प्रभातफेरी अनलाइन३२ पटक पढिएको प्रकाशित मिति: ४२ मिनेट अघि (४२ मिनेट अघि)
यदि ०८२ को निर्वाचनमा विवेक पुर्याएको भए थप ७४ सिट कसैले खोश्न नसक्ने तथ्यांकले देखाएको छ । विवेक पुगेको भए सरकार कस्को बन्थ्यो ? भनिराख्नु नपर्ला ! यो त एउटा प्रतिनिधि मुलक तथ्यांक हो ।
सात वर्षअघि एउटै पार्टीबाट विभाजित भएका एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) फेरि कार्यगत एकतातर्फ अघि बढाएका छन् ” काशिजाने कुत्तिको बाटो” भने जस्तै हो भन्दा फरक नपर्ला ! आज दुबै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका छन् । गत २१ फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व जनताको दबाबमा छन् ।
०७४ को एकताबाट उपलब्धिको शिखरमा पुगेर ०७७ को विभाजनपछि अकल्पनीय गम्भीर क्षति व्यहोरेका दुई ठुला वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृहकार्यमा लागेका हुन् । एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै सहकार्यको जनाउ दिएपछि वाम राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलेको छ ।आन्तरिक रूपमा आफू मजबुत नभइ हतारमा सहकार्य वा पार्टि एकताको बाटो रोज्दा समस्या थाती रहने मात्र होइन, त्यसले थप जटिलता सिर्जना गर्न सक्छ । यसले समग्र कम्युनिस्ट आन्दोलनलाई समेत कमजोर बनाउने जोखिम हुन्छ,अहिलेको परिस्थितिले वामपन्थी शक्तिहरूबिच संवाद बढ्नु स्वाभाविक छ । कार्यगत सहकार्यभन्दा अघि बढेर पार्टी एकताको निष्कर्षमा पुग्ने अवस्था भने अझै परिपक्व भइसकेको छैन । अनावश्यक रूपमा एकताको चर्चा चलाउँदा परिस्थिति झन् जटिल बन्न सक्छ ! शिर्ष नेताहरुले पार्टि एकिकरण को पहल गरिरहदा भुगोलका नेता कार्यकर्ता र सदस्यहरुको मनोभावना बुझ्न र सल्लाह सुझाब लिन पनी सुप्रिमो कमाण्डर क. प्रचण्ड लाई अनुरोध गर्नु हाम्रो कर्तव्य हो । केन्द्रमा १सय जना नेता थपिने लोभमा भुगोलका लाखौं सदस्य गुमाउने सहकार्य वा पार्टि एकता न गरेकै उचित ! हामिले २१ दलको एकता र सहकार्य पनी हेर्यौं सात वर्ष अघीको नेकपा नी हेर्यौ हामिलाई अब पुग्यो कमरेड भन्दा उचित हुन्न्छ । अब पनी पार्टि ठुलो बनाउने सपना देखेर नेकपा (एमाले) संग पार्टि एकता गर्ने होभने आज जसरी मधेशी दलहरुको अस्तीत्व समाप्त भयो हाम्रो अवस्था तेस्तै न होला भनेर भन्न सकिन्न त्यहिभएर आफ्नै पार्टीलाई सुधार्ने तिर लागौंआजको आवस्यकता हो । यी पात पतिङ्गर समेटेर पार्टि ठुलो र बलीयो हुन्छ भन्ने सपना नदेखौँ। हाम्रो आग्रह यति हो । यो सुझाब राम्रो लागे संयोजक क. प्रचण्ड सम्म पुर्याउन सबैसङ्ग आग्रह गर्दछ ।