Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रहेनन् कलाकार विष्णु बा

प्रभातफेरी अनलाइन १७७२ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१३ साल अघि)
Post Thumbnail

-अमरकृष्ण चन्द (मनको
छुट्टै किसिमको व्यवहार, अग्लो कद, प्राय झ्याप्प गालामा दाह्रि, बोल्ड आवाजका धनी कलाकार विष्णु शर्मा अब यस भौतिक संसारमा रहेनन् ।
लामो समय कलाकारिता क्षेत्रमा बिताएका कलाकार विष्णु शर्माले निर शाह, रमेश बुढाथोकी, कृष्ण मल्ल, मुकुन्द श्रेष्ठसँगै नाट्यक्षेत्रबाट कलाकारितामा लागेका उनले चलचित्र चोट, बिन्तीपत्र लगायत दर्जनौं चलचित्रका साथै चक्रव्यूह, टाढाको बस्ती, भावना, पाटीको बास लगायत दर्जनौं चर्चित टेलिचलचित्रहरुमा आफ्नो अभिनयले सबैको मन जितिसकेका थिए ।
ठूलो पर्दाको चलचित्र बादल, संकल्प लगायतका थुप्रै चलचित्रममा सहायक निर्देशकको रुपमा काम शर्माले आफ्नो क्षमता प्रस्तुत गरिसकेका थिए । समय नेपाल टेलिभिजनबाट प्रशारित टेलिचलचित्रको सम्झौताको समेत निर्देशन गरि सकेका उनले लामो समय रेडियो नेपालमा लामो समय जागिरे जीवन बिताई पछिल्लो केहि समय काभ्रे जिल्लाबाट प्रशारण हुँदै आएको रेडियो मध्यपूर्व एफ.एम. १०४ मेगाहर्जमा स्थापना कालदेखि नै कार्यक्रम निर्देशकको रुपमा कार्य गर्दै आएकोमा त्यहाँबाट निस्किए पछि उनी जग्गाको कारोबारतिर पनि केहि समय सक्रिय रहेका थिए ।
पछिल्लो समय सबैक्षेत्रबाट असफलता हात लाग्दै गए पछि केहि निरास देखिएका उनले सेल्फस नामक विषदि सेवन गरी आत्हत्या गरेका थिए । पारिवारिक स्रोतले जनाए अनुसार शर्माले विषादि सेवन गरेपछि हाँसी हाँसी छोरालाई मैले खाईदिएँ भनेर भनेका थिए । त्यसपछि उनलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सबैसँग आफन्त झैं फरासलिो व्यवहार गर्ने उनलाई कलाकार तथा रेडियोकर्मीहरुले विष्णु बा भनि सममानपूर्वक सम्बोधन गर्थे । उनको असामयिक निधनबाट एउटा होनहार प्रतिभा नेपाली कला क्षेत्रले गुमाएको छ । उनीसँग लामो समय सहकार्य गरेका कलाकार तथा निर्देशक कृष्ण मल्लले एउटा राम्रो कलाकारको निधनमा आफ्नो फेसबुकमा दुःख व्यक्त गरेका थिए ।
काभ्रेली कलाकार तथा चलचित्र झेल्लीका निर्देशक कमल दाहाल शर्मा आफूले जानेको कुरा सबैलाई सिकाउने प्रतिभाको धनी भएको बताउँछन् । दाहालका अनुसार उनीसँग प्रशस्त प्रतिभा हुँदाहुँदै कसैसँग नझुक्ने स्वभावका कारण कलाकारितामा उललेख्य सफलता हात नपरेको बताँछन् । उनी भन्छन् –“उनी जस्तो प्रतिभाका धनीलाई नेपाली कलाक्षेत्रले सदुपयोग गर्न सकेन । उनी जस्तो प्रतिभा नेपाली कलाक्षेत्रले कहिल्यै पाउन सक्दैन ।”
कलाकार तथा निर्माता विक्रम शाह भन्छन् –“ विष्णु बा सबैले अवसर पाउनुपर्छ भन्ने स्वभावका थिए । उनले थुप्रैलाई कलाक्षेत्रमा लाग्न प्रेरणा दिए । सबैलाई कलाक्षेत्रमा लाग्न सक्दो सहयोग गर्थे । तर उनलाई कसैले सहयोग गरेनन् । त्यसैकारण पनि उनको प्रतिभाले उचित अवसर नपाएको हो । विष्णुबाका हकी स्वभाव पनि उनको प्रतिथभा पछि पर्नाको कारण हो । उनले जतिलाई विश्वास गरे तर उनलाई कसैले विश्वास नै गरेन । ”
करिव एक वर्ष मध्यपूर्व एफ.एममा तामाङ कार्यक्रम संचालन गरेका तीर्थ लामाका अनुसार सबैलाई नराम्रो कामको लागि खरो गाली गर्दै सहि कामको लागि घच्घचाउने उनको बानीबाट कुनै समय मध्यपूर्व एफ.एमका प्राय कार्यक्रम प्रस्तोताहरु प्रभावित भई उनलाई गुरु मानी कार्यक्रम संचालन गर्थे । हाल आएडी बैंकमा कार्यरत लामा भन्छन्–“उनी जति खरो व्यवहार गर्थे त्ति नै सबैलाई माया गर्थे । त्यस्ता व्यक्तित्वलाई गुमाउनु पर्दा साह्रै पीडको अनुभूति गरेको छु ।”
थुप्रै नाटकहरुमा अभिनय तथा निर्देशन गरेका उनको बिल्कुलै फरक खरो आवाजले दर्शक तथा स्रोतामाझ शर्मा परिचित थिए । कलाकार तथा रेडियोर्मी बीच लोकप्रीय शर्माको निधनले सम्पूर्ण कलाप्रेमीहरु समेत स्तब्ध भएका छन् । ५२ वर्षिय स्व. शर्माका परिवारमा श्रीमति सहित ३ छोरा र १ छोरी रहेका छन् । उनको मंगलबार नै अन्तिम संस्कार गरिएको थियो ।
बहु प्रतिभाका धनी स्व. शर्माको आत्माले शान्ति पाउन् यहि नै हाम्रो भावपूर्ण हार्दिक श्रद्धान्जली स्व. शर्मा प्रति ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0