Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

८३ बर्ष पुरानो बाटो अझै कालोपत्रे भएन – पर्यटकीय क्षेत्र जाने सडकको विजोग

प्रभातफेरी अनलाइन १३०४ पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर ११, सोमबार (१३ साल अघि)
Post Thumbnail

दाप्चा ÷ निर्माण भएको ८४ बर्ष पुग्दा पनि यहाँको सडक कालोपत्रे हुन सकेको छैन । काभ्रेभञ्ज्याङबाट प्रसिद्ध नमोवुद्ध हुँदै दाप्चा काक्रेँ पुग्ने पुरानो सडक कालोपत्रे हुन नसकेको हो ।
सरकारी निकायको वेवास्ताका कारण हालसम्म पनि सडक पीच हुन सकेको छैन । अझ बर्षाको समयमा सडकमा देखिने खाल्डाखुल्टी लगायतका कारण यातायात सञ्चालनमा समेत कठिनाई हुने गरेको छ ।
१९८६ सालमा दुर्गा शम्सेर राणाको पालामा उक्त मोटरबाटो बनेको थियो । ‘यति पुरानो सडक पीचको त कुरा छोडौँ, बर्षाको समयमा त हिलो र खाल्टाको कारण धेरै समस्या छ । ” हालै बनेको पिच दवाव समुहका अध्यक्ष एवं श्यामपाटी गाविसका स्थानीय अनिल लामाले भने । पर्यटकीय क्षेत्र नमोवुद्ध पनि यही सडक हुँदै आउनुपर्छ, आन्तरिक तथा बाह्य पर्यटक गरी यहाँ दैनिक करिब १ हजार आउँछन तर उनीहरुलाई बाटो अप्ठेरो भएकोले समस्या पर्ने गरेको छ ।
बर्षायाममा त सडक बिग्रिदा सडक बनाउँदै यातायात चलाउनुपर्ने वाध्यता छ । सार्वजनिक बसको पछाडी डिकीमा ढुंगा हालेर बाटो बिग्रेपछि बनाउँनुपर्छ । ‘साह्रै कठिनाई छ, यसरी गाडीमा ढुंगा ल्याएर खाल्टो परेको र बस फसेको ठाउँमा हाल्नुपर्छ ।’– यातायात व्यवसायी रामसुन्दर श्रेष्ठले विगतको अनुभव सुनाए ।
पुर्व मन्त्री सत्यमान लामा, पुर्वसभासद् हर्षजीत लामा, जनशक्ति पार्टीका जिल्ला अध्यक्ष पाल्साङ लामा, राप्रपा नेपालका काभ्रे जिल्ला अध्यक्ष अध्यक्ष रेशम लामा, मधेशी जनअधिकार शिक्षा मन्त्रालयका सह–सचिव हरिबोल खनाल लगायतका नेताहरुको घर यही क्षेत्रमा पर्छ तर कसैले मोटरबाटोको लागि सहयोग नगरेको गुनासो स्थानीयबासीको छ । दुई पटक यही क्षेत्रबाट शिबबहादुर देउजाले चुनाव जितेपनि कुनै वास्ता नगरेको स्थानीयबासीको गुनासो छ ।
स्थानीयबासी पटक पटक सडक पीच गर्नका लागि जिल्ला विकास समिति र सडक विभागमा पनि गैसकेका छन् । जिल्ला विकास समिति काभ्रेमा जाँदा त्यो सडक विभागले लिईसकेको भन्दै पन्छने गरिएको छ भने सडक विभागमा जाँदा सरकारसँग बजेटका लागि अनुरोध गरिरहेको बताउने गरेको छ । ‘बर्षौ भैसक्यो सबै निकायलाई अनुरोध गरिएको तर कसैले वास्ता गरेन ।’–ु अध्यक्ष लामाले गुनासो गरे । काठमाण्डौ आएका विदेशी पर्यटकमध्ये ५० प्रतिशत नमोवुद्ध आउने दाबी गर्छन ।

नमोबुद्धसँगै कोटकालिका लगायतका प्रसिद्ध पर्यटकीय क्षेत्र, भिमसेनस्थान जस्ता ऐतिहासिक मन्दिर र कलात्मक घरहरु पनि यही स्थानमा पर्छन् तर यातायातकै असुविधाका कारण धेरै पर्यटक यहाँ आउन समस्या भोग्ने गरेका छन् । दाप्चा काँक्रे हुँदै विपी राजमार्गमा जोड्न सकियो भने यो विपी राजमार्गमा सडक अवरोध हुँदा यो वैकल्पिक बाटो समेत हुन सक्छ ।
दाप्चा–नमोबुद्ध काक्रे सडक पिचका लागि स्थानीयबासिन्दाहरुले दबाब समूह गठन गरेका छन् ।

छत्रेबाँझ गाविसमा गत सोमबार भएको इलाका भेलाले स्याम्पाटीका अनिल लामाको अध्यक्षतामा २१ सदस्यीय दबाब समूह गठन गरिएको छ । समुहले पिचका लागि जिविस, सडक विभागका साथै राज्यको नीति निर्माण तह सम्म दबाब दिने अध्यक्ष लामाले जानकारी दिए ।
दाप्चा क्षेत्रमा पर्ने फुलबारी, छत्रेबाँझ, पात्लेखेत, पुरानो गाउँ, श्यामपाटी, डराउने पोखरी र खनालथोक गाविसका बासिन्दाहरुले बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि खनालथोक गाविसको काँक्रेसम्म करिब २० किलो मिटर सडक पिच गरिनुपर्ने माग राखेका छन् । समूहको उपाध्यक्षमा इन्द्र बहादुर लामा, सचिव रामेश्वर अधिकारी र कोषाध्यक्षमा नवराज अधिकारी छन् । सदस्यहरुमा पुष्प श्रेष्ठ, पुस्कर तिमल्सिना,श्रीकृष्ण न्यौपानmे धु्रव श्रेष्ठ, सरिता काफ्ले, भोला श्रेष्ठ, रामकृष्ण अधिकारी, देव लामा, झलक बहादुर थापा, कृष्णबहादुर तामाङ, स्याम लामा, राजु श्रेष्ठ, धर्मगोपाल श्रेष्ठ, रत्न लामा, औतारसिंह लामा, बद्रिप्रसाद तिमल्सिना लगायत छन् । आगामी बैठकले समितिलाई पुर्णता दिने अध्यक्ष लामाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0