बनेपा ÷ नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले हुलाक कर्मचारीको लागि न्युनतम पारिश्रमिक माग गरेको छ । एशोसिएसनको दोश्रो राष्ट्रिय सम्मेलनमा बोल्ने अधिकाशं वक्ताले सरकारसंग यस्तो माग गरेका हुन् । उनीहरुले निजामती कर्मचारीहरुको जस्तै सेवा सुविधा, उपदानको व्यवस्था लगायतका मागहरु सरकार समक्ष राखे । सम्मेलनको भुमिसुधार मन्त्रालयका सचिव शुसिल घिमिरेले उद्घाटन गरेका थिए । सम्मेलनमा ६० जिल्लाका ३ सय ४ प्रतिनीधि सहभागी थिए । देशभर ३ हजार ७४ अतिरिक्त हुलाकका १० हजार ८ सय ५३ कर्मचारी कार्यरत छन् । सम्मेलनले टंकप्रसाद हुँमागाईँकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |