प्रभातफेरी अनलाइन२३४४ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार(१३ साल अघि)
बनेपा÷बेलर इन्टरनेशनल एकेडेमी बनेपाले पढाइका अतिरिक्त विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न सकुन् भन्ने उद्देश्यले असोज २६ गतेदेखि भ्वाईस अफ बेलर गायन कार्यक्रम गरिने कुरा शुक्रबार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
भ्वाईस अफ बेलर गायन कार्यक्रममा विद्यालय तहदेखि उमाविसम्मका विद्यार्थीहरुको सहभागिता रहने, पहिलो चरणमा २५ जना र बन्द प्रशिक्षण पश्चात १० जना छानेर प्रतिस्पर्धा गराउने र अन्तिम चरणमा ती १० जनालाई प्रतिस्पर्धामा ल्याई प्रथम, द्वितीय र तृतीय छनौट गरिने कार्यक्रम संयोजक रामहरि न्यौपानेले जानकारी दिनुभयो ।