बनेपा ÷ नेपाली काँगे्रसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानिय निकायको चुनाव जुनै हालतमा हुने भएकाले चुनावमा लाग्न कार्यकतालाई निर्देशन दिएका छन ।
नेपाली कागे्रसको पहिलो राष्ट्रिय नगर सम्मेलनको समापन तथा आमसभालाई बिहीवार बनेपामा सम्बोधन गदै सभापति देउवाले स्थानिय तह पुन संरचनामा विवाद भए पुरानै संरचना वा इलाकालाई आधार मानेर भएपनि चुनाव भइछाड्ने बताए । जसरी पनि स्थानिय चुनाव गराउने पार्टीको निर्णय भएको छ, उनले भने, कोही पनि चुनाव हुदैन कि भनेर द्धविधामा नबस्नुहोस् चुनाव हुन्छ तयारीमा लाग्नुहोस ।
नगर सभापति तथा कार्यकताहरुलाई उनले चुनावको तयारीमा लाग्न आग्रह गरे । पहिलो प्राथमिकता भनेको स्थानिय चुनाव नै हो, त्यस पछि मात्र प्रान्त र राष्ट्रिय चुनाव हुने हो, तपाईहरु ढुक्क भएर काँगे्रसलाई जिताउने पक्षमा लाग्नुहोस् । उनले नगर, गाँउ प्रमुख, उपप्रमुखले नै राष्ट्रिय सभा गठन गर्ने भएकाले काँगेसलाई जित्ताउनु महत्वपुर्ण कुरा भएको बताए । उनले भूकम्पपछिको पुन निर्माण समेत निर्वाचित अध्यक्षले नै गर्ने भएकाले यसलाई खाल गरेर चुनाव जित्न आग्रह गरे । कार्यकतालाई हौसला प्रदान गदै चुनावमा पार्टीलाई जिताउनेको मूल्याङ्कन गर्ने देउवाले उदघोष गरे । संविधान कार्यान्वय गर्नु भने कै चुनाव भएको उनको तर्क थियो ।
त्यस्तै पार्टी भेन्युमा भएको कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शंशक कोइरालाले संविधान कार्यान्वयन काँगे्रसका प्राथमिता भएको बताए । संविधान कार्यान्वयन काँगे्रसको काँधमा आएको छ, यसका लागि पनि आउँदो चैत मै स्थानिय निकायको चुनाव हुन्छ । महामन्त्री कोइरालाले स्थानिय निर्वाचनमा काँगे्रस बलियोे भएमात्र अन्य दुई चुनाबमा बलियो हुने बताए । चैतमा जसरी भएपनि चुनाव हुन्छ, त्यसका लागि हामी तयारी अवस्थामा रहनुपर्छ, उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, काग्रेसले तिनै निर्वाचनमा सफल भएमात्र काग्रेस अगाडी बढ्न सक्छ ।
काँगे्रसका नेता कृष्णप्रसाद सिटौलाले संघीय संरचना अनुसार नै चुनाव जानुपर्ने बताए । संविधानमा संघीय संरचना अनुसार चुनाव गर्ने भनेका छौ, उनले भने, अव नेतृत्वमा बसेकाले खुट्टा कमाउनुहुदैन, नयाँ संरचना मै चुनावमा जानुपर्छ । यो नयाँ अभ्यास भएकाले असजिलो भएपनि नयाँ संरचना मै चुनावमा जानुपर्नेमा सिटौलाले जोडदिए ।
बसपार्कमा भएको कार्यक्रममा नेपाली काँगे्रसका नेता गोपालमान श्रेष्ठले मुलुकलाई दुर्घटना हुनबाट रोक्न समय सिमा भित्रै तीन तहको चुनाव काँगे्रसले जसरी भएपनि गराएर छाड्नुपर्नेमा जोडदिए । काँगे्रसका नेता कृष्णप्रसाद सिटौलाले संघीय संरचना अनुसार नै चुनाव जानुपर्ने बताए । संविधानमा संघीय संरचना अनुसार चुनाव गर्ने भनेका छौ, उनले भने, अव नेतृत्वमा बसेकाले खुट्टा कमाउनुहुदैन, नयाँ संरचना मै चुनावमा जानुपर्छ । यो नयाँ अभ्यास भएकाले असजिलो भएपनि नयाँ संरचना मै चुनावमा जानुपर्नेमा सिटौलाले जोडदिए ।
नेपाली काँगे्रसका नेता एवम् शहरी विकास मन्त्री अर्जुननर सिंह केसीले मुलुकको ४२ प्रतिशत जनता शहरी परिवेशमा भएपनि त्यस अनुसारको सेवा सुविधा दिन नसकेको बताए । हामीले शहरी क्षेत्रको रुपमा विकास त गयौ तर त्यस अनुसारको सेवा सुविधा दिन सकेका छैनौ । उनले शहरी क्षेत्रको विकासको लागि नयाँ नयाँ कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको बताए । कार्यक्रममा नेपाली कागे्रसका केन्द्रिय सदस्यत्रय महेन्द्र यादव, सुजता परियार र डिल्ला सग्रौलाले मुलुक कै अभिभाव पार्टी रहेकाले नेपाली काँगे्रसले मधेसी, जनजाती, थारु लगायतले उठाएका जायजमागलाई सम्बोधन गरेर चुनावमा जानुपर्ने बताए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |