Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राणाकालीन विद्यालयमा जिशिअ

प्रभातफेरी अनलाइन १०३३ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

दाप्चा÷भवन अभावमा पाटीमा बसेर पढ्न बाध्य काभ्रेको दाप्चा स्थित दाप्चा माध्यमिक विद्यालयमा जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम पुगेका छन् ।
विभिन्न सञ्चार माध्ययममा यसको दुराअवश्था बारे समाचार प्रशारण र प्रकाशन भएपछि जिशिअ गौतम त्यहाँ पुगेका हुन् । वि सं १९८६ मा स्थापना भएको जिल्लाकै पुरानो विद्यालयका विद्यार्थीहरु भवन अभावमा पाटीमा पढ्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अविभावक, शिक्षक स्टाफहरुले विद्यालयको अवश्था बारे जिशिअलाई जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्पक अधिकारीले २००७ सालभन्दा अघिको विद्यालय भएपनि सरकारी नीति अनुरुप सरकारी सुविधा पाउन नसकेको गुनासो गरेका थिए ।
सरकारले ००७ साल भन्दा अघिका विद्यालयको लागि १९ लाख सहयोग गर्ने गरेको छ । सम्पुर्ण प्रकृया र कागजात पेश गरेपनि विद्यालयले सो रकम प्राप्त गर्न सकेको छैन । प्रअ अधिकारीले १ वटा कोठा बारेर पढाउनुपर्ने लगायतका विद्यालयका बाध्यता जिशिअ लाई अवगत गराएका थिए । कक्षाकोठाको पनि अभाव छ, भवन अपुरो छ, पहिला पनि सहयोग पाउन सकिएन, तपाईको कार्यकालमा सहयोग गरिदिनुपर्यो । उनले भने ।
निरिक्षण पछि जिशिअ गौतमले यसअघि विद्यालयले सहयोग प्राप्त गर्न नसके पनि आफ्नो कार्यकालमा प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सात साल भन्दा अघिका विद्यालयलाई सहयोग गर्ने सरकारी नीति नै छ, मैले सकेको सहयोग गर्छु ।
आफ्नो कार्यकालमा सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । विद्यालयको कक्षा ४ का २२ जना विद्यार्थीहरु अहिले स्थानीय विन्धवासिनी मन्दिरको पाटीमा बसेर पढ्छन् । भवन अभावकै कारण पं्रावि तहका सबै कक्षालाई बाडेर पढाइएको छ । बाल कक्षा र १ लाई बारेर बनाएको १ वटा कक्षा २ र ३ लाई एउटा र ४ र ५ लाई अर्को गरी बनाईएको साँघुरो कक्षामा बसेर यतिखेर विद्यार्थीहरु पढन् बाध्य छन् ।
१९८६ सालमा भाषा पाठशालाको रुपमा सञ्चालनमा आएको विद्यालय जिल्लाकै पुरानो विद्यालय हो । ८३ बर्ष पछि बल्ल विद्यालयले पहिलो पटक यसैबर्ष एसएलसी परिक्षामा सहभागी समेत भएको थियो । हाल विद्यालयमा ३ सय ६७ विद्यार्थीहरु अध्ययनरत्त छन् ।
गाविसकै एकमात्र माध्यमिक विद्यालयमा विद्यार्थीको चाप पनि बढी छ । डराउनेपोखरी गाउँ विकास समितिले बार्षिक डेढ लाख जति रकम छुट्याउने त गरेको छ तर मावि दरवन्दी नभएको विद्यालयमा श्रोतमा शिक्षक राख्नुपर्ने बाध्यताका कारण उक्त पैसा पनि शिक्षक तलवमा नै खर्च हुन्छ । माध्यमिक दरवन्दी नभएकै कारण ४ जना माध्यमिक शिक्षकको लागि बार्षिक ५ लाख जति रकम तलवमा खर्च हुन्छ । न्यून पारिश्रमिकमा पढाउन शिक्षकहरु बाध्य छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0