महिलालाई हेर्ने सामाजिक दृष्ट्रिकोण नेपाली समाजमा राम्रो छैन । महिला र पुरुषलाई एकै रथका दुई पाङग्रा भनिने गरे प्रधानसमाज नेपालमा महिला पछि पारिने गरिएका छन् । जंनसंख्याको हिसावले पुरुष भन्दा महिलाको संख्या वढी भएपनि राज्यको नेतृत्व तहमा महिला पुग्न सकेका छैनन् । ग्रामिण भेगका महिलाको त स्वास्थ्य, शिक्षा लगायतका न्युनतम सेवा वाट समेत बञ्चित छन् । राज्यले ३३ प्रतिशत महिला प्रतिनिधित्वको नीतिगत व्यवस्था गरेपनि सरकारी निकायमा नै त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
पछिल्लो समय महिलाहरुको आर्थिक मुद्धा थप पेचिलो बन्दै गएको छ । महिलाहरु आर्थिक रुपमा कमजोर भएकै कारण उनीहरु थप पिडित बन्दै गएको अवश्था छ । शिक्षा कम हुनु, हातमा सिप नहुनुको कारण महिला हिंसाको शिकार समेत महिला नै भइरहेका छन् । श्रीमान् संग मनमुटाव भएर छोडपत्रको स्थितीमा समेत आत्मनिर्भर नभएकै कारण महिला थप स्थिीति छ । सामान्य खर्चका लागि समेत श्रीमानको भर पर्नुपर्ने अवश्था छ ।
महिलाको क्षेत्रमा धेरै सरकारी तथा गैरसरकारी निकायले कार्यक्रम चलाएपनि थोरै संघसंस्थाले मात्रै महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम चलाएका छन् । कतिपय स्थानमा महिलाहरु आफैले आफ्नै पहलमा समुहहरु गठन गरेर आयआर्जनको काम गरिरहेका छन् । धेरैले आफ्नै थोरै लगानीमा बाख्रापालन, तरकारी खेती लगायत काम गरिरहेका छन् । केहीले व्यवसायिक सीप सिकेर सानो लगानीमा व्यवसाय गरिरहेका छन् ।
महिलालाई आत्मनिर्भर बनाउन सकियो भने उनीहरुको स्थितीमा परिवर्तन ल्याउन सकिन्छ । सीप सिकेर आत्मनिर्भर भएकी महिला शोषण र दुव्र्यवहारमा पर्ने स्थिती समेत रहँदैन । श्रीमान् र समाजबाट अपहेलित भएको अवश्थामा समेत उनीहरु आफ्नो सिप मार्फत आत्मनिर्भर बनाउन सकिन्छ ।
त्यसले सरकारी तथा गैरसरकारी निकायहरुको ध्यान महिलाहरुलाई आत्मनिर्भर बनाउन तर्फ केन्द्रित हुनुपर्छ । महिलाका नाममा आउने विभिन्न रकम दुरुपयोग समेत हुने गरेको छ । रकमको सही सदुपयोग भयो र महिलालाई आत्मनिर्भर गराउन सकियो भने महिलाको स्थितीमा सुधार ल्याउन त सकिन्छ नै महिला हिंसाको संख्यामा समेत कमि हुन्छ । यसको लागि सबै सरोकारवाला लाग्नु आवश्यक छ ।
शान्ती सुरक्षा कायम गर्छु ः प्रजिअ
धुलिखेल÷प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले काभ्रे जिल्लामा शान्ती सुरक्षा कायम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला स्थित राजनीति दल, उद्योग व्यवसायी, नागरिक समाज, पत्रकार लगायतसँको छलफल कार्यक्रममा प्रजिअ ढकालले यस्तो पं्रतिवद्धता व्यक्त गरेका हुन् । दुई राजमार्ग जोडिएको जिल्ला काभ्रेमा तस्करी नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने उनले बताए । अपराधीहरुको सुरक्षित आश्रयस्थल काभ्रे बनिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणमा पनि प्रहरी प्रशासन लाग्ने जनाए । व्यवसायी, राजनीतिक दल , पत्रकार र नागरीक समाजको सल्लाह र समन्वयको खाँचो समेत उनले औँल्याए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं, एमाओवादीका पुर्व सेक्रेटरी गंगाबहादुर दोङ (वमध्वज), नेकपा–माओवादी इन्चार्ज चुडामणि गौतम (हेमक), प्रहरी उपरीक्षक गीता उप्रेती, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्य, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, नेपाल प्रेस युनियन केन्द्रीय कोषाध्यक्ष इश्वरी ओझा, पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष महेश पौडेल लगायतले जिल्लाको शान्ती सुरक्षाको स्थितीबारे चर्चा गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |