बनेपा ÷ नेपाल कांग्रेस काभ्रेले आफ्ना दिंवगत ३ नेताको स्मरण गरेको छ । श्रद्धाञ्जली सभाको आयोजना गरे कांग्रेस काभ्रेले उनीहरुको सम्झना गरेको हो ।
नेपाली कांग्रेसका पुराना एवं त्यागी नेता भीमबहादुर तामाङको १३ औँ दिनको पुण्यतिथीमा बनेपामा एक कार्यक्रमको आयोजना गरियो । पार्टी कार्यलयमा आयोजित कार्यक्रममा लामा परम्परा अनुसार “डोव” पुजा गरिएको थिए । कार्यक्रममा जिल्ला सभापति शिवप्रसाद हुँमागाई, सचिव अच्युतप्रसाद पौडेल र शंखबुद्ध लामा लगायत जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो
दोलखा घर भएका ७५ वर्षीय तामाङ कांग्रेसमा इमान्दार छबि भएका नेताको रुपमा चिनिन्थे । नेपाली कांग्रेसको १२ औ महाधिवेशनमा सभापतिका प्रत्याशी बनेका तामाङ त्यसयता केन्द्रिय सदस्य रहँदै आएका थिए । दोलखाबाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित तामाङ २०५२ सालमा शेर बहादुर देउवाको मन्त्रीमण्डलमा कानुनमन्त्री समेत बनेका थिए । तामाङको एक छोरा र एक छोरी छन् ।
यस्तै, नासिकास्थान गाउँ समितिले आफ्ना दिवंगत दुई क्रियाशील सदस्यहरुको सम्झनामा शनिवार श्रद्धाञ्जलीसभा गर्यो । बारा जिल्लाको पथलैया बजारमा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस क्षेत्र नं. ३ का सदस्य एवं नेपाल तरुण दलका जिल्ला कोषाध्यक्ष साँगा निवासी श्याम जोशी र नेपाली कांग्रेस क्रियाशील सदस्य साँगा वडा नं. ७ निवासी सुरेन्द्रकुमार लामाको उपचारको क्रममा अल्पायूमै निधन भएको थियो ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस जिल्ला सभापति शिवप्रसाद हुमागाईंले पार्टीले दुवैको परिवारको संरक्षण पार्टीले गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति कञ्चनचन्द्र वादे, जिल्ला सदस्यहरु प्रकाश थापा, मधुकर खनाल, उद्धवप्रसाद नेपाल र केशवप्रसाद तिमल्सिना, क्षेत्र नं. १ का सभापति तीर्थ लामा, महासमिति सदस्य प्रचण्डमान प्रधान, तरुण दलका जिल्ला अध्यक्ष राम जोशी, नेविसंघका जिल्ला अध्यक्ष माधव ढकाल, गाउँ सभापति माधवनारायण जोशी, समाजसेवी डोलप्रसाद कार्की, क्षेत्रीय प्रतिनीधि शान्ति कार्की, एमाले प्रतिनीधि सोम लामा लगायतले पार्टीमा स्वर्गीय जोशी र लामाको योगदानबारे चर्चा गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |