logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

उपस्वास्थ्य चौकीलाई बेड हस्तान्तरण

प्रभातफेरी अनलाइन१२१६ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार(१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ आइसिडी नेपालले खहरेपाँगुको उपस्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई एक थान बेड उपलव्ध गराएको छ ।
सुत्केरी सेवाको लागि सहज होस् भनेर बेड सहयोग गरिएको संस्थाका अध्यक्ष माधव श्रेष्ठले जानकारी दिए । थर्ड आइ नेपालका अध्यक्ष महेश पौडेल र अध्यक्ष श्रेष्ठले चौकी व्यवस्थापक समितिका अध्यक्ष प्रेमबहादुर लामालाई हस्तान्तण गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, संस्थाका उपाध्यक्ष तुलसी मानन्धर, सदस्य विलबहादुर श्रेष्ठ लगायतले सामाजिक क्षेत्रबारे चर्चा गरेका थिए ।