Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारिता र नेपाल

प्रभातफेरी अनलाइन २६०७ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १, आईतबार (१३ साल अघि)
Post Thumbnail

— रामचन्द्र हुमागाईं

विश्वमै पत्रकारिता पेशालाई सम्मानजनक रुपमा लिने गरिन्छ । भनिन्छ, पत्रकारिता समाजको ऐना हो । पत्रकार त्यो ऐनाको कमाण्डर अर्थात विकृति रोक्ने खम्बा हो तर नेपालमा पत्रकारिता पेशालाई अनेक आरोप लाग्ने गर्छ । नलागोस् पनि किन ? विकृति, विसंगति जति छन् ती सबैलाई पत्रकारिता रुपी च्यादरले ढाक्ने गरिएको छ ।
राणा शासन कालमा पत्रकारिता पेशा नै थिएन । भएको पनि राणाहरुकै मुखपत्रका रुपमा राणहरुनै चलाउँथे । सम्पादक पनि राणाहरुकै छोराहरु हुन्थे । ०७ साल पछि थोरै विकास भयो । २००८ सालमा स्थापना भएको रेडियो नेपाल राणाहरुकै भजन गाँउथ्यो । ०१७ सालमा केही नीजि क्षेत्रमा पत्रकारिताले प्रवेश पायो, केही दिन पार्टीको त्यो पनि नेपाली काँग्रेस समर्थक थिए भने २०१७ साल पुस १ गते घोषणा गरिएको संविधानले निर्दलीयताको बहस नगर्ने पत्रिका र पत्रकार माथि प्रतिबन्ध नै लगायो मात्रै होइन पूरै निर्दलीयताको भजन मण्डलीका रुपमा पत्रिकारता स्थापित भयो । २०२८ सालमा आएर अलि फरक तर प्रतिबन्धात्मक पत्रकारिता सुरु भयो, त्यसले पनि देश र जनताको विषयमा बहस गर्न सकेन, मानौँ पाएन ।
२०३९ सालमा केही खुकुलो भयो । तर, राजनीतिक दलहरुको समाचार, वक्तव्य, दृष्टिकोण र चर्चा गर्दा अगाडि पट्टी ‘प्रतिबन्ध’ शब्द प्रयोग गरिएन भने सम्पादकले जेल जानुपर्ने र पत्रिकाको दर्ता खारेज हुने अवस्था आयो । एक किसिमको मिसन पत्रकारिता शुरु भएको मान्नैपर्छ तर कुनै सहयोगदाता वा सरकारी विज्ञापन पाउन सम्वन्धित पक्षको भजन नै गाउनुपर्ने स्थिति थियो र २०४६ सालमा आएर खुला दिलले लेख्न पाउने अवस्था त श्रृजना भयो तर बजार राजनीतिमुखी भयो । दलका कार्यकर्ता पत्रकारिता पेशामा आवद्ध भए । लगानीकर्ता पनि निकै जन्मिए । कतिपयलाई निर्र्दलीय कालमा कालोधन्दा गरेर आर्जन गरेको धन पत्रकारितामा लगानी गर्ने अवसर प्राप्त भयो, त्यो क्रम जारी नै छ । त्यसैलाई अहिले पनि पत्रकारिताको विकासका नाममा टाउको ठड्याउने अवसर प्राप्त भएको छ ।
समयसँगै पेशामा पुस्ता परिर्वतन हुनु अस्वभाविक होइन । यसरी पेशामा विकास र पुस्तामा परिवर्तन आए पनि मिसनमा परिवर्तन आउनु भनेको ठुलो विडम्वना र कलंक हो, त्यही कलंकित पत्रकारिता यतिबेला चलिरहेको छ । कहाँ बद्मासी भएको छ भन्ने कुराको खोजी गर्नुपर्नेमा कहाँ बद्मासी भएको छैन ? भनि खोज्नुपर्ने अवस्था आएको छ । पेशागत विकृति नै खबरदारी अँगमा प्रवेश गरेपछि त्यो देशको अवस्था कस्तो होला ? आफ्नै आङ कन्याएर छारो उडाउनुपर्ने अवस्थामा पुगेको छ आजको पत्रकारिता । राजनीतिक दल, दलको भातृसंगठनको रुपमा पस्किने क्रम जारी छ, को भन्दा को कम भन्ने सस्तो प्रतिस्पर्धाको रुपमा पुगेको छ, नेपाली पत्रकारिता ।
