बनेपा ÷ महादेवस्थान ४ सिउडिनटारमा बज्रयोगिनी प्राथमिक विद्यालय छ । नजिकै नेपाल विद्युत प्राधिकरणको ३ फेज हाइटेन्सन लाइन सहितको पोल पनि छ । नजिकै फराकिलो मैदान समेत छ । विद्यालयमा अध्ययनरत विद्यार्थी फुर्सद हुने वित्तिकै यही खेलमैदानमा खेल्नको लागि पुग्छन् । पोल गाडिएको भाग माटोले पुरिँदा ट्रान्समिटर सम्म सानो उमेरका विद्यार्थीले समेत सजिलै पुग्न सक्छन् । यसले गर्दा कुनै पनि समयमा ठूलो दुर्घटना निम्तिन सक्ने खतरा समेत छ ।
अविभावक पनि केही भइहाल्ने हो कि भन्ने चिन्तामा रहेको बताउँछन् । “बच्चाहरु यही आएर खेल्छन्, स्कुल पठाए पनि केही हुन्छ की भन्ने चिन्ता लागिरहन्छ ” स्थानीय अविभावक भगवती सापकोटाले भनिन् ।
मेलम्ची सडक कालोपत्रे गर्ने समयमा निस्कने माटो सोही स्थानमा थुपारिएकाले पोल गाडिएको भाग अग्लो हुँदै गएको हो । “साना बच्चाहरुले पनि सजिलै छुन सक्ने अवश्था छ , स्थानीय रामचन्द्र सापकोटाले भने, “समयमै होश नपु¥याउने हो भने कुनै पनि बेला दुर्घटना हुन सक्छ । ”
मैदानको सहतबाट ट्रान्समिटर ४ फिट मात्रै अग्लो छ । हातले त ३ फिट अग्लो मानिसले समेत छुुन सक्छन् ।
स्थानीय रामकुमार सापकोटा प्राधिकरणलाई पटक पटक जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको गुनासो गर्छन् । “धेरै पटक भन्यौ तर केही भएन ” उनले भने । १ किलोमिटरको दुरीमा हिँगुवापाटी पm्युज स्टेशन छ , पाँचखालमा शाखा छ तर यो घटना प्रति प्राधिकरणले बेवास्ता गरिरहेको छ ।
महादेवस्थानमा मात्रै हैन, जिल्लाका अधिकाशं भागमा प्राधिकरणले लापार्वाही गर्ने गरेको स्थानीयहरु गुनासो गर्छन् । तार रहेको स्थानमा हरिया रुखहरु काटन्, पोल लड्ने अवश्थामा पुगेको जानकारी गराउँदा समेत वेवाश्था गर्ने गरेको उपभोक्ताले गर्ने गरेको छ । डराउनेपोखरीका इश्वर अधिकारीले आफुले रुखका हाँगा काटन् पटक पटक आग्रह गर्दा समेत वेवाश्था गरिएको बताउँछन् । “धेरै पटक कर्मचारीलाई भने तर सुनुवाई भएको छैन । ” उनले गुनासो गरे ।
प्राधिकरणका कर्मचारीहरु कम तलवमा काम गर्नुपर्ने, स्थानीयले असहयोग गर्ने, कामको मुल्याङकन नहुने लगायतका कारण देखाउँदै पन्छिदै आउने गरेका छन् । चण्डेनीमण्डन, खहरेपाँगु लगायतका स्थानमा प्राधिकरणकै लापार्वाही कारण स्थानीयको मृत्यु भएको घटना समेत छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |