logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

परम्परागत घचालोंह खेल खेलाइयो

प्रभातफेरी अनलाइन५६७१ पटक पढिएको प्रकाशित मिति: १३ साल अघि (१३ साल अघि)
Post Thumbnail

पनौती÷पनौती पर्यटन विकास केन्द्रले परम्परागत रुपमा खेलिंदै आएको घचालोंह खेल विगत वर्ष देखि पुनउत्थान गर्दै आए अनुरुप यस वर्ष पनि केन्द्रका कार्य समिति सदस्य सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा पनौतीको नवदुर्गा डवलीमा सम्पन्न गरेको छ ।
जुन खेलविगत केहि वर्षेदेखि लोप हुंदै आएको थियो । खेलमा करिव ६० जना जति युवायुवती तथा महिलाहरुले उक्त खेल खेलेर मनोरञ्जन लिएका थिए । उक्त खेल कार्यक्रममा परम्परा अनुसार कर्कलाको अचार र फलफुल पनि वितरण गरेको थियो । यस्तै गरेर आज शनिवार पनि होम स्टे लाई प्रभावकारी रुपमा संचालन गर्नका लागि एक अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अध्यक्ष सुरेश सैजु, उपाध्यक्ष शीला अमात्य, महासचिव राजाराम कर्माचार्य, अशोक अमात्य, कल्पना श्रेष्ठ, अर्चना मातांछेले आ आफ्नो विचार राखेका थिए ।