Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालयमा उपयोगी बन्दै पुस्तकालयहरु

प्रभातफेरी अनलाइन १५१६ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ जिल्लाका विभिन्न विद्यालयमा स्थापनामा गरिएका पुस्तकालयहरु ती विद्यालयको शैक्षिक विकासमा उपयोगी बन्दै गएका छन् । विभिन्न सहयोगी, संघसंस्थाको सहयोगमा स्थापना भएका ती पुस्तकालयहरुका कारण विद्यार्थीमा पढ्ने सिप, अनुशासन आदिको विकास समेत भैरहेको छ ।
सन् २००९ देखि रुम टु रिडको सहयोगमा परोपकार प्राथमिक उपचार केन्द्रले जिल्लामा ग्रामिण पुस्तकालय परियोजना सञ्चालन गरिरहेको छ । पुस्तकालय रहेका जिल्लाका एक सय २६ विद्यालयका विद्यार्थीमा पढ्ने बानीको विकास भएको र उनीहरु अत्तिरिक्त कृयाकलापमा पनि अव्वल दरिएका छन् । उनीहरुमा समुह कार्यको समेत विकास भएको छ । विद्यालयमा बचेको समयको सही सदुपयोग गर्न पनि उनीहरुले सिकेका छन् । विन्धवासिनी पुस्तकालय रहेको दाप्चा माध्यमिक विद्यालयको कक्षा १० मा शुशिल अधिकारी पुस्तकालयको कारण आफुलाई पाठ्यपुस्तक पढ्न समेत मन लाग्ने गरेको बताउछन् । “पहिला खाली समयमा खेलेर बस्थ्ये, कक्षा बसेपनि पढेको जस्तो लाग्दैनथ्यो, उनले भने, “अहिले त खाली समय पुस्तकालयमा नै बस्ने गर्छु, पाठ्यपुस्तक पनि भएकाले पढ्ने वानीको विकास भएको छ । ”
एक तथ्याङक अनुसार, जिल्लामा एक विद्यार्थीले मासिक १३ पुस्तक पढ्छन् । प्रत्येक विद्यालयको पुस्तकालयमा सरदर ३ हजार पुस्तक छन् ।
विशेष गरी वाल साहित्य सहित विभिन्न ज्ञानबद्र्धक र जीवनउपयोगी पुस्तक पुस्तकालयमा उपलव्ध छन् । दाप्चाको खनालथोक स्थित सरस्वती पुस्तकालयका पुस्तकालयध्यक्ष विनोदप्रसाद अधिकारी पुस्तकालयको कारण विद्यार्थीमा गहन सोच्ने सिपको विकास भएको तर्क गर्छन् । “पढाएको पाठलाई व्यवहारीक बनाउनको लागि पुस्तकालयमा ल्याएर सम्वन्धित पुस्तक पढाउने गरेको छु । ” उनले भने । पुस्तकालय परियोजना संयोजक एलवि खड्का पुस्तकालय कार्यक्रम ज्यादै उपयोगी भएको बताउँछन् । “निकै उपयोगी छ, विद्यार्थी, शिक्षक र अविभावक पनि सन्तुष्ट छन्, माग पनि बढी रहेको छ । ” उनले भने । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला ज्ञान आर्जन गर्न, अरु लाई सिकाउन र “वुद्धि बढाउन” पुस्तकालय उपयोगी भएको बताउँछन् । “यसलाई शिक्षाको एउटा पाटोको रुपमा हेर्नुपर्छ । ” उनले भने ।
पुस्तकालयको संरक्षण र यसको विकासमा समुदायको चासो पनि बढेको छ । दाप्चा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीको अनुभवमा यसले अविभावक प्रतिको विद्यालयको धारणामा समेत परिवर्तन भएको छ । “अविभावकहरु पनि पुस्तकहरु पढ्न आउनुहुन्छ, यो त हाम्रै लागि हो भन्ने भावनाको विकास समेत भएको छ । ” उनले भने । जिल्ला शिक्षा अधिकारी दिननाथ गौतम जिल्लाकै सबै विद्यालयमा यसको विस्तार गर्नुपर्ने बताउछन् । “पुस्तकालयमा हुने पुस्तकबाट अक्तिरित्त र अति उपयोगि ज्ञान हासिल गर्न सकिन्छ, सरोकारवाला सबैको सहयोगमा जिल्लाभरका विद्यालयमा पुस्तकालय पु¥याउने सोच बनाएका र्छाैँ ” उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0