Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कांग्रेसले दिवंगत नेतालाई सम्झियो

प्रभातफेरी अनलाइन १४६१ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ नेपाल कांग्रेस काभ्रेले आफ्ना दिंवगत ३ नेताको स्मरण गरेको छ । श्रद्धाञ्जली सभाको आयोजना गरे कांग्रेस काभ्रेले उनीहरुको सम्झना गरेको हो ।
नेपाली कांग्रेसका पुराना एवं त्यागी नेता भीमबहादुर तामाङको १३ औँ दिनको पुण्यतिथीमा बनेपामा एक कार्यक्रमको आयोजना गरियो । पार्टी कार्यलयमा आयोजित कार्यक्रममा लामा परम्परा अनुसार “डोव” पुजा गरिएको थिए । कार्यक्रममा जिल्ला सभापति शिवप्रसाद हुँमागाई, सचिव अच्युतप्रसाद पौडेल र शंखबुद्ध लामा लगायत जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो
दोलखा घर भएका ७५ वर्षीय तामाङ कांग्रेसमा इमान्दार छबि भएका नेताको रुपमा चिनिन्थे  । नेपाली कांग्रेसको १२ औ महाधिवेशनमा सभापतिका प्रत्याशी बनेका तामाङ त्यसयता केन्द्रिय सदस्य रहँदै आएका थिए । दोलखाबाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित तामाङ २०५२ सालमा शेर बहादुर देउवाको मन्त्रीमण्डलमा कानुनमन्त्री समेत बनेका थिए । तामाङको एक छोरा र एक छोरी छन् ।
यस्तै, नासिकास्थान गाउँ समितिले आफ्ना दिवंगत दुई क्रियाशील सदस्यहरुको सम्झनामा शनिवार श्रद्धाञ्जलीसभा गर्यो । बारा जिल्लाको पथलैया बजारमा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस क्षेत्र नं. ३ का सदस्य एवं नेपाल तरुण दलका जिल्ला कोषाध्यक्ष साँगा निवासी श्याम जोशी र नेपाली कांग्रेस क्रियाशील सदस्य साँगा वडा नं. ७ निवासी सुरेन्द्रकुमार लामाको उपचारको क्रममा अल्पायूमै निधन भएको थियो ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस जिल्ला सभापति शिवप्रसाद हुमागाईंले पार्टीले दुवैको परिवारको संरक्षण पार्टीले गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति कञ्चनचन्द्र वादे, जिल्ला सदस्यहरु प्रकाश थापा, मधुकर खनाल, उद्धवप्रसाद नेपाल र केशवप्रसाद तिमल्सिना, क्षेत्र नं. १ का सभापति तीर्थ लामा, महासमिति सदस्य प्रचण्डमान प्रधान, तरुण दलका जिल्ला अध्यक्ष राम जोशी, नेविसंघका जिल्ला अध्यक्ष माधव ढकाल, गाउँ सभापति माधवनारायण जोशी, समाजसेवी डोलप्रसाद कार्की, क्षेत्रीय प्रतिनीधि शान्ति कार्की, एमाले प्रतिनीधि सोम लामा लगायतले पार्टीमा स्वर्गीय जोशी र लामाको योगदानबारे चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0