प्रभातफेरी अनलाइन१३ पटक पढिएको | ११ मिनेट अघि
अर्घाखाँचीको शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।
अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा ३० जना सवार रहेको र अन्य यात्रु पनि घाइते भएको प्रहरीले जनाएको छ।