Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक सरकारी विद्यालयको दुरावश्था- निमाविमा २ राहत कोटा, ७ जना श्रोतमा

प्रभातफेरी अनलाइन १८९९ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक २६, आईतबार (१३ साल अघि)
एक सरकारी विद्यालयको दुरावश्था- निमाविमा २ राहत कोटा, ७ जना श्रोतमा

-नगेन्द्र अधिकारी

अनेकोट÷जिल्लामा दरवन्दी मिलान नहुँदाको पिडा यहाँको एक सरकारी विद्यालयले भोगिरहेको छ । २०६१ सालबाट सञ्चालन अनुमति पाएको अनेकोटको बालप्रतिभा निमाविमा हाल ९ जना शिक्षक कार्यरत छन् । २ जना प्रावि राहत कोटामा र वाँकी निजी श्रोतमा कार्यरत छन् । लभग्रिन नेपाल र लक्ष्मी प्रतिष्ठान नामक गैरसरकारी संस्थाले २ जनालाई तलव दिएर राखेका छन् भने अन्य गाविस लगायतका श्रोतमा भर पर्नुपर्ने वाध्यता छ ।
विद्यालयको भरपर्दो आर्थिक श्रोत समेत छैन । गाँउ विकास समितिले बार्षिक रुपमा छुट्याउने थोरै रकम, गैरसरकारी ंसंस्था , समाजसेवी, चन्दादाताको भरपर्नु पर्ने बाध्यता छ । अचम्म के छ भने सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले ५ महिनादेखिको तलव पाएका छैनन् । कतैबाट सहयोग जुटेपछि शिक्षकले पछिल्ला महिनाको भुक्तानी गर्दै आएको छ । शिक्षकहरुले दामासाही रुपमा ६ हजार पाउँदै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक सन्तबहादुर तामाङ विद्यालयमा दरवन्दी र भरपर्दो श्रोत नहँुदा कठिनका साथ विद्यालय चलाइरहेको अनुभव सुनाउँछन् । “निकै गाह्रो छ, कतैबाट पैसा आएपछि पहिलेको महिनाको तलव खुवाउँछौ । ” उनले भने । जिल्लामा दरवन्दी मिलान प्रकृयामा रहेको सुनेका उनले आफ्नो विद्यालयमा पनि दरवन्दीको व्यवस्था गरिदिन सम्वन्धित सबैलाई आग्रह गर्छन् ।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठ पनि दरवन्दी नहुँदा पठनपाठनमा समेत समस्या आइरहेको छ । “शिक्षकहरु न्युन पारिश्रमिकमा काम गर्न बाध्य हुनुहुन्छ, यसका बाबजुद पनि गुणस्तरीय शिक्षा दिन प्रयासरत छौँ ।
नियम अनुसार, विद्यार्थी संख्याको आधारमा कक्षा एक देखि कक्षा तीन चलेको विद्यालयमा २ दरवन्दी, १ देखि ५ सम्मको लाई ३ दरवन्दी, ६ देखि ८ चलेको विद्यालयलाई ४ दरवन्दी ९ र १० चलेको विद्यालयमा न्युनतम ५ दरवन्दी दिनुपर्ने वाध्यताकारी अवश्था छ । यसलैलाई आधार मान्दा पनि विद्यालयले न्युनतम ३ सरकारी दरवन्दी प्राप्त गर्नुपर्ने देखिन्छ । कक्षा ७ सम्म चलेको विद्यालयमा हाल १ सय ९६ जना विद्यार्थी छन् । अधिकाशं जनजाती छन् ।
हाल जिल्लामा प्राथमिक तहमा ४ सय ३८ दरवन्दी बढी छन् । निमाविमा ३०५ दरवन्दी नपुग छन् भने मावि तहमा १ सय ६७ दरवन्दी नपुग छन् । तरपनि विभिन्न कारणहरुले दरवन्दी मिलान हुन सकिरहेको छैन । जिल्ला शिक्षा अधिकारी राजनैतिक दलहरुले सहमति गरिसकेकाले यो समसया छिट्टै समाधान हुने बताउँछन् । “दरवन्दी मिलान प्रकृयामा छ, आवश्यकताका आधारमा सबै विद्यालयमा छिट्टै दरवन्दी मिलान गर्छौ । ” उनले बालप्रतिभा निमाविलाई पनि कानुनको परिधी भित्र रहेर दरवन्दी मिलान हुँदा अनिवार्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लाभरीको साझा समस्यालाई राजनैतिक दल, शिक्षक संघ संगठनकै सहमतिमा टुङगाउने पनि बताए ।
जिल्ला शिक्षा कार्यलयका अनुसार, अहिले जिल्लाका करिव १ सय विद्यालय शुन्य दरवन्दीको अवश्थामा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0