Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिलाहरुलाई आयआर्जनमा लगाउ

प्रभातफेरी अनलाइन २०९१ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

महिलालाई हेर्ने सामाजिक दृष्ट्रिकोण नेपाली समाजमा राम्रो छैन । महिला र पुरुषलाई एकै रथका दुई पाङग्रा भनिने गरे प्रधानसमाज नेपालमा महिला पछि पारिने गरिएका छन् । जंनसंख्याको हिसावले पुरुष भन्दा महिलाको संख्या वढी भएपनि राज्यको नेतृत्व तहमा महिला पुग्न सकेका छैनन् । ग्रामिण भेगका महिलाको त स्वास्थ्य, शिक्षा लगायतका न्युनतम सेवा वाट समेत बञ्चित छन् । राज्यले ३३ प्रतिशत महिला प्रतिनिधित्वको नीतिगत व्यवस्था गरेपनि सरकारी निकायमा नै त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो समय महिलाहरुको आर्थिक मुद्धा थप पेचिलो बन्दै गएको छ । महिलाहरु आर्थिक रुपमा कमजोर भएकै कारण उनीहरु थप पिडित बन्दै गएको अवश्था छ । शिक्षा कम हुनु, हातमा सिप नहुनुको कारण महिला हिंसाको शिकार समेत महिला नै भइरहेका छन् । श्रीमान् संग मनमुटाव भएर छोडपत्रको स्थितीमा समेत आत्मनिर्भर नभएकै कारण महिला थप स्थिीति छ । सामान्य खर्चका लागि समेत श्रीमानको भर पर्नुपर्ने अवश्था छ ।
महिलाको क्षेत्रमा धेरै सरकारी तथा गैरसरकारी निकायले कार्यक्रम चलाएपनि थोरै संघसंस्थाले मात्रै महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम चलाएका छन् । कतिपय स्थानमा महिलाहरु आफैले आफ्नै पहलमा समुहहरु गठन गरेर आयआर्जनको काम गरिरहेका छन् । धेरैले आफ्नै थोरै लगानीमा बाख्रापालन, तरकारी खेती लगायत काम गरिरहेका छन् । केहीले व्यवसायिक सीप सिकेर सानो लगानीमा व्यवसाय गरिरहेका छन् ।

महिलालाई आत्मनिर्भर बनाउन सकियो भने उनीहरुको स्थितीमा परिवर्तन ल्याउन सकिन्छ । सीप सिकेर आत्मनिर्भर भएकी महिला शोषण र दुव्र्यवहारमा पर्ने स्थिती समेत रहँदैन । श्रीमान् र समाजबाट अपहेलित भएको अवश्थामा समेत उनीहरु आफ्नो सिप मार्फत आत्मनिर्भर बनाउन सकिन्छ ।
त्यसले सरकारी तथा गैरसरकारी निकायहरुको ध्यान महिलाहरुलाई आत्मनिर्भर बनाउन तर्फ केन्द्रित हुनुपर्छ । महिलाका नाममा आउने विभिन्न रकम दुरुपयोग समेत हुने गरेको छ । रकमको सही सदुपयोग भयो र महिलालाई आत्मनिर्भर गराउन सकियो भने महिलाको स्थितीमा सुधार ल्याउन त सकिन्छ नै महिला हिंसाको संख्यामा समेत कमि हुन्छ । यसको लागि सबै सरोकारवाला लाग्नु आवश्यक छ ।
शान्ती सुरक्षा कायम गर्छु  ः प्रजिअ
धुलिखेल÷प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले काभ्रे जिल्लामा शान्ती सुरक्षा कायम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला स्थित राजनीति दल, उद्योग व्यवसायी, नागरिक समाज, पत्रकार लगायतसँको छलफल कार्यक्रममा प्रजिअ ढकालले यस्तो पं्रतिवद्धता व्यक्त गरेका हुन् । दुई राजमार्ग जोडिएको जिल्ला काभ्रेमा तस्करी नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने उनले बताए । अपराधीहरुको सुरक्षित आश्रयस्थल काभ्रे बनिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणमा पनि प्रहरी प्रशासन लाग्ने जनाए ।  व्यवसायी, राजनीतिक दल , पत्रकार र नागरीक समाजको सल्लाह  र समन्वयको खाँचो समेत उनले औँल्याए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं, एमाओवादीका पुर्व सेक्रेटरी गंगाबहादुर दोङ (वमध्वज), नेकपा–माओवादी इन्चार्ज चुडामणि गौतम (हेमक), प्रहरी उपरीक्षक गीता उप्रेती, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्य, मानव अधिकारकर्मी  भोजराज तिमल्सिना, नेपाल प्रेस युनियन केन्द्रीय कोषाध्यक्ष इश्वरी ओझा, पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष महेश पौडेल लगायतले जिल्लाको शान्ती सुरक्षाको स्थितीबारे चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0