logo
२०८३ श्रावण १६, शनिबार |
📰
🔍

बजारमा ग्याँसको सहज आपूर्ति गर्न आयल निगमको उद्योगीलाई आग्रह

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण १६, शनिबार
बजारमा ग्याँसको सहज आपूर्ति गर्न आयल निगमको उद्योगीलाई आग्रह

काठमाडौ / नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको सहज आपूर्ति सुनिश्चित गर्न ग्याँस उद्योगीहरूलाई आग्रह गरेको छ।

शनिबार जारी विज्ञप्तिमार्फत निगमले १४.२ केजीको ग्याँस सिलिन्डरको बिक्री–वितरण सुरु भएयता बजारमा ग्याँस अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले आपूर्तिमा कुनै समस्या हुन नदिन उद्योगीहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको जनाएको छ।

निगमले उपभोक्ताले सहज रूपमा ग्याँस प्राप्त गर्ने वातावरण बनाउन उद्योगीहरूलाई जिम्मेवारीपूर्वक वितरण व्यवस्थापन गर्न पनि आग्रह गरेको छ।