logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

सुकुम्वासी बस्ती हटाउन नेपाली सेना प्रयोग गरिएको छैन : अर्थमन्त्री वाग्ले

प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(२९ मिनेट अघि)
सुकुम्वासी बस्ती हटाउन नेपाली सेना प्रयोग गरिएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुकुम्वासी बस्ती हटाउने क्रममा नेपाली सेनाको प्रयोग गरिएको भन्ने आरोप असत्य रहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको शीर्षकगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सुकुम्वासी बस्ती स्थानान्तरणका लागि कुनै पनि स्थानमा नेपाली सेना परिचालन नगरिएको स्पष्ट पारे।

उनका अनुसार जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्वासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरी सुरक्षा व्यवस्थापन र सहजीकरणको भूमिका निर्वाह गरेको हो।

अर्थमन्त्री वाग्लेले मुलुकको भौगोलिक अखण्डता र सीमाको सुरक्षाका लागि राष्ट्रिय सुरक्षा नीति तथा सरकारको निर्देशनअनुसार आवश्यकताअनुसार नेपाली सेनासहित अन्य सुरक्षा निकायको उपस्थिति रहने भए पनि सुकुम्वासी बस्ती हटाउने कार्यमा सेना संलग्न नभएको बताए।