प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
काठमाडौं, पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्मका अधिकांश भूभागमा पानी परेको हो।
आज दिउँसो १:०५ बजेसम्मको मापनअनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको हनुमाननगरमा १४७.४ मिलिमिटर रेकर्ड भएको छ, जुन ‘धेरै भारी’ वर्षाको श्रेणीमा पर्छ।
महाशाखाका अनुसार हाल पनि मधेश प्रदेशबाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ।