Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

८३ बर्ष पुरानो बाटो कालोपत्रे गर्न छलफल

प्रभातफेरी अनलाइन १७११ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
८३ बर्ष पुरानो बाटो कालोपत्रे गर्न छलफल

दाप्चाबासीले भने “हाम्रो बाटो कालोपत्रे हुनुपर्यो ”

दाप्चा ÷ “हामीले पटक पटक इलाका तथा जिल्ला परिषद्मा प्रस्ताव लिएर गयौँ तर हाम्रो बाटो अझै कालोपत्रे हुन सकेन ” नेपाली कांग्रेस छत्रेबाँझ गाउँ समिति सभापति पुष्ष श्रेष्ठले भने , “एलडियो साव लगायत सम्पुर्ण अतिथीले यो बाटो कालोपत्रे गर्न पहल गरिदिनुपर्यो । ” ८३ बर्ष पुरानो नमोबुद्ध दाप्चा काक्रे सडकको अवश्थाबारे छलफल गर्न आयोजित अन्तरक्रियामा पुगेका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की समक्ष उनले यस्तो आग्रह गरेका हुन् ।

निर्माण भएको ८४ बर्ष पुग्दा पनि काभ्रे जिल्लाको काभ्रेभञ्ज्याङबाट प्रसिद्ध नमोवुद्ध हुँदै दाप्चा काक्रेँ पुग्ने पुरानो सडक कालोपत्रे हुन सकेको छैन । सरकारी निकायको वेवास्ता र स्थानीय राजनैतिक दलको कम सक्रियताका कारण हालसम्म पनि सडक पीच हुन नसकेको हो । अझ बर्षाको समयमा सडकमा परेका खाल्डाखुल्डी लगायतका कारण यातायात सञ्चालनमा समेत कठिनाई हुने गरेको छ ।

१९८६ सालमा ध्रुव शम्सेर राणाको पालामा उक्त मोटरबाटो बनेको थियो । ‘सडक थप जिर्ण समेत बन्दै गएको छ, विपी राजर्मागको विकल्प सडक हुने यो बाटो पिच गर्नका लागि सरकारले तत्काल पहल चाल्नुपर्छ” नमोबुद्ध दाप्चा काक्रे सडक समितिका अध्यक्ष अनिल लामाले भने ।

पर्यटकीय क्षेत्र नमोवुद्ध पनि यही सडक हुँदै आउनुपर्छ । आन्तरीक तथा बाह्य पर्यटक गरी यहाँ दैनिक करिब १ हजार आउँछन् तर उनीहरुलाई बाटो अप्ठेरो भएकोले समस्या पर्ने गरेको थान्गु तासी गुम्वाका कर्म फुर्व शेर्पा बताउँछन् । “यहाँको सडक कालोपत्रे मात्रै गर्न सकियो भने पनि नमोबुद्ध लगायत दाप्चा क्षेत्रमा धेरै पर्यटक भित्राउन सकिन्छ । ” उनले भने ।

स्थानीयवासी पटक पटक सडक पीच गर्नका लागि जिल्ला विकास समिति र सडक विभागमा पनि गैसकेका छन् । जिल्ला विकास समिति काभ्रे जाँदा त्यो सडक विभागले गर्नुपर्ने भन्दै पन्छने गरिएको छ भने सडक विभाग जाँदा सरकारसँग बजेटका लागि अनुरोध गरिरहेको बताउने गरेको छ । कार्यक्रममा पुगेका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले पनि प्राथमिकतामा राखेर यो सडक कालोपत्रे गर्न आफु लाग्ने प्रतिवद्धता व्यक्त गरे । “जिविसले मात्रै गर्न सक्ने अवश्था नहोला तर राष्ट्रिय योजनामा पारेर पिच गर्नमा राजनैतिक र स्थानीयको दवाव पनि आवश्यक छ, उनले भने, “यो अभियानमा मेरो पनि सहयोग रहन्छ ।  ”

नमोबुद्धसँगै कोटकालिका लगायतका प्रसिद्ध पर्यटकीय क्षेत्र, भिमसेनस्थान जस्ता ऐतिहासिक मन्दिर र कलात्मक घरहरु पनि यही स्थानमा पर्छन् तर यातायातकै असुविधाका कारण धेरै पर्यटक यहाँ आउन समस्या भोग्ने गरेका छन् । दाप्चा काँक्रे हुँदै विपी राजमार्गमा जोड्न सकियो भने यो विपी राजमार्गमा सडक अवरोध हुँदा यो वैकल्पिक बाटो समेत हुन सक्छ ।

दाप्चा–नमोबुद्ध काक्रे सडक पिचका लागि स्थानीयबासिन्दाहरुले दबाब समूह समेत गठन गरेका छन् । दाप्चा क्षेत्रमा पर्ने फुलबारी, छत्रेबाँझ, पात्लेखेत, पुरानो गाउँ, श्यामपाटी, डराउने पोखरी र खनालथोक गाविसका बासिन्दाहरुले बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि खनालथोक गाविसको काँक्रेसम्म करिब २० किलो मिटर सडक पिच गरिनुपर्ने माग राख्दै आएका छन् ।

अन्तरक्रियामा पुगेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक )का जिल्ला अध्यक्ष शंखरदास लामा, एनेकपा माओवादी २ नं क्षेत्रीय सचिव टिका बहादुर लामा, नेकपा एमालेका जिल्ला सदस्य चन्द्र लामा लगायत राजनैतिक दलका नेताहरुले समेत दाप्चा क्षेत्रको विकासको लागि आफु पनि लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0