Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दाप्चा क्षेत्रको विकासमा लाग

प्रभातफेरी अनलाइन २९२१ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक २६, आईतबार (१३ साल अघि)
Post Thumbnail

-फूलबारी, श्यामपाटी, छत्रेबाँझ, पुरानागाउँ, डराउनेपोखरी र खनालथोक लगायत ६ गाविसलाई दाप्चा क्षेत्रको रुपमा चिनिन्छ । दाप्चालाई पहिले पुर्वको व्यापारीक ढोका पनि भनिन्थ्यो । पुर्वका जिल्लाहरु भोजपुर, ओखलढुंगा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका बासिन्दाको मुख्य व्यापारिक केन्द्र नै मानिएको दाप्चा बजारमा अहिले कुनै चहलपहल छैन । भकुण्डै हुँदै वीपी राजमार्ग खुलेपछि यहाँको चहलपहल हराउँदै गएको छ ।
धेरै ऐतिहासिक मठमन्दिर, घर, कलाकौशल, पर्यटकीय क्षेत्र रहेको दाप्चा प्रचारप्रसारको अभावमा ओझेलमा पनि परेको छ । व्यापार, वसोवास, रोजगारी,सुविधा खोजेर धेरैले दाप्चालाई छोडेका छन् । यहाँका धेरै बासिन्दा व्यापार व्यवसायबाट विस्थापित भएर बनेपा, धुलिखेल, काठमाण्डौ, वीपी राजमार्ग क्षेत्रमा पुगेका छन् । अहिले पनि दाप्चा क्षेत्र ऐतिहासिक, धार्मिक, पर्यटकीय रुपमा धनी छ । यहाँको गौतमवुद्धको पहिलो जन्मस्थलको रुपमा लिइने नमोवुद्ध, कोटकालिका मन्दिरदेखि पुराना कलाकृतिले सजाएर बनाइएका पुराना घरहरु, सबैलाई लोभ्याउने सांस्कृतिक महत्व बोकेका जात्रा र चाडपर्व बाँकी छन् । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गणेश, अन्नपुर्ण, जुगल, गौरीशंखर लगायतका सुन्दर हिमाली श्रृखंलाहरु देख्न पनि सकिन्छ ।
महत्व घट्न थालेको थाहा पाएका यहाँका बासिन्दा दाप्चालाई चर्चित बनाउन सक्रिय हुनुपर्छ भनेर अग्रसर हुन थालिसकेका तर यति मात्रको पहल पर्याप्त छैन । दाप्चालाई पहिलाको अवश्थामा पु¥याउन दाप्चाको विशेषताहरुलाई प्रचारमा ल्याउन सक्नुपर्छ । यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सकिएको खण्डमा दाप्चामा पर्यटक भित्राउन सजिलो हुन्छ । विश्व प्रसिद्ध नमोवुद्धका साथै सपनेश्वर महादेव, कोटकालिका भगवती लगायतका धार्मिक क्षेत्रका साथै कलाकौशलले भरिएको पुरानो बजार दाप्चालाई पर्यटकीय क्षेत्र बनाउन यहाँका युवा, वुद्धिजीवी, राजनैतिक नेतृत्वहरु एकजुट भएर अघि बढ्नु आवश्यक छ ।
२००२ सालमा मोटरबाटो बनेर पनि आजसम्म कालोपत्रे हुन सेकेको छ । विगत पहल कम नै भएर हुन सक्छ यो वाटो पिच हुन नसकेको तर अव सम्र्पुा दाप्चावासी यो क्षेत्रको विकासमा लाग्नुपर्ने जरुरी भैसकेको छ । पुर्वमन्त्री सत्यमान लामा, पुर्वसभासद हर्षजीत लामा, राप्रपा नेपालका केन्द्रिय सदस्य रेशम लामा, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रिय सदस्य गणेश लामा, सहित थुप्रै राजनीतिक नेताहरु, प्रशासकहरु, व्यापारी, व्यवसायीहरु लगायत विशिष्ठ व्यक्तिहरुको जन्मभुमि भएपनि उनीहरुले दाप्चा क्षेत्रको विकासका लागि चासो नदिएको गुनासो पनि यहाँका स्थानीयवासीले गर्ने गरेका छन् । पहिचान गुम्न लागेको दाप्चाको अस्तित्व रक्षाको लागि स्थानीयवासी सहित सम्पुर्ण राजनैतिक दल, नागरीक समाज लाग्ने हो भने मात्रै दाप्चा क्षेत्रको विकास सम्भव छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0