–गोविन्द ब. थापा
हाम्रा प्राज्ञिक पत्रकार कवि नै ऐले म देखिरन्छु
आँखामा हिमशैल उत्तर खुली आभा फु¥या देख्दछु
यौटा सुन्दर देश बास शिवको नेपाल यो विश्वमा
अर्को छैन हिमाल उच्च छ यहीँ कोसी सँगै साथमा ।
कर्णाली अनि गण्डकी लहरिने मेची महाकालीका
बग्ने देश विशाल चुल्बुलरिने संसारमा कैं छ त ?
पक्कै छैन, यही छ देवगणका यो पुन्य बासस्थल
सीता, गौतमबुद्ध धेर ऋषिको यैं नै छ जन्म घर ।
हाम्रै बेद पूराण खण्ड हिमबत् आधार भित्रै पसी
लेख्ने अद्भुत शक्तिका शिखरिणी विद्वान ढुङ्गेल यी
जस्को नाम मुकन्द सुन्दर उसै त्यस्मा प्रसादै थपी
लेख्ने नाम छ बुझ्छ जो मनुजले सान्निध्यतामा रमी ।
जस्ले लेख्छ र पढ्छ राष्ट्रप्रतिको माया र सत्भावना
राख्ने विज्ञ महान लेखक महाँ रोवाप्रको बन्दना !
सातौं पुस्तकका प्रधान अतिथी स्वामी त आनन्दको
साँच्चै सूर्यसरी यहाँ अरुण झैं ऐले यहाँ लौ भयो ।
प्रश्न वाचक अभिव्यक्ती ?
कस्तो पुस्तक लेख्नु भा छ अहिले ? नेपालको हालत
के चैं भै रछ राजनीति लिगमा पाङ्गो कता गुड्दछ ?
साँच्चै देश दुःख्या छ यो समयमा श्री जङ्गबहादुर
जन्म्यो रे ! अव भीड तन्त्र हुनि भो भन्छन् यहाँ मानिस
भन्छन् सुन्दछु आज त्रासित बनी आत्मा समालोचना
हामीले पनि गर्नु पर्दछ लहै मान्छे म¥या सम्झना !
फेरी ती दिन फर्कि यो मुलुकमा हत्या र हिंसा नहोस्
भन्दै बिन्ति गरें समस्त जनमा नेपाल बाँची रहोस् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |