Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कहिल्यै नछुटिने हाम्रो मायाको डोरी

प्रभातफेरी अनलाइन १९८४ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

घात माथि घात ग¥यौ तिमीले माया माया भनि ।
यसै गरि पुगोस तिमीलाई तिम्रो जुनीभरि ।।
कुल्चिएर गयौ बरु मेरो माया देखनौ मेरो विश्वास ।
पानी जस्तो सङलो मेरो मन तोड्यौ आशा भए निराश ।।
मैले रुँदा खसी तिमी हुन्छौ भने खुशीसाथ रोईदिन्छु सारा जीवन ।
मलाई रुवाई खुशी भयो आज आफ्नो सानो घाउ दुख्दा रुने त्यो मन ।।
कहाँबाट खोजी ल्याउँ भन तिमीसँग बिताएका ती अमूल्य पल ।
मागेकै भए दिन्थें सबथोक मेरो ग¥यौ किन आखिर तिमीले छल ?
“आज म यति खुसी छु कि आज जति खुसी त मैले जीवनमा कहिल्यै अनुभव नै गर्न पाएकी छैन । त्यो खुशी म व्यक्त गर्न नै सक्दिन । उसले मलाई यति धेरै माया गर्छ कि म पनि उसलाई धेरै माया गर्छु । म उनी बिना बाँच्न सक्दिन । क्ष् यिखभ जष्m। ”
“हैन यो चाहना के भन्दै छे । निन्द्रामा नै कराई रहेकी छे त ।” चाहनाको बर्बराहटले भावनाको निन्द्रा भङ्ग गरे पछि भावनाले मनमनै भनिन् । चाहनालाई झक्झकाउँदै भावनाले भनिन्–“ऐ भावना, भावना ऽऽऽ ” भावनाको निन्द्रा खुल्यो । उनले वरिपरि आँखा दौडाई । उनी त निन्द्रामा नै सपनीमा रमाइरहेकी रहेछिन् । उनलाई आफैलाई लाज लाग्यो । उनले एक शब्द पनि ननिकाली सिरकले पुनः मुख छोपिन् ।
भावनाले सोधिन्—“चाहना, के भो तँलाई ? किन निन्द्रामा नै बर्बराइरहेकी थिइस् त ।” “केहि पनि भएको छैन ।” चाहनाले जवाफ दिइन् । “ अनि किन निन्द्रामा नै चिच्याइरहेकी थिइस् त ।” पुन प्रश्न गरिन् भावनाले । खोई मलाई केहि पनि थाह छैन भनेर टारिन् चाहनाले ।
उमेरै हो विपरित लिङ्गीप्रति आकर्षित हुने त्यसैले किशोरावस्थाको यो नियतिबाट अन्य यूवा यूवति झैं इच्छा र आकांक्ष पाल्नु स्वभाविकै हो चाहना र भावनाले पनि । त्यसैले त चाहना र भावना पनि नजानिदो पाराले प्रेमको आकर्षणमा डुब्न पुगेका थिए ।
चाहना रेष्टुरेण्टमा राशनसँग बसेर कफि पिउँदै थिइन् । प्रहरीको भ्यान साइरन बजाउँदै आयो । रोशन र चाहना बसेको टेबलमा आएर एउटा प्रहरीले सोध्यो–“यहाँ चाहना भन्ने को हो ?” “म हुँ चाहना किन र ?” चाहनाले प्रहरीलाई भनिन् । “तपाइंलाई भावनाको हत्याको आरोपमा गिरफ्तार गर्दैछौं । तपाई हामीसँग हिँड्नुहोस् । उनलाई लिएर प्रहरीको भ्यान त्यस ठाउँबाट अलप भयो ।
उनलाई औडाहा चल्न थाल्यो मन भतभति पोल्न थाल्यो । बेकारमा नकाम गरेछु भन्ने लाग्यो र एक्कासी चिच्याउन थाली । “नाई ऽऽऽ ……… म बाट यो के भयो ?  हे भगवान मलाई माफ गरिदेऊ । यो के भयो ? ”
