Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दैव तेरो मायाकोे खेलाले कहाँ पु¥यायो !! (मनको चौतारी)

प्रभातफेरी अनलाइन १९१९ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

– अमर असफल “अकेला”
जुनीभरलाई दिन्छु भन्थ्यौ साथ आज किन छाड्यौ साथ ।
भाग्य फुट्यो सीसा सरी तोड्यौ मेरो माया गरिकन घात ।।
कसलाई गर्नु विश्वास भन आफन्तले नै गर्छन् भने छल ।
कसरी म भुलुँ भन तिमीसँग बिताएका ती अतितका पल ।।
मेरो माया सस्तो पा¥यौ किन जानी जानी तिमीले आज ?
विश्वासमाथि घात ग¥यौ किन कत्ति पनि नमानेर लाज ।।
अतितका ती पलहरु बिर्सनलाई मलाई आज भयो गाह्रो ।
निष्ठुर बनी छाडीगयौ एक्लो जीवन जिउन रैछ झन साह्रो ।।
किन किन आज साजन उनलाई पहिले भन्दा निकै सुन्दर लागिरहेको थियो । उसैलाई हेरिरहुँ झैं लाग्यो र एक टकले साजनलाई नै हेरिरहिन् । हेरि रहिन् मात्र हेरिरहिन् । “सजना, के भो तिमीलाई ?” पुन साजनले सजनालाई झकझकायो । “हैन केहि भएको छैन । आज मलाई मेरो मनको राजालाई हेरिरहन मन लागेर हेरेको मात्र हुँ । यसरी नै सधैं तिम्रो हँसिलो मुहार हेरिरहन पाउँ भनी भगवानसँग प्रार्थना गर्दछु । मेरो मनको राजा तिमीलाई सधैं सधैं यसरी नै हेरिरहन पाउँदा नै आफूलाई संसार कै भाग्यमानी ठान्दछु ।”
“भो भो धेरै बढाइ चढाई गर्नु पर्दैन । मलाई यति साह्रो ठूलो नबनाउ । मलाई साधारण नै रहन देउ ।”साजनको बोली भुईंमा झर्न नपाउँदै सजनाले भनिन्–“ मैले बढाइ चढाई गरेको हैन म त वास्तविकता भन्दैछु । मेरो लागि संसारमा तिमी बाहेक अरु सब औचित्यहिन लाग्छ । म त मात्र तिमीलाई देख्न थालेको छु आजकल सपनी अनि विपनीमा पनि । त्यसैले त मेरो राजालाई जति हेरे पनि चित्त बुझ्दैन । हेरिरहुँ जस्तो लाग्छ सधैं सधैं ।”साजनको अंगालोमा बेरिन पुगिन् उनी
“ल ल जति हेर्न मन लाग्छ हेर तर हेर्दा हेर्दै थाकें भन्न चाहिँ पाउँदिनौ नि ।” साजनले भन्यो । साजनको प्रतिउत्तरमा उनले भनिन् –“आफ्नो मान्छेलाई हेरेर पनि कोहि थाक्छन् । बरु एकछिन देख्न नपाउँदा मनमा औडाहा चल्न थाल्छ । मेरो मायामा यति शक्ति छ कि तिमीसँगको हाम्रो यात्रा अविस्मरणीय रहनेछ । मलाई कता कता डर लाग्छ कतै तिमीले म भन्दा राम्री साथी पायौ भनि मेरो मायालाई बिर्सिदिन्छौ कि ?”“ यस्तो वाहियात कुरा नगर सजना । तिमी बिनाको जीवन त म कल्पना सम्म पनि गर्न सक्दिन । तिमी भइनौ भने त मेरो जीवनको कुनै मुल्य नै रहनेछैन ।”
उनीहरुको जोडी देखेर जो कोहि पनि इष्र्याले जल्थे । उनीहरुको मायाको संसार यति सुन्दर थियो कि । सायद माया भन्दा अरु केहि उनीहरुको नजरमा थिएन । उनीहरु मायामा रम्दा रम्दै दिनहरु बितेको पत्तै पाएनन् । समय परिवर्तन भइरहन्छ । आफ्नै रफ्तारमा दौडिरहन्छ । समयले कसैलाई पर्खदैन । उनीहरु मायाको संसारमा चुर्लुम्म डुब्न थालेको पनि पाँच महिना भइसकेछ ।
