Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य क्षेत्र प्रति सम्वेदनशिल हुनु आवश्यक

प्रभातफेरी अनलाइन १३९३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१० साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी
‘धन भन्दा स्वास्थ्य ठूलो । स्वास्थ्य नै धन हो ।’ जस्ता उक्तिहरु हामीहरुले धेरै समय पहिले देखि नै सुन्दै आएका हौं । विद्यालय स्तरको अध्ययनको क्रममा पनि मानिसले स्वास्थ्यबारे चनाखो हुनुपर्छ भन्ने कुरा पढ्दै र सिक्दै आएका थियौं, हामीले । तर खोई किन हो बुझेर हो वा बुझ्न बाँकी भएरै हो सानै उमेर देखि सिकेर पनि हामी अहिले सम्म न स्वास्थ्य प्रति चनाखो भएका छौं न त्यस सिकाईलाई व्यवहारमा उतार्न सकेका नै । जसले गर्दा अहिले सुन्दै नसुनेका र नसोचिएका रोगहरुको शिकार हुन हामी बाध्य छौं ।

हाम्रा वुढापाकाहरुले अहिले व्याप्त रोगहरु प्रति लक्षित गर्दै हाम्रा पालामा यस्ता रोगहरु लाग्ने त के सुनेका पनि थिएनौं भन्ने खालका अभिव्यक्तिहरु दिएको हामीले सुनेका छौं । आजभन्दा करिव पाँच दशक अगाडिको कुरा गर्ने हो भने पनि अहिलेको जस्तो भयावह स्थितीमा स्वास्थ्य क्षेत्र पुगेकै थिएन । मानिसको जनसंख्याको चाप पनि कम थियो । वातावरण प्रदुषण पनि थिएन । स्वस्थकर खानेकुराको कारण रोग कम लाग्नु स्वभाविकै हो । अनि हाम्रा अग्रजहरुले भनेका कुराहरु पनि सत्य नै हुन् ।

समय परिवर्तन हुन पुगेको छ अहिले । वढ्दो जनसंख्यालाई परम्परागत प्रविधीको काम गराईले धान्न मुस्किल छ । त्यसैले मानिसहरु कसरी थोरै लगानी, श्रम र सिपबाट धेरै उत्पादन गर्न सकिन्छ भन्ने तिर लाग्न थालेका छन् । आधुनिक किसिमका प्रविधीहरुमा र काम गराईमा व्यस्त हुन पुगेको मानिसहरुको अहिलेको योे व्यस्तताले आफ्नो विग्रदो स्वास्थ्य प्रतिको स्थितीलाई विर्साएको छ । हामी सस्तोमा धेरै र कम गुणस्तरका खाद्यान्नहरु आँखा चिम्लेर खरिद गर्छौं । त्यस्तै अवस्थामै प्रयोग पनि गर्छौं । खुट्टामा लगाउने जुत्ताहरु एयर कन्डिसन युक्त ठाउँमा राखेर विक्रि गरिरहेका छौं भने दैनिक भान्सामा प्रयोग गरिने तरकारी, फलफूल लगायतका उपभोग्य वस्तुहरु सडक र पेटीको धुलोमा राखेर विक्रि गरिरहेका छौं । यसले हाम्रो स्वास्थ्यमा गम्भिर असर पु¥याउँछ भन्ने हामीलाई थाह छ तैपनि स्वास्थ्य प्रतिको हाम्रो बेवास्ताले दैनिक अनौठा रोगहरुको शिकार हुन बाध्य छौं ।

सरकारी नीति पनि फितलो छ । जनताको स्वास्थ्य क्षेत्रमा सरकारले करोडौं रुपयाँको खर्च गरेको छ । तर यो लगानी लक्षित वर्ग सम्म नपुग्दै विचौलियाहरुको पोल्टोको सामल बन्न पुगेको यथार्थ हामी सामु छर्लङ्ग छ । देशमा करिव ४ हजार गाविसहरु छन् । सरकारी निती अनुसार प्रत्येक गाविसमा एउटा स्वास्थ्य चौकी र एउटा उपस्वास्थ्य चौकी हुनु पर्ने हो । कतै स्वास्थ्यचौकी छ स्वास्थ्यकर्मी  छैनन् । कतै सामान्य ज्वरो निको हुने सिटामोल सम्म छैन त कतै स्वास्थ्यचौकी नै छैन । अस्पतालबाटै भाइरल शुरु भएर संक्रमण फैलिदै बिरामीको मृत्यु हुँदा सम्म सरकारी कर्मचारीहरु यस प्रति बेखबर हुनु विडम्बना मात्र होइन सरकारको यस क्षेत्रमा गरिएको लगानी र थुप्रै दातृ निकायले गरेको सहयोगको उपहास पनि हो ।

गाउँघर तिरको स्थिती हेर्ने हो भने पनि जनचेतनाको अभाव रहेको स्पष्ट देखिन्छ । भान्सा र गाईवस्तु बाँध्ने ठाउँ लगभग जोडिएको अवस्थामा रहेको अधिकांश ठाउँमा देखिन्छ । व्यवस्थित शौचालय प्रयोग गर्नेहरुको संख्य एकदम कम छ । घरआँगनको डिल, बारीको भित्ता र बाटोहरुमा जथाभावी रुपमा दिशापिसाव गर्नेहरुलाई जनचेतना फैलाउने निकायको गाउँमा अभाव छ । यति मात्र होइन, स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा रुढीवादी र अन्धविश्वास व्याप्त छ । विरामी पर्दा धामी झाँक्रीको भर पर्ने, झारफुक गर्ने र निको नभए पछि अन्तिम अवस्थामा अस्पताल धाउने प्रवृतीले बहुसंख्यक नेपालीहरुको स्वास्थ्य क्षेत्र प्रतिको बेवास्ता प्रष्ट हुन्छ । जसले गर्दा दिनप्रतिदिन मानिसको स्वास्थ्य स्थिती विग्रदै गएको कुरा घाम जतिकै छर्लङ्ग छ ।

पछिल्ला वर्षहरुमा देशको स्वास्थ्य क्षेत्रमा पनि राजनितिक हस्तक्षेपको शुरुवात भईसकेको छ । यस क्षेत्रमा आएका वैदेशिक सहयोग र सरकारले छुट्टयाएको बजेटमा भ्रष्ट्राचार व्याप्त छ । सरकारले  यसलाई रोक्न नसकिरहेको अवस्था छ । यति मात्र होइन , यो क्षेत्र चरम महंगीको चपेटामा परेको छ । गरिवीले गर्दा चाहेरै पनि कतिपय  सर्वसाधारण जनता अस्पतालको मुखै नदेखी मृत्युवरण गर्न बाध्य छन् । नेपालको हावापानी र  भु – बनोट अनुसार गाउँघरमै उत्पादित जडिबुटीहरुको सदुपयोग गर्ने हो भने पनि धेरैजसो रोगको निदान गर्न सकिन्छ भन्ने कुराबाट अधिकांश सर्वसाधारणहरु अनविज्ञ रहका छन् । यसले नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती श्रृजना गरेको छ ।

देशको विशेष गरि ग्रामिण भेगका जनतालाई स्वास्थ्यबारे चेतना जगाउनु अहिलेको टड्कारो आवश्यकता देखिन्छ । यति मात्र गर्न सकिने हो भनेपनि सामान्य ज्वरो र झाडापखालाबाट ज्यानै गुमाउनु पर्ने अवस्थाबाट उनीहरु मुक्त हुने निश्चित छ । हामी सँग जंगल, जडिबुटी, जलसम्पदा र जनशक्ति पर्याप्त छ तर यीनीहरुलाई राम्रो सँग सदुपयोग गर्न नसक्दा देशले अहिले मानव जीवनको लागि महत्वपूर्ण मानिएको स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिरहेको छैन । सरकारले यस्तो विषयमा चासो दिएर मानवजीवन सँग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य क्षेत्रलाई विशेष महत्वमा राख्ने हो भने जनता निरोगी हुने र देश सम्बृद्धी तिर जाने निश्चित छ ।

पबयितयउष्द्दज्ञछ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0