logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

महिलाहरु आत्म निर्भर बन्दै

प्रभातफेरी अनलाइन२३१३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार(१३ साल अघि)
महिलाहरु आत्म निर्भर बन्दै

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन
जिल्लाको उत्तरी क्षेत्र मण्डनभेगका महिलाहरु अहिले विभिन्न सिपहरु मार्फत आत्म निर्भर बन्दै आएका छन् ।परम्परागत रुपमा घर भित्रको काममा मात्र सिमित हुदैं आएका महिलाहरु अहिले सिपहरु सिकेर कमाई समेत गर्न थालेका छन् ।
गाउँमा बचत समुहहरु स्थापना गरे त्यस बाट ऋण लिँदै उनीहरुले व्यवसाय समेत गरिरहेका छन् । अहिले सिलाई कटाई तालिम लिएर उनीहरु आत्म निर्भर  बन्दै आएका हुन् । गाउँमै खोलिएको महिला विकास सहकारी संस्था र मेलम्ची खानेपानी आयोजनाल उनीहरुलाई सहयोग गरिरहेको छ ।  ।  चण्डेनीमण्डन, महादेवस्थान, देउपुर, जैशिथोक र पाँचखालका  करिब पाँच सय महिलाहरुलाई आत्म निर्भर बनाउने काम सहयोगी संस्थाले गरिरहेका छन् ।
संस्थाका अनुसार, यहाँका महिलालाई ६ महिने निःशुल्क सिलाई कटाई तालिम दिइएको छ ।  महिलाहरुलाई सजिलो होस् भन्ने अभिप्रायले कपडा सिलाउने मेशिन विशेष सहुलियतमा उपलब्ध गराइएको छ ।  महिलाहरुले यहाँबाट सिकेको सिपलाई सदुपयोग गरी व्यवसाय समेत सञ्चालन गरिरहेका छन् । चण्डेनीमण्डनकी विमला नेपाल सिकेको सिपले आफुलाई आत्म निर्भर बनाएको बताउँछिन् । “सामान्य खर्चको लागि समेत श्रीमान् वा अरु कोहीको भर पर्नुपर्ने बाध्यता हुन्थ्यो, अहिले त्यस्तो छैन, उनले भनिन्, “अहिले त्यस्तो छैन, आफुलाई चाहिएको खर्च गर्न पाएको छु । ”
मेलम्ची खानेपानी आयोजनाले आयोजना प्रभावित काभ्रेका पाँच गाविसमा महिला आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलाहरुलाई लक्षित गरि बाख्रा पालन कार्यक्रम समेत गाँउमा सञ्चालित छ ।