Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गाँउको विद्यालय बनाउन विदेशवाट

प्रभातफेरी अनलाइन १५४८ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक २६, आईतबार (१३ साल अघि)
गाँउको विद्यालय बनाउन विदेशवाट

-नगेन्द्र अधिकारी ÷ अनेकोट
चेक गणतन्त्र (चेक रिपव्लिक) की सोनिया हुवेरोवा गएको दुई हप्ता देखि काभ्रेको अनेकोटमा आएर बसिरहेकी छिन् । उनका पति याकोव सुवाक्टोनी र उसको करिव १ बर्षको बच्चा पनि उनीहरुकै साथमा छ । सोनियाको दम्पती कुनै पर्यटकीय स्थलको भ्रमणको लागि आएका हैनन् , उनी त गाँउमा बाँसको स्कुल बनाउनको लागि आफ्नो काखे बालकलाई पनि सँगै लिएर नेपाल आएकी हुन् ।
सोनिया र उनका पति याकोव दुवै पेसाले आर्किटेक इञ्जिनियर हुन् । सोनिया र उनको टोली अहिले अनेकोट ८ को वालप्रतिभा निमाविको ४ कोठे वाँसको विद्यालय भवन बनाइरहको छ । चेक रिपव्लिककै पिटर कोस्नेर, मार्टिना केस्नेरोभाले उनीहरुलाई सघाइरहेका छन् ।
सन् २००९ मा सानफ्रान्सिस्कोमा भएको विश्वभरका ४ सय आर्किटेकहरुको प्रतियोगितामा सोनियाले बनाएको नमुना उत्कृष्ट आठमा पर्न सफल भएको थियो । उनलाई आफ्नो परिकल्पनालाई व्यवहारमा उतार्नु थियो । त्यसैले उनी कम खर्चिला, टिकाउ र वातावरणमैत्री विद्यालय आफ्नो टोली सहित भवन बनाउन अनेकोट आएका हुन् । आर्किटेकको उनीहरुको समुह “मिम आर्किटक”मा ८ जना सदस्य छन् । तीनै ८ जनाले भवन पुर्ण नहुञ्जेल यहाँ काम गर्छन् ।
महिला तथा वालवालिका विकास केन्द्रको समन्वयमा नमस्ते नेपाल मार्फत उनीहरु नेपाल आएका हुन् । नमस्ते नेपाल नेपाललाई सहयोग गर्नको लागि चेक रिपव्लिकमा बनेको संस्था हो । केन्द्रको समन्वयमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र मकवानपुर जिल्लामा २६ वटा विद्यालय भवन निर्माण भैसकेको छ । केन्द्रका अध्यक्ष एका लामा आवश्यकताका आधारमा शिक्षाको क्षेत्रमा सहयोग गरिरहेको बताउँछन् । “हाम्रो काम समन्वयको हो, अन्य क्षेत्रमा समेत सहयोग गर्दै लैजाने सोचमा छौँ । ” उनले भने ।

