प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौं, सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल फाइल झिकाउन निर्देशन दिएको छ।
यस्तै, दीपक भट्टले यसअघि गृह मन्त्रालयविरुद्ध दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको किनारा लागेको मिसिल पनि सर्वोच्च अदालतको अभिलेख शाखाबाट झिकाउन आदेश दिइएको छ।