logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण १०, आईतबार
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं,  धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–८ बालुवाटोलका चालक आनन्द उपाध्यायको मृत्यु भएको हो।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उपाध्यायलाई उपचारका लागि हिरा हेल्थ केयर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुईजनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।