झल्याँस्स आँखा खुल्यो चाहनाको । जीउ भरि पूरै पसिनै पसिनाले लतभत भएको पायो उनले आफूलाई । जीउ ढक्क फुलेको थियो । कपडा निथ्रुक्कै भिजेको थियो । १०४ डिग्रीको ज्वरो आए झैं भतभति जीउ पोलि रहे झैं लाग्यो उनलाई अनि बेडको नजिकै टेबुलमा रहेको पानीको जग उठाइन् र घट घट पानी पिइन् । यसो भावना सते पट्टि फर्किएर भावनालाई हेरिन् । भावना सुतिरहेकी थिइन् । “उफ यो कस्तो सपना ।”मनमनै भन्दै भावनाको गाला सुमसुम्याइन् । उनैलाई अँगालो हाली पुःन उनी सुत्ने कोशिस गर्न थालिन् ।
निदाउनलाइृ उनले भरमग्दुर प्रयास गरिन् तर बिडम्बना उनी पटक्कै निदाउन सकिनन् । औडाहा र छटपटिमा नै उनको सारा रात दित्यो । आँखा झिमिक्क सम्म गर्न सकिनन् । जब अलि निन्द्रा लाग्ला जस्तो हुन्थ्यो त्यहि सपनाको तन्द्राले उनलाई सताउँथ्यो । त्यहि सपना झलझलि फिल्म झैं आँखा अगाडि आउँथ्यो । पुलिसको हथकडि अनि जेलको चिसो छिँडी झलझली सम्झना आउँथ्यो । रात पनि कहिले कट्ला भन्ने लाग्थ्यो उनलाई । त्यो रात उनलाई धेरै लामो लाग्यो । बल्ल बल्ल रात बित्यो र झिसमिसे उज्यालो भयो ।
बिहानै उठेर भावना र चाहना आफ्नो नित्य कर्ममा लागे । सँगै खाना खाए । सँगै अफिस गए तर अन्य दि नझैं उनीहरु बीचमा त्यति गफ भएन । दुबै आ–आफ्नै सुरमा अफिस पुगे । अफिसमा पुगेर दुबै आ–आफ्नो काममा व्यस्त मात्र के भएका थिए त्यति नै खेर बैंकका एमडि रोशन अफिसमा छि¥यो । सबै कर्मचारीहरुले उसलाई भने—“गुड मर्निङ्ग सर । ” तर चाहना र भावना भने रोशनलाई एकोहोरो हेरिरहन थाले ।
भावना र रोशनको बीच बारम्बार भेट भइरहन्थ्यो । उनीहरुको मायाको डोरी कसिदै जाँदै थियो । एकले अर्कालाई नभेटेको दिन खल्लो लाग्थ्यो उनीहरुलाई । उनीहरु एक अर्कालाई एकदमै माया गर्थे । सँगै जीउने र सँगै मर्ने कसम खाइसकेका थिए उनीहरुले ।
रोशनले भावनालाई पार्कमा भेट्न बोलाएको थियो तर एक घण्टा भन्दा बढी कुरीसक्दा पनि भावना आइनन् । उसले भावनाको मोबाइलमा कल ग¥यो उनको मोबाइल अफ गरिएको थियो । करिब दुई घण्टा कुरेपछि रोशन मनमा अनेक कुरा खेलाउँदै फर्कियो । उसले सोच्यो किन भावनाले मलाई धोका दिइन् त ? आखिर किन उनी मेरो भावनसँग खेलवाड गर्दैछिन् । यस्तै यस्तै सोच्दा सोच्दै रोशन आफ्नो घर पुगेको पत्तै पाएन । एक जग पानी पएिर रोशन आफ्नो बेडमा बस्यो र सोच्न थाल्यो–“किन यति ठूलो खेलवाड म माथि भावना ऽऽऽ ………….. ”
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । ) अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयmरअजबलम)बmबचद्दण्ज्ञण्२थबजयय।अयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0