Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

केयुको नयाँ उपकुलपतिमा डा. रामकण्ठ

प्रभातफेरी अनलाइन २०६१ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१३ साल अघि)
Post Thumbnail

काठमाण्डौँ विश्वविद्यालयको नयाँ उपकुलपतिमा डा. रामकण्ठ माकजु श्रेष्ठ नियुक्त भएका छन् । शिक्षामन्त्री दिनानाथ शर्माको अध्यक्षतामा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई नियुक्त गरेका हुन् ।
पुर्व उपकुलपति डा. शुरेसराज शर्माले २०६९ साल कार्तिक २७ गते  पदबाट राजीनामा दिएका थिए । विश्वविद्यालयको उपकुलपति समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई को अध्यक्षतामा बसेको सिनेट सभाले सहकुलपति शिक्षामन्त्री दिनानाथ शर्माको संयोजकत्वमा नयाँ उपकुलपति छनोट गर्न समिति बनाएको थियो । समितिमा डा. दमननाथ ढुङगाना र डा. लोकविक्रम थापा सदस्य थिए ।
शर्मा २२ बर्ष देखि केयुको उपकुलपति थिए  । उनी छ्र्रैठौँ कार्यकालका लागि १ बर्ष अघि उपकुलपतिमा नियुक्त भएका थिए । कार्यकाल पुरा हुन अझै २ बर्ष बाँकी थियो ।
को हुन् डा. रामकण्ठ  ?
नयाँ उपकुलपतिमा नियुक्त डा. रामकण्ठ केयुका सिनेट सदस्य पनि हुन् । केयुका प्राध्यापक समेत रहेका श्रेष्ठ केयु अन्तर्गत नै सञ्चालित धुलिखेल अस्पतालका निर्देशक समेत हुन् । धुलिखेल अस्पताल उनकै पहलमा स्थापना भएको हो । २०५३ सालमा दुई चिकित्सक र दुई कोठाबाट सुरु भएको धुलिखेल अस्पताललाई राष्ट्रियस्तरकको सामुदायिक अस्पताल बनाउन उनको ठूलो योगदान, त्याग र तपस्या छ ।
अस्ट्रियाको राम्रो कमाई छोडेर उनी आफ्नै जन्मस्थानमा सेवा दिन स्वदेश फर्किएका हुन्  ।
चुनौती पनि उतिकै
नवनियुक्त उपकुलपतिका लागि चारवर्षे कार्यकाल त्यति सहज भने छैन । काठमाडौँ विश्वविद्यालयसभाले दसवर्षे कार्ययोजना पारित गरिसकेको परिप्रेक्ष्यमा विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन प्राध्यापकहरूलाई विश्वस्तरका बनाउनु, विदेशका विश्वस्तरीय प्राध्यापकहरूलाई विश्वविद्यालयमा ल्याउनु, विदेशी विद्यार्थीहरूको सङ्ख्या बढाउनु, विश्वस्तरीय अनुसन्धानहरू गराउनु, भौतिक पूर्वाधारका लागि चारवर्षे कार्यकालभित्र करिब दुई अर्ब रुपियाँको आर्थिक स्रोत जुटाउनु आदिजस्ता चुनौतीहरू उनले बेहोर्नुपर्नेछ । यो सँगै धुलिखेल अस्पतालको गुणस्तरीय सेवालाई पनि खस्कन नदिन पनि उनले भुमिका खेल्नुपर्छ ।  स्थानीय समुदाय, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूसितको सम्बन्ध पनि सुमधुर राख्नुपर्नेछ । हरेक राजनीतिक दलसँग समदूरीको सम्बन्ध राखेर राजनीतिक क्षेत्रबाट आउन सक्ने दबाबहरूलाई पनि थेग्न सक्नुपर्नेछ । यी चुनौतीहरूलाई सामना गर्न सके भने उनले अर्को इतिहास फेरि लेखाउन सक्नेछन् ।
डा. माकजूले आज आइतबार विश्वविद्यालयमा गई पदभार ग्रहण गर्ने बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0