घात माथि घात ग¥यौ तिमीले माया माया भनि ।
यसै गरि पुगोस तिमीलाई तिम्रो जुनीभरि ।।
कुल्चिएर गयौ बरु मेरो माया देखनौ मेरो विश्वास ।
पानी जस्तो सङलो मेरो मन तोड्यौ आशा भए निराश ।।
मैले रुँदा खसी तिमी हुन्छौ भने खुशीसाथ रोईदिन्छु सारा जीवन ।
मलाई रुवाई खुशी भयो आज आफ्नो सानो घाउ दुख्दा रुने त्यो मन ।।
कहाँबाट खोजी ल्याउँ भन तिमीसँग बिताएका ती अमूल्य पल ।
मागेकै भए दिन्थें सबथोक मेरो ग¥यौ किन आखिर तिमीले छल ?
“आज म यति खुसी छु कि आज जति खुसी त मैले जीवनमा कहिल्यै अनुभव नै गर्न पाएकी छैन । त्यो खुशी म व्यक्त गर्न नै सक्दिन । उसले मलाई यति धेरै माया गर्छ कि म पनि उसलाई धेरै माया गर्छु । म उनी बिना बाँच्न सक्दिन । क्ष् यिखभ जष्m। ”
“हैन यो चाहना के भन्दै छे । निन्द्रामा नै कराई रहेकी छे त ।” चाहनाको बर्बराहटले भावनाको निन्द्रा भङ्ग गरे पछि भावनाले मनमनै भनिन् । चाहनालाई झक्झकाउँदै भावनाले भनिन्–“ऐ भावना, भावना ऽऽऽ ” भावनाको निन्द्रा खुल्यो । उनले वरिपरि आँखा दौडाई । उनी त निन्द्रामा नै सपनीमा रमाइरहेकी रहेछिन् । उनलाई आफैलाई लाज लाग्यो । उनले एक शब्द पनि ननिकाली सिरकले पुनः मुख छोपिन् ।
भावनाले सोधिन्—“चाहना, के भो तँलाई ? किन निन्द्रामा नै बर्बराइरहेकी थिइस् त ।” “केहि पनि भएको छैन ।” चाहनाले जवाफ दिइन् । “ अनि किन निन्द्रामा नै चिच्याइरहेकी थिइस् त ।” पुन प्रश्न गरिन् भावनाले । खोई मलाई केहि पनि थाह छैन भनेर टारिन् चाहनाले ।
उमेरै हो विपरित लिङ्गीप्रति आकर्षित हुने त्यसैले किशोरावस्थाको यो नियतिबाट अन्य यूवा यूवति झैं इच्छा र आकांक्ष पाल्नु स्वभाविकै हो चाहना र भावनाले पनि । त्यसैले त चाहना र भावना पनि नजानिदो पाराले प्रेमको आकर्षणमा डुब्न पुगेका थिए ।
चाहना रेष्टुरेण्टमा राशनसँग बसेर कफि पिउँदै थिइन् । प्रहरीको भ्यान साइरन बजाउँदै आयो । रोशन र चाहना बसेको टेबलमा आएर एउटा प्रहरीले सोध्यो–“यहाँ चाहना भन्ने को हो ?” “म हुँ चाहना किन र ?” चाहनाले प्रहरीलाई भनिन् । “तपाइंलाई भावनाको हत्याको आरोपमा गिरफ्तार गर्दैछौं । तपाई हामीसँग हिँड्नुहोस् । उनलाई लिएर प्रहरीको भ्यान त्यस ठाउँबाट अलप भयो ।
उनलाई औडाहा चल्न थाल्यो मन भतभति पोल्न थाल्यो । बेकारमा नकाम गरेछु भन्ने लाग्यो र एक्कासी चिच्याउन थाली । “नाई ऽऽऽ ……… म बाट यो के भयो ? हे भगवान मलाई माफ गरिदेऊ । यो के भयो ? ”
