Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक सरकारी विद्यालयको दुरावश्था- निमाविमा २ राहत कोटा, ७ जना श्रोतमा

प्रभातफेरी अनलाइन १५४५ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक २६, आईतबार (१० साल अघि)
एक सरकारी विद्यालयको दुरावश्था- निमाविमा २ राहत कोटा, ७ जना श्रोतमा

-नगेन्द्र अधिकारी

अनेकोट÷जिल्लामा दरवन्दी मिलान नहुँदाको पिडा यहाँको एक सरकारी विद्यालयले भोगिरहेको छ । २०६१ सालबाट सञ्चालन अनुमति पाएको अनेकोटको बालप्रतिभा निमाविमा हाल ९ जना शिक्षक कार्यरत छन् । २ जना प्रावि राहत कोटामा र वाँकी निजी श्रोतमा कार्यरत छन् । लभग्रिन नेपाल र लक्ष्मी प्रतिष्ठान नामक गैरसरकारी संस्थाले २ जनालाई तलव दिएर राखेका छन् भने अन्य गाविस लगायतका श्रोतमा भर पर्नुपर्ने वाध्यता छ ।
विद्यालयको भरपर्दो आर्थिक श्रोत समेत छैन । गाँउ विकास समितिले बार्षिक रुपमा छुट्याउने थोरै रकम, गैरसरकारी ंसंस्था , समाजसेवी, चन्दादाताको भरपर्नु पर्ने बाध्यता छ । अचम्म के छ भने सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले ५ महिनादेखिको तलव पाएका छैनन् । कतैबाट सहयोग जुटेपछि शिक्षकले पछिल्ला महिनाको भुक्तानी गर्दै आएको छ । शिक्षकहरुले दामासाही रुपमा ६ हजार पाउँदै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक सन्तबहादुर तामाङ विद्यालयमा दरवन्दी र भरपर्दो श्रोत नहँुदा कठिनका साथ विद्यालय चलाइरहेको अनुभव सुनाउँछन् । “निकै गाह्रो छ, कतैबाट पैसा आएपछि पहिलेको महिनाको तलव खुवाउँछौ । ” उनले भने । जिल्लामा दरवन्दी मिलान प्रकृयामा रहेको सुनेका उनले आफ्नो विद्यालयमा पनि दरवन्दीको व्यवस्था गरिदिन सम्वन्धित सबैलाई आग्रह गर्छन् ।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठ पनि दरवन्दी नहुँदा पठनपाठनमा समेत समस्या आइरहेको छ । “शिक्षकहरु न्युन पारिश्रमिकमा काम गर्न बाध्य हुनुहुन्छ, यसका बाबजुद पनि गुणस्तरीय शिक्षा दिन प्रयासरत छौँ ।
नियम अनुसार, विद्यार्थी संख्याको आधारमा कक्षा एक देखि कक्षा तीन चलेको विद्यालयमा २ दरवन्दी, १ देखि ५ सम्मको लाई ३ दरवन्दी, ६ देखि ८ चलेको विद्यालयलाई ४ दरवन्दी ९ र १० चलेको विद्यालयमा न्युनतम ५ दरवन्दी दिनुपर्ने वाध्यताकारी अवश्था छ । यसलैलाई आधार मान्दा पनि विद्यालयले न्युनतम ३ सरकारी दरवन्दी प्राप्त गर्नुपर्ने देखिन्छ । कक्षा ७ सम्म चलेको विद्यालयमा हाल १ सय ९६ जना विद्यार्थी छन् । अधिकाशं जनजाती छन् ।
हाल जिल्लामा प्राथमिक तहमा ४ सय ३८ दरवन्दी बढी छन् । निमाविमा ३०५ दरवन्दी नपुग छन् भने मावि तहमा १ सय ६७ दरवन्दी नपुग छन् । तरपनि विभिन्न कारणहरुले दरवन्दी मिलान हुन सकिरहेको छैन । जिल्ला शिक्षा अधिकारी राजनैतिक दलहरुले सहमति गरिसकेकाले यो समसया छिट्टै समाधान हुने बताउँछन् । “दरवन्दी मिलान प्रकृयामा छ, आवश्यकताका आधारमा सबै विद्यालयमा छिट्टै दरवन्दी मिलान गर्छौ । ” उनले बालप्रतिभा निमाविलाई पनि कानुनको परिधी भित्र रहेर दरवन्दी मिलान हुँदा अनिवार्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लाभरीको साझा समस्यालाई राजनैतिक दल, शिक्षक संघ संगठनकै सहमतिमा टुङगाउने पनि बताए ।
जिल्ला शिक्षा कार्यलयका अनुसार, अहिले जिल्लाका करिव १ सय विद्यालय शुन्य दरवन्दीको अवश्थामा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0