भवन निर्माणको लागि चेक रिपव्लिकको परराष्ट्र मन्त्रालय मार्फत नयाँ दिल्लीस्थित दुतावासले १२ लाख रुपैँया सहयोग गरेको छ । उनीहरुले स्थानीय स्रोत साधनको प्रयोग गरेर उनीहरुको वालप्रतिभा निमाविको वातावरणमैत्री भवन बनाइरहेका छन् । कक्षा ७ सम्म चलेको विद्यालयमा कक्षा कोठाको अभाव पनि छ । भवन अभाव भएकै कारण यसअघि लभग्रिन नेपाल नामक गैरसरकारी सस्थाले ४ काठे विद्यालय भवन, लक्ष्मी प्रतिष्ठान र जिल्ला शिक्षा कार्यलयले २ कोठे विद्यालय भवन बनाइदिएका छन् । विद्यालयमा अझै पुस्तकालय, अफिस कोठा र अर्को एउटा कक्षाको लागि कोठा अभाव छ ।
सोनियाका अनुसार यो भवन ३० बर्षसम्म टिक्छ । निर्माणको लागि स्थानीय बाँसलाई पनि परिक्षणपछि मात्रै प्रयोग गरिएको छ । वाँसमा पम्पको सहायता मार्फत बोरिक एसिड र बोरेक्स छिराएर एक घण्टा सुकाइन्छ । “यो लामो समयसम्म टिक्छ, यो प्रयोगमा भर पर्ने कुरा पनि हो । ” उनले भनिन् । स्थानीय जनशक्तिले रोजगारी समेत पाएका छन् । सिमेन्ट, वालुवा, रड लगायतका सामाग्रीको लागि बाहिरिने पैसा पनि यसले बचाएको छ ।
भवन बन्ने भएपछि विद्यालय व्यवस्थापन समिति, अविभावक, शिक्षक, विद्यार्थी सबै खुशी छन् । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठ भवन बन्ने भएपछि कोठाको अभाव टर्ने भन्दै खुशी व्यक्त गर्छन् । “कोठाको अभाव थियो, त्यो समस्याबाट मुक्ति पाएका छौ, उनले भने, “सहयोगी दातालाई धेरै आभार प्रकट गर्दछौँ । ”
सहयोग गर्नेहरु पनि सहयोग गर्न पाएकोमा खुशी छन् । नमस्ते नेपालकी उपाध्यक्ष मार्टिना आगामी बर्षमा पनि सहयोगलाई निरन्तरता दिने सोचमा रहेको बताउँछिन् । “त्यहाँ हामी विभिन्न कार्यशाला, प्रदर्शनी गछौँ, त्यही पैसा यहाँ सहयोग गछौँ, ” उनले भनिन्, “विद्यालय शिक्षाको लागि सहयोग गर्ने योजना छ । ”
सोनिया नेपाल आएको यो पहिलो पटक भने हैन । पहिलो पटक उनी नेपाल घुम्न आएकी थिइन् । दोस्रो पटक नेपाल आउँदा भने उनले कोशिपारीको रजवासमा रहेको महिला तथा वालवालिका विकास केन्द्रको सामुदायिक अस्पतालमा केही भौतिक संरचना निर्माणमा सहयोग गरेकी थिइन् ।
युरोपियन मुलुक चेकको खानपिन र रहनसहन भन्दा भिन्न परिवेशमा बसेर काम गरिरहेका आर्किटेक इञ्जिनियरहरुको टोलीले केही असहज त महशुस त गरिरहेको छ तर उनीहरु यसैमा खुशी छन् । सोनिया भन्छिन् , “बाथरुम छैनन्, बच्चाको दिशा सफा गर्न बाहिर जानुपर्दा अप्ठ्यारो त छ तर विदेशी भुमिको एउटा भुमिलाई सहयोग गर्न पाउँदा खुशी छौँ । वैशाखको दोस्रो साता सम्म यही बसेर उनीहरुले भवन बनाइसक्नेछन् ।

विद्यालय भवनको शिलन्यास
विद्यालयमा बन्न लागेको भवनको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले शिलान्याश गरे । उनले विद्यालयको क्षेत्रमा गैरसरकारी संस्थाले गर्दै आएको कार्यको प्रशंसा समेत गरे । उनले दरवन्दी मिलान लगायत अन्य कुरामा सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताए । कार्यक्रममा नेकपा एकिकृतका केन्द्रिय सदस्य तथा जिल्ला विकास समितिका पुर्वउपसभापति कान्छाराम तामाङ, महिला तथा वालवालिका विकास केन्द्रका अध्यक्ष एका लामा, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, गाविस सचिव हरिकुमार कर्माचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर तामाङ लगायतले यो प्रकारको सहयोगको प्रशंसा गर्दै निरन्तरताको कामना गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0