logo
२०८३ कार्तिक २२, आईतबार |
☰
📰
🔍
✕
संयोजन : रचना मोक्तान तामाङ
✍️ दिलीप कुमार शर्मा कट्टेल भद्रपुर, झापा
✍️ ✍️ दिलीप कुमार शर्मा कट्टेल भद्रपुर, झापा
★★★

१.
दिलभित्र जम्यो भने कलुषको कालो
शान्ति हुन्छ तोडेपछि भ्रमको त्यो जालो ।
२.
मान्छे साँच्चै मान्छे भए भाग्छन् सबै भ्रान्ति
तेरो मेरो भाव हटी हुन्छ विश्व शान्ति ।

★★★
✍️ काेपिला अधिकारी गाेरखा
✍️ ✍️ काेपिला अधिकारी गाेरखा
★★★

१.
सारा बन्धुमा मानवताकाे भावना खुल्नुपर्छ
बम बारुद हटाइ शान्तिकाे फूल फुल्नुपर्छ ।
२.
जाति धर्मकाे विभेद हाेइन एकताकाे दिप बालाैँ
घृणा हाेइन हातेमालाे र शान्तिकाे अभियान थालाैँ ।

★★★
✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके ।
✍️ ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके ।
★★★

१.
सबै भन्दा ठूलो प्राप्ति हो शान्त राख्न सक्नु मन
हुँदैन जीवन सार्थक छलछाम गरिकन ।
२.
विश्व शान्तिको अभियान चलाऔँ हतियारहरू नष्ट गरि
बन्ने छ विश्वासको बादल अनि वर्षनेछ मित्रताको झरी ।

★★★
✍️ अर्जुन प्रसाद चौलागाई हाल : अमेरिका, अष्टिन ।
✍️ ✍️ अर्जुन प्रसाद चौलागाई हाल : अमेरिका, अष्टिन ।
★★★

१.
मानिस भएपछि फैलाउॅंन सकौँ मानवधर्म
त्यसको लागि बुझ्नुपर्छ अरूलाई परेको मर्म ।
२.
हामीले गर्दा मात्रै एक अर्कासॅंग सहकार्य
तब हुन्छ त्यहाँ शान्ति यही कुरा छ अनिवार्य ।

★★★
✍️ लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान
✍️ ✍️ लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान
★★★

१.
हतियारका हातहरू अब, फूलतिर मोडिऊन्
घृणाले टुटेका मनहरू, प्रेमले फेरि जोडिऊन् ।
२.
नहोस् कतै बन्दुकको आवाज, नहोस् आँसुको धारा
हरेक मुटुमा गुञ्जिरहोस्, प्रेम र शान्तिको नारा ।

★★★
✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, हर्रे, सिन्धुपाल्चोक -१३ ।
✍️ ✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, हर्रे, सिन्धुपाल्चोक -१३ ।
★★★

१.
दु:ख अशान्ति नाश बनेर
विश्व शान्ति मनमा छरेर ।
२.
विश्व धरतीलाई सुन्दर शान्त बनाई
एकताको फूलबारीमा जीवन सजाई ।

★★★
✍️ बिबा तामाङ दार्जिलिङ ।
✍️ ✍️ बिबा तामाङ दार्जिलिङ ।
★★★

१.
विश्वमा शान्ति सधैँ नैं छाओस्
सबैको मनमा भक्ति आओस् ।
२.
देशमा द्रोही रुष्ट नगरी मनलाई राख शान्ति
सबैको मन शुद्ध होस आउँदैन देशमा क्रान्ति ।

★★★
✍️ राधा चाम्लिङ खोटाङ
✍️ ✍️ राधा चाम्लिङ खोटाङ
★★★

१.
देश र जनतालाई चाहिएको छ शान्ति
भाइचारा हटे छाउँछ मुहारमा कान्ति ।
२.
एकअर्कामा लड्न अब बन्द गराैँ
सबै मिलि एकजुट भै खुसी छराैँ ।

★★★
✍️ देव मगर तिनाउ-१, कचल, पाल्पा
✍️ ✍️ देव मगर तिनाउ-१, कचल, पाल्पा
★★★

१.
रहर छ देख्न विश्वमा शान्ति अमनचयन
के गर्नु र मैले शान्तिको गीत गाएर भएन ।
२.
हजारौँ युद्ध छेडिए कसको गर्यो उन्नति
शान्तिले नै ल्याउँछ विश्व जगतमा प्रगति ।

★★★
✍️ निशा बस्नेत दोल
✍️ ✍️ निशा बस्नेत दोल
★★★

१.
आविष्कारले नवयुग बोकेर आयो
विकाससँगै विश्वभरि अशान्ति छायो ।
२.
अशान्ति मात्र फैलन्न्छ विश्वमा गरेर युद्ध
शान्ति सन्देश फैलाउ मानव बनेर बुद्ध ।
खा

★★★
✍️ रामशरण न्यौपाने "पाँचघरे" भक्तपुर
✍️ ✍️ रामशरण न्यौपाने "पाँचघरे" भक्तपुर
★★★

१.
शक्तिशाली दरिन्छन् जो घातकी हतियारले
विश्वशान्ति बिथोल्छन् है युद्धका मतियारले ।
२.
विश्वशान्ति गरौँ भन्दै नारा हामी लगाउँछौँ
थिचोमिचो जति खप्छौँ युद्ध हामी भगाउँछौँ ।

★★★
✍️ होमप्रसाद नेउपाने धरान, सुनसरी ।
✍️ ✍️ होमप्रसाद नेउपाने धरान, सुनसरी ।
★★★

१.
उडाउँला सेता परेवा विश्वमा शान्ति छर्न
युद्धमा परेर अल्पकालीन नपरोस् मर्न ।
२.
बुद्धका उपदेशले विश्वमा शान्ति छाओस्
शान्त वातावरणमा जीवन बाँच्न पाओस् ।

★★★
✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ।
✍️ ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ।
★★★

१.
विश्व शान्ति बुद्धको सन्देश, दुनियाँका पनि हो चाहना
निजी स्वार्थका लागि गरेको क्रान्तिका नगराैँ सराहना ।
२.
देखिएको प्रष्टै छ, राजनीतिक व्यवहार भित्रकाे दाेष
निमुखा उचाली पछार्नु आफूले सत्ता नपाउँदाकाे राेष ।

★★★
✍️ इन्दु श्रेष्ठ चितवन
✍️ ✍️ इन्दु श्रेष्ठ चितवन
★★★

१.
शान्तिमा युद्ध, सङ्कीर्ण हो यो, विषालु बाधक
छोडेर हिंसा, सद्भाव बाँड, बनेर साधक !।
२.
छोडेर युद्ध, धर्म र सीमा, हटोस् छेकबार
विश्व नै बल्ने, शान्तिको दियो, दिगो भै संसार ।

★★★