्पनीको घटेको तथा १३ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
यस दिन कुल ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँ बराबरको ८८ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ।