Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आत्मनिर्भर बन्दै महिलाहरु “गुरुआमा” बन्न सिप सिक्दै

प्रभातफेरी अनलाइन २६३२ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१० साल अघि)
आत्मनिर्भर बन्दै महिलाहरु “गुरुआमा” बन्न सिप सिक्दै

-नगेन्द्र अधिकारी ÷ भकुण्डे

घरायसी कामकाजमा नै सिमित महिला सिप सिकेर आत्मनिर्भर बन्न लागेका छन् । खनालथोक (भकुण्डे) र आसपासका गाविस फुलबारी, मेथिनकोट, पात्लेखेत, डराउनेपोखरी लगायतका गाविसका महिला ड्राइभिङ तालिम लिएर आत्मनिर्भर बन्दै गएका हुन् । थोरै खर्चका लागि पनि श्रीमान्को भरपर्नुपर्ने वाध्यताको अन्त्य हुने र यसैलाई पेशाको रुपमा लैजाने आत्मविश्वास पनि उनीहरुमा छन् ।

खनालथोक ७ की सितामाया तामाङ एकल महिला हुन् । प्रहरीमा रहेका उनका श्रीमान् मानसिक रोगी समेत थिए । उनको श्रीमान्ले आत्महत्या गरेको ६ महिना भयो । त्यसपछि नै ८, ७ र ३ बर्षका ३ वटी छोरीको लालनपालन गर्ने अभिभारा उनकै काँधमा आएको छ । श्रीमानका अन्य ३ जना दाजुभाई पनि छुट्टिएरै बसेका छन् । अंशवण्डा गर्दा करिव २ रोपनी बारी उनको भागमा पर्छ । अहिले १ रोपनी जग्गामा गोलभेँडा खेती गरेर उनले केही कमाइ गरिरहेकी छिन् तर यसको आम्दानीबाट उनलाई पुगेको छैन । हाल उनी लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरिरहेको ३ महिने मोटर ड्राइभिङ तालिम लिइरहेकी छिन् । तालिम लिइसके पछि संस्थाले जागिर समेत खोजिदिने बताएको छ । “३ जना लालाबालाको सम्पुर्ण जिम्मेवारी मेरै काँधमा आएकाले सीप सिके कमाएर खान सक्छु भने तालिम लिएको हुँ । ”

फुलबारीकी यमकुमारी भुजेल उमेरले ३४ भइन् । उनको १४ बर्षको छोरा र १ छोरी छन् । श्रीमान् घरमा नै मेल (कारखाना) चलाएर बसेका छन् । यो उमेरमा पनि जोश र जाँगरका साथ तालिममा बसेकी छिन् । “घरपरिवारको पनि हौसला छ । उनले भनिन् , “सिप सिकेर पछि यसलाई पेशा नै बनाउँछु । ”

सितामाया र यमकुमारी मात्रै हैन, स्थानीय हनुमान उच्च माविबाट कक्षा १२ उर्तीण पात्लेखेतकी दिपिका तिवारी पनि पछि ड्राइभिङ लाई नै पेशा बनाउने सोचमा छिन् । स्नातक तहमा भर्ना हुने तयारीमा रहेकी उनी समाजमा रहेको यो पेशा प्रतिको नकरात्मक सोच हटाउनमा पनि आफु लाग्ने बताउँछिन् । “यो आम्दानीका हिसाबले पनि राम्रो पेशा हो , “विहे गरेपछि पनि म त श्रीमान्लाई सम्झाउँछु । ”

लक्ष्मी प्रतिष्ठान नामक संस्थाले पहिलो चरणमा ६८ जना महिलालाई “सेफ ड्राइभिङ तालिम ” दिइरहेको छ । ४ बर्षको अवधीमा काभ्रेका ३ सय , सिन्धुपाल्चोकका १ सय ५० , नुवाकोट १ सय ५० र काठमाण्डौँ, भक्तपुर, ललितपुर र धादिङका ४ सय गरी १ हजार महिलालाई दक्ष चालक बनाउने संस्थाको योजना छ ।

लक्ष्मी प्रतिष्ठान सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना दुई छोरा कुमार र बलराम गौतमको स्मृतीमा बाबु विष्णु गौतम र आमा लक्ष्मी गौतमले गठन गरेको संस्था हो । २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खानेपानी, ट्राफिक व्यवस्थापन, विकास निमांण, युवा रोजगारी लगायतका सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

दक्ष महिला चालक उत्पादन गरेर उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष विष्णु गौतमले बताए । “चालककै कारण धेरै दुर्घटना हुने गरेका छन्, चालक दक्ष भयो भने दुर्घटनामा कमि ल्याउन सकिन्छ । उनले भने, “महिलाहरु इमान्दार र सजग पनि हुन्छन्, त्यसैले दुर्घटनामा कमि ल्याउन सकियोस् भनेर आफ्नै व्यक्तिगत खर्चमा तालिम चलाएका हौँ । ”  तालिमको लागि ३ करोडको अनुमान गरिएको छ ।

तालिम अन्तर्गत मार्सल आर्टस, अटो मेकानिक, ट्राफिक जानकारी, अंग्रेजी भाषाको समेत तालिम दिइने गरिएको छ । आत्मसुरक्षाको लागि मार्सल आर्ट, प्रांविधिक पक्षको समेत जानकारी होस् भने अटो मेकानिक र ट्राफिक नियम बारे जानकारी दिने गरिएको छ । “नेपालमा धेरै पर्यटक आउँछन्, चालकले अंग्रेजी भाषा नजान्दा धेरै समस्या हुने गरेको छ, त्यसैले अंग्रेजीको भाषाको समेत कक्षा दिने गरेका छौँ । ” अध्यक्ष गौतमले भने । चालकको लागि छुट्टटै पोशाकको व्यवस्था समेत गरिएको छ । २०६९ साल फाल्गनु २४ गते उनीहरु तालिम सकेर सिपका साथ सडकमा देखिनेछन् ।

 

सम्पति बेच्दै सामाजिक कार्य

विभिन्न गैरसरकारी संस्थालाई डलर कमाउने गरेको आरोप लाग्ने गरेको छ । विभिन्न योजनाको नाममा आएको सहयोग रकम सदुपयोग र दुरुपयोग दुवै भएको छ तर लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले आफ्नो सम्पति बेच्दै सामाजिक काम गर्दै आएका छन् ।

सवारी दुर्घटनामा परेर मृत्यु भएका दुई छोरोको स्मृतीमा गठन गरिएको लक्ष्मी प्रतिष्ठानले देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, ट्राफिक व्यवस्थापन, विकास निमांण, युवा रोजगारी लगायतका सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

“अहिले सम्म पाँचखाल नजिकै अनेकोटमा रहेको १४ रोपनी जग्गा बेचेँ । ” उनी भन्छन्, “धेरै ठाँउमा प्रयास गरेँ तर कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग पाएको छैन । अनेकोट गाविसको कार्यलयले मात्रै उनलाई १ लाख ७० हजार सहयोग गरेको छ । उनले विभिन्न सबैजसो सरकारी निकायमा सहयोगको लागि अपिल गरेका छन् । गैरआवासिय नेपाली संघले उनलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत पनि उनीहरुले सहयोग रकम जुटाइरहेका छन् ।

महिला ड्राइभिङ तालिम तालिमको लागि मात्रै ३ करोडको अनुमान गरिएको छ । यसैको लागि उनले पछिल्लो पटक ४ रोपनी जग्गा बेचेका हुन् । “सहयोगको लागि धेरै निकायमा पुग्यौँ, हाम्रो अभियान र काम देखेर प्रशंसा गर्छन् तर सहयोग गर्दैनन् । ” उनले दुखेसो पोखे । आफ्ना योजनाका फाइल बोकेर उनी राष्ट्रिय योजना आयोग देखि सबै मन्त्रालयमा पुगेका छन् तर सबै तिरबाट उनी रित्तो हात फर्किनु परेको छ । “नेपालमा काम गर्नेले हैन, कागज तयार गर्नेेले पैसा पाउने रहेछन् । ” उनले भने ।

नेपाली सञ्चारमाध्यमलाई उनी आभार प्रकट गर्छन् । आफुहरु यो स्थिती सम्म आइपुग्न उनी सञ्चारमाध्ययम र सञ्चारकर्मीको ठूलो योगदान रहेको बताउँछन् । पछिल्लो समय ड्राइभिङ तालिमको लागि नेपाली सेनाको २६ नं बाहिनीले अटोमेकानिक तालिमको लागि प्राविधिक सहयोग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0