नपुगोस् पनि किन ? पेशा नै राजनीति, पेशा नै पत्रकारिता । जसलाई जे मन लाग्यो त्यो लेख्ने जो बलियो उसैको गुण गाउने । त्यसभित्रको वास्तविकता पटक्कै खेजी नहुने । के गर्न हुने, के गर्नु नहुने ? त्यो छुट्याउनै नसकिने पत्रकारिता शुरु भएको छ आजको नेपालमा । हुन त कुन ठाउँमा चोखो छ ? न सुरक्षा चोखो न निजामति सेवा, न विकास र नाफा मुलक संस्था चोखा, न राजनीति चोखो न व्यापारमा इमान्दारिता ? कसले निगरानी गर्ने ? यिनै विकृतिका विरुद्धमा खरो उत्रनुपथ्र्यो पत्रकारिता ।
दुःखका साथ भन्नुपर्ने भएको छ, यस्तो पत्रकारिता कहिलेसम्म चल्ला ? सरकारी सुविधामा चलखेल, राजनीतिमा चलखेल भए भरका कतै नभएका विकृतिहरुको संरक्षक भएको छ पत्रकारिता । न हिजोको मूल्याँकन न भविष्यको चिन्ता । हिजो जे खाए लाए पनि आज खानै पर्ने, विहान खाए बेलुकाको चिन्ता छैन । बेलुका जेनतेन खाए भोली देखाजायगा भन्ने जोगी प्रवृतिको पत्रकारिता । निर्देशित प्रक्रियाको प्रवृत्ति । कलिलो उमेरमा कुनै परिवर्तन नआउने आडम्वर ! आखिर जीवन भनेको परिवर्तित प्रवृत्ति न हो, किन यस्तो हेलचत्र्mयाई ? आखिर यो पेशामा लाग्नेहरुका लागि पनि अनुशासन बनेको छ, मर्यादा छ र भावुकता पनि त छ ? सत्यलाई बँग्याएर, असत्यलाई सच्चाएर, शक्तिको पुजा गरेर निर्धाको बत्ख्वाई गरेर कति दिन टिक्ने ?
छापामा आएका अक्षरहरु रामायण र गीताका पुस्तकहरुमा लेखिएकै अक्षर जस्ता हुन, पर्दामा आएका दृश्यहरु सत्ययुगका दृश्यहरु नै हुन् र कानमा सुनिएका सन्देशहरु आकाशवाणी नै हुन् भन्ने मानिसहरु बसोबास भएको मुलुकमा बँग्याएर, बढार्ईचढाई गरेर, उल्टोपुल्टो गरेर प्रचार प्रसार गर्नु इमान्दारिता हो कि पेशागत बेइमानी ? यो वा त्यो विषय मात्रै होइन कुनै विषय पनि यहाँ नेर भ्रम फैलिएको छैन भन्ने वातावरण कहिले आउला ? के यसलाई स्वतन्त्रताको स्वरुप दिन सकिन्छ ? सकिँदैन भने सामाजिक अपमान मान्नैपर्छ । यस्ता सामाजिक अपराधलाई रोकथाम नगर्ने हो भने यही भित्रबाट विद्रोहको शंखघोष हुनसक्छ । समयमै सम्वन्धित व्यक्ति वा समूहले ध्यान दिँदा राम्रै होला ।
(गताङ्कमा प्रकाशित रामचन्द्र हुमागाईंको लेखको शीर्षक ‘गरिबी घटाउने कि गरिब हटाउने ?’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ — सम्पादक)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0