समय बित्ने क्रमसँगै सजनाको महिनावारी रोकिएको पनि दुई महिना भइसकेछ । सो कुरा साजनलाई जानकारी गराउन सजनाले प्रयास नगरेका भने हाईनन् तर साजनको अगाडि पर्नासाथ उनी लालाकलुलुक हुन्थिन् । जे भन्न खोजेको हो त्यहि कुरा बिर्सन पुग्थिन् । त्यसैले सजनाको पेटमा बढ्रदै गएको भ्रुणको बारे साजन अनविज्ञ थियो । एकदिन साहस गरेरै साजनलाई उनले आफू गर्भवति भएको जानकारी गराइन् ।
सजनाको मुखबाट यस्तो खुसीको कुरा सुन्न पाउँदा साजनको खुशीको सीमै थिएन । उसले यस खुसीलाई वैधानिकता दिन उनीसँग बिहे गर्ने तयारीसाथ सिमित साथीभाई माझ बिहे गर्ने योजना सजनालाई बतायो । सजना पनि अति खुशी भइन् । उनीहरुले काठमाण्डौ कै एउटा मन्दिरमा गएर सिन्दुर पोते गरे । थोरै सिमित साथिभाई मात्र त्यस अवसरमा उपस्थित थिए । उनीहरुको बिहे बारे उनीहरुको परिवार अनविज्ञ नै थिए ।
विहे पछि उनीहरुले एउटा फ्लैट नै लिएर उनीहरु बस्न थाले । समय दिनदिनै बित्दैथियो । एकदिन सजनाले एउटा प्रस्ताव साजनको सामू राखिन् । जुन प्रस्ताव सुनेर साजन छक्क प¥यो । त्यो प्रस्ताव थियो सजनाको पेटमा बढिरहेको भ्रुणको हत्या । जुन कुरा साजनलाई मन्जुर थिएन । आखिर सजनाको अगाडि साजन झुक्न बाध्य भयो । एउटा भनाई नै छ नि राज हठ, बाल हठ र नारी हठको सामु कसैको केहि लाग्दैन । त्यसैले सजनाको नारीहठको सामु लाचार भएर साजनले त्यो गर्भपतनको लागि सहमति जनायो र काठमाण्डौको एउटा प्राइभेट अस्पतालमा गर्भपतन गरायो ।
त्यस पछिको दिनहरुमा उनीहरु दुईमा केहि परिवर्तन देखिन थाल्यो । सानो सानो कुरामा पनि सजनाले निहुँ खोज्न थाली । तर साजनले उसको व्यवहार यस्तै हो भनेर त्यसलाई सहज रुपमा लिंदै गयो । उनले निहुँ खोजे पनि हाँसेरै टारिदिन्थ्यो उसले । यसरी नै दिनहरु कट्दै थियो । एकदिन साजन अफिसको कामको सिलसिलामा तीन महिनाको लागि भारतमा जानु पर्नेभयो । यता सजना एक्लै बस्दा सजनालाई बोर हुन्छ भनेर दुबैको सल्लाहमा सजना गाउँ अर्थात माइती जाने भइन् । उनी खुसी खुसी माइत गइन् भने साजन चाहिँ भारततिर हान्निए ।
तीन महिना बित्न बति नै समय लाग्दोरहेछ र । त्यो तीन महिना पनि बित्यो र साजन भारतबाट फर्केर आइपुग्यो । काठमाण्डौ झर्नासाथ उसले सबैभन्दा पहिले सजनालाई सम्झयो र मोबाइलमा फोन ग¥यो । मोबाइलबाट मात्र एउटै कर्कस आवाज आउँथ्यो–“माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ ।” क्रमशः ….(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् )
अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0