Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

८३ बर्ष पुरानो बाटो कालोपत्रे गर्न छलफल

प्रभातफेरी अनलाइन १४४० पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१० साल अघि)
८३ बर्ष पुरानो बाटो कालोपत्रे गर्न छलफल

दाप्चाबासीले भने “हाम्रो बाटो कालोपत्रे हुनुपर्यो ”

दाप्चा ÷ “हामीले पटक पटक इलाका तथा जिल्ला परिषद्मा प्रस्ताव लिएर गयौँ तर हाम्रो बाटो अझै कालोपत्रे हुन सकेन ” नेपाली कांग्रेस छत्रेबाँझ गाउँ समिति सभापति पुष्ष श्रेष्ठले भने , “एलडियो साव लगायत सम्पुर्ण अतिथीले यो बाटो कालोपत्रे गर्न पहल गरिदिनुपर्यो । ” ८३ बर्ष पुरानो नमोबुद्ध दाप्चा काक्रे सडकको अवश्थाबारे छलफल गर्न आयोजित अन्तरक्रियामा पुगेका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की समक्ष उनले यस्तो आग्रह गरेका हुन् ।

निर्माण भएको ८४ बर्ष पुग्दा पनि काभ्रे जिल्लाको काभ्रेभञ्ज्याङबाट प्रसिद्ध नमोवुद्ध हुँदै दाप्चा काक्रेँ पुग्ने पुरानो सडक कालोपत्रे हुन सकेको छैन । सरकारी निकायको वेवास्ता र स्थानीय राजनैतिक दलको कम सक्रियताका कारण हालसम्म पनि सडक पीच हुन नसकेको हो । अझ बर्षाको समयमा सडकमा परेका खाल्डाखुल्डी लगायतका कारण यातायात सञ्चालनमा समेत कठिनाई हुने गरेको छ ।

१९८६ सालमा ध्रुव शम्सेर राणाको पालामा उक्त मोटरबाटो बनेको थियो । ‘सडक थप जिर्ण समेत बन्दै गएको छ, विपी राजर्मागको विकल्प सडक हुने यो बाटो पिच गर्नका लागि सरकारले तत्काल पहल चाल्नुपर्छ” नमोबुद्ध दाप्चा काक्रे सडक समितिका अध्यक्ष अनिल लामाले भने ।

पर्यटकीय क्षेत्र नमोवुद्ध पनि यही सडक हुँदै आउनुपर्छ । आन्तरीक तथा बाह्य पर्यटक गरी यहाँ दैनिक करिब १ हजार आउँछन् तर उनीहरुलाई बाटो अप्ठेरो भएकोले समस्या पर्ने गरेको थान्गु तासी गुम्वाका कर्म फुर्व शेर्पा बताउँछन् । “यहाँको सडक कालोपत्रे मात्रै गर्न सकियो भने पनि नमोबुद्ध लगायत दाप्चा क्षेत्रमा धेरै पर्यटक भित्राउन सकिन्छ । ” उनले भने ।

स्थानीयवासी पटक पटक सडक पीच गर्नका लागि जिल्ला विकास समिति र सडक विभागमा पनि गैसकेका छन् । जिल्ला विकास समिति काभ्रे जाँदा त्यो सडक विभागले गर्नुपर्ने भन्दै पन्छने गरिएको छ भने सडक विभाग जाँदा सरकारसँग बजेटका लागि अनुरोध गरिरहेको बताउने गरेको छ । कार्यक्रममा पुगेका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले पनि प्राथमिकतामा राखेर यो सडक कालोपत्रे गर्न आफु लाग्ने प्रतिवद्धता व्यक्त गरे । “जिविसले मात्रै गर्न सक्ने अवश्था नहोला तर राष्ट्रिय योजनामा पारेर पिच गर्नमा राजनैतिक र स्थानीयको दवाव पनि आवश्यक छ, उनले भने, “यो अभियानमा मेरो पनि सहयोग रहन्छ ।  ”

नमोबुद्धसँगै कोटकालिका लगायतका प्रसिद्ध पर्यटकीय क्षेत्र, भिमसेनस्थान जस्ता ऐतिहासिक मन्दिर र कलात्मक घरहरु पनि यही स्थानमा पर्छन् तर यातायातकै असुविधाका कारण धेरै पर्यटक यहाँ आउन समस्या भोग्ने गरेका छन् । दाप्चा काँक्रे हुँदै विपी राजमार्गमा जोड्न सकियो भने यो विपी राजमार्गमा सडक अवरोध हुँदा यो वैकल्पिक बाटो समेत हुन सक्छ ।

दाप्चा–नमोबुद्ध काक्रे सडक पिचका लागि स्थानीयबासिन्दाहरुले दबाब समूह समेत गठन गरेका छन् । दाप्चा क्षेत्रमा पर्ने फुलबारी, छत्रेबाँझ, पात्लेखेत, पुरानो गाउँ, श्यामपाटी, डराउने पोखरी र खनालथोक गाविसका बासिन्दाहरुले बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि खनालथोक गाविसको काँक्रेसम्म करिब २० किलो मिटर सडक पिच गरिनुपर्ने माग राख्दै आएका छन् ।

अन्तरक्रियामा पुगेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक )का जिल्ला अध्यक्ष शंखरदास लामा, एनेकपा माओवादी २ नं क्षेत्रीय सचिव टिका बहादुर लामा, नेकपा एमालेका जिल्ला सदस्य चन्द्र लामा लगायत राजनैतिक दलका नेताहरुले समेत दाप्चा क्षेत्रको विकासको लागि आफु पनि लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0