झल्याँस्स आँखा खुल्यो चाहनाको । जीउ भरि पूरै पसिनै पसिनाले लतभत भएको पायो उनले आफूलाई । जीउ ढक्क फुलेको थियो । कपडा निथ्रुक्कै भिजेको थियो । १०४ डिग्रीको ज्वरो आए झैं भतभति जीउ पोलि रहे झैं लाग्यो उनलाई अनि बेडको नजिकै टेबुलमा रहेको पानीको जग उठाइन् र घट घट पानी पिइन् । यसो भावना सते पट्टि फर्किएर भावनालाई हेरिन् । भावना सुतिरहेकी थिइन् । “उफ यो कस्तो सपना ।”मनमनै भन्दै भावनाको गाला सुमसुम्याइन् । उनैलाई अँगालो हाली पुःन उनी सुत्ने कोशिस गर्न थालिन् ।
निदाउनलाइृ उनले भरमग्दुर प्रयास गरिन् तर बिडम्बना उनी पटक्कै निदाउन सकिनन् । औडाहा र छटपटिमा नै उनको सारा रात दित्यो । आँखा झिमिक्क सम्म गर्न सकिनन् । जब अलि निन्द्रा लाग्ला जस्तो हुन्थ्यो त्यहि सपनाको तन्द्राले उनलाई सताउँथ्यो । त्यहि सपना झलझलि फिल्म झैं आँखा अगाडि आउँथ्यो । पुलिसको हथकडि अनि जेलको चिसो छिँडी झलझली सम्झना आउँथ्यो । रात पनि कहिले कट्ला भन्ने लाग्थ्यो उनलाई । त्यो रात उनलाई धेरै लामो लाग्यो । बल्ल बल्ल रात बित्यो र झिसमिसे उज्यालो भयो ।
बिहानै उठेर भावना र चाहना आफ्नो नित्य कर्ममा लागे । सँगै खाना खाए । सँगै अफिस गए तर अन्य दि नझैं उनीहरु बीचमा त्यति गफ भएन । दुबै आ–आफ्नै सुरमा अफिस पुगे । अफिसमा पुगेर दुबै आ–आफ्नो काममा व्यस्त मात्र के भएका थिए त्यति नै खेर बैंकका एमडि रोशन अफिसमा छि¥यो । सबै कर्मचारीहरुले उसलाई भने—“गुड मर्निङ्ग सर । ” तर चाहना र भावना भने रोशनलाई एकोहोरो हेरिरहन थाले ।
भावना र रोशनको बीच बारम्बार भेट भइरहन्थ्यो । उनीहरुको मायाको डोरी कसिदै जाँदै थियो । एकले अर्कालाई नभेटेको दिन खल्लो लाग्थ्यो उनीहरुलाई । उनीहरु एक अर्कालाई एकदमै माया गर्थे । सँगै जीउने र सँगै मर्ने कसम खाइसकेका थिए उनीहरुले ।
रोशनले भावनालाई पार्कमा भेट्न बोलाएको थियो तर एक घण्टा भन्दा बढी कुरीसक्दा पनि भावना आइनन् । उसले भावनाको मोबाइलमा कल ग¥यो उनको मोबाइल अफ गरिएको थियो । करिब दुई घण्टा कुरेपछि रोशन मनमा अनेक कुरा खेलाउँदै फर्कियो । उसले सोच्यो किन भावनाले मलाई धोका दिइन् त ? आखिर किन उनी मेरो भावनसँग खेलवाड गर्दैछिन् । यस्तै यस्तै सोच्दा सोच्दै रोशन आफ्नो घर पुगेको पत्तै पाएन । एक जग पानी पएिर रोशन आफ्नो बेडमा बस्यो र सोच्न थाल्यो–“किन यति ठूलो खेलवाड म माथि भावना ऽऽऽ ………….. ”
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । ) अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयmरअजबलम)बmबचद्दण्ज्ञण्२थबजयय।अयm
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |