Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गर्नु गरे एक हजार रुपैयाँका लेखकले !

प्रभातफेरी अनलाइन ११२० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

– रामचन्द्र हुमागाई
हुन त, यसो भन्न नहुने, आफ्नै आङ कनाएर छारो उडाउँदा कसलाई पो फाइदा पु¥याएको होला र ! तर के गर्ने, लुतो आएको बाँदर जस्तै भएका छन् नेपाली सञ्चारका पन्नाहरु । जीवनभर सरकारी सेवामा रहेर अकुत सम्पत्ति कमाउने, अवकास पाएपछि पानी माथिको ओभानो बन्न विगतका विमती, अनुभूति र आफू स्वयंले गरेका अपराधहरुका श्रृंखलाहरु छोपछाप गर्न रु. एक हजारमा लेखक छपाएर नामका अगाडि र पछाडि पूर्व, फलानो, पूर्व तिलानो लेखाएर रु. १ हजार पनि हजाम गर्ने, कस्तो कुप्रथा चल्यो नेपालमा ? आफूले जानेको बुझेको मात्रै सत्य, अरुको विचार खोक्रो । उमेरसँग सँगै अनुभव पनि समेटिने नै भयो ।
त्यही अनुभव समेट्ने ठाउँको मुखिया भए पछि छोरा–छोरी विदेशमा पठाउने–पढाउने अवसर पनि मिलिहाल्ने, एनजिओ, आईएनजिओहरुले पनि सरकारी कार्यायल मार्फत दुःखी र गरीब जनतालाई सहयोग गर्न पठाउने पत्रहरु पनि प्राप्त भैहाल्ने । जतिसक्यो फाइदा उठाईसकेर अवकास प्राप्त गर्दा पनि असन्तोष व्यक्त गरेर रु. एक हजारमा बजारमा आउने नाङ्गला भन्दा पनि ठुला अखबारमा लेख छपाए बापत् नाम पनि आउने दाम पनि आउने र विगतकालका काला कर्तुतहरु पनि सफाचट !
आदरणीय पाठक बृन्द ! तपाई भन्नु होला, यो लेखक कस्तो आरिसे रहेछ, अर्काले रु. एकहाजर कमाएको पनि रिश गर्ने ? तर त्यसो होइन । नेपाली समाज यति पिछडिएको छ कि त्यसको भित्री कुरो खोल्नैहुँदैन । पाइन्छ, सर्ट, टाई, टलक्क टल्किने जुत्ता र महिलाले पूरानो पोसाक फ्याकेर घुँडा भन्दा माथि र छाति भन्दा तल कपडा लगाएर मात्रै हुन्छ र ? छापिएका सबै कुरालाई सत्य ठान्छन् नेपालीहरु । त्यस माथि रु. एक हजार हात पारेर दैनिक अवबारमा लेख लेख्नेहरुका लेखोटलाई त गीताको वाणी जस्तै सम्झिन्छन् ।झन् यता केही वर्ष देखि त दल दलका विषय, नेता नेताका विषय । आफू सामेल भएको दलका नेताले बोलेको कुरा अमृतवचन, विपक्षीले बोलेका कुरा झुसिलो डकार । साना मिडियाले छापेका कुरा सबै वकबास, ठुला अखबारले छापेका कुरा सबै गीता जस्तै । त्यस माथि हिजो आज प्रधानमन्त्री भू.पू मन्त्री, भू.पू. सचिव, भू.पू. प्रधानसेनापति, भू.पू. प्रहरी अधिकृत र भू.पू. उच्च ओहोदाका कर्मचारी कति हो कति लेखकहरु । महिनामा ८÷१० वटा लेख लेखेबापत् त्यति नै हजार नगद आईहाल्यो, पेन्सन आफ्नै ठाउँमा छ र राजधानीमा घर छँदैछ, कम्तीमा पचार हजार देखि १५÷२० लाखसम्म भाडा आईहाल्छ, कतिपयका उद्योगधन्दामा सेयर, एनजिओ, आईएनजिओ स्कूल कलेजमा सेयर । होटल रेष्टुराँमा सेयर कति हो कति ।
अनि यिनै स्वनामधन्य महापुरुषहरु खान नपाएर खाडीमा अस्मिता विक्री गर्न जाने नेपाली युवाहरुलाई अर्ति बुद्धि दिने लेख छपाएर रु. एक हजार कमाउने, त्यही लेख विक्री गरेर मिडिया कम्पनीहरु मालामाल । घुमाई फिराई आफ्नै हात माथि । लेखन कार्य एउटा महत्वपूर्ण कला हो । कलाले समाजलाई रुपान्तरण गर्न सक्छ र गरिराखेको छ । त्यसको ठीक विपरित लेखनले नै समाजलाई विस्खलित पनि बनाई राखेको छ, जस्तै अस्लिल लेख तस्वीर, कथा र कला बेचेर पेट पाल्ने पनि पाइन्छन् । प्रकृत्ति स्वयंले दिएको शक्तिलाई भजाएर खानेहरुले अस्लील कला बेचेर समाजको महत्व नबुझेका मानिसलाई दिग्भ्रमित गर्नु नै महानता हो भन्ने मान्यताकै कारण पर्दामा आउने अनुहारहरुको सम्मान गर्छन् तर ऊ भित्रको मानव रुपी कुसंस्कारको पहिचान गर्ने प्रयासनै गर्दैनन् ।
फलतः साधु चोर र चोर साधु भैरहेका उदाहरणहरु प्रसस्तै छन् । यति मात्रै होइन, कतिपय यस्ता व्यक्तिहरु पर्दामा देखिएको अनुहार भजाएर ठगी गर्ने गर्छन, गरिरहकै छन् । लेखकहरुको सस्तो मनोविज्ञान पनि यस्तै हो । यो त भयो लेखन र कलालाई फुर्सतमा प्रयोग गर्नेहरुको गाथा । यो भन्दा पनि खतरनाक लेखकहरु पनि छन् नेपालमा ‘के गर्ने बाँच्नै प¥यो’ भन्नेहरु पनि छन् । २०४६ साल अगाडि पञ्चायतनीति तथा जाँचबुझ समिति थियो । त्यो समितिले पञ्च लेखकहरुको लेख जम्मा गथ्र्यो र पैसा दिन्थ्यो । तिनै लेख पत्रिकामा छपाए बापत् पत्रकारलाई पनि पैसा दिन्थ्यो । कति बाठा पञ्चहरु, उनीहरुलाई नै थाहा रहेछ नि ! ‘लेखकहरु पाठकलाई भ्रम छर्न सिपालु हुन्छन् ! भन्ने कुरा ।
तिनै पञ्चहरुको फर्मूला अहिले राजदुताबासहरु देखि लिएर ठुला मिडिया हाउस सम्मले अपनाएका छन्, तस्करीको पैसा छँदैछ, एकहजारको लेखकले लेखेका लेख छपाए बापत् १०÷१५ हजार थान पत्रिका विक्री भईहाल्छ, ५० हजार त कहि नजा । के यस्तै हुन्छ सामाजिक रुपान्तरणको परिभाषा । यस्तो क्रियाकलाप कसले, कहिले बन्द गर्ने ? कि निरन्तर चलिरहने !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0