Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौलारोगीका आफ्नै पिडा “मृगौला प्रत्यारोपणको दायरा फराकिलो गर्नुपर्यो”

प्रभातफेरी अनलाइन २१४९ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
मृगौलारोगीका आफ्नै पिडा “मृगौला प्रत्यारोपणको दायरा फराकिलो गर्नुपर्यो”

नगेन्द्र अधिकारी ÷ बनेपा
३३ बर्षीय मयुर तामाङको स्थायी घर होक्से गाविसको शिखरपुर हो । उनको गाउँ “मृगौला बेच्नेको गाउँ” भनेर परिचित छ । तर सोही ठाँउका स्थानीय उनले आफ्नो मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् । सरकारी कानुनका कारण उनी बाँधिएका छन् । सरकारी नीति अस्पष्ट रहेका कारण आफुले मृगौला प्रत्यारोपण गर्न नपाएको उनले गुनासो गरे । “सरकारले आफन्तमा मात्रै मृगौला प्रत्यारोपण गर्ने कानुनी व्यवस्था गरेको छ, उनले भने, “कसैको जीवन रक्षाको लागि रगत समुह मिले प्रत्यारोपन गर्न पाउने नियम बनाउनुपर्छ । ” कमजोर आर्थिक अवश्था भएका मयुर विगत १० महिना मृगौलाको डाइलोसिस गराइरहेका छन् ।
कानुनत आफ्ना परिवारको सदस्यलाई मात्रै मृगौला दिन सकिन्छ । सोही कारण दलालहरुले नक्कली नागरिकता समेत बनाएर यसको तस्करी समेत गर्दै आएका छन् । रगत समुह नमिलेको खण्डमा आर्थिक रुपमा विपन्नहरुले मोटो रकम तिरर प्रत्यारोपन गराउन सक्दैनन् । त्यस कारण उनीहरुको मृत्यु हुुने गरेको छ । यसको लागि गलत परिचय (आफन्त) बनाएर मृगौला बेचविखन गर्ने गरिएको छ । यसले गर्दा पनि मृगौलाको तस्करी बढिरहेको छ । पिडितहरु प्रत्यारोपणको दायरा फराकिलो बनाउनुपर्ने बताउँछन् भने अधिकारकर्मीहरु यसले विकृती निम्त्याउन सक्ने भन्दै सरकारले यसलाई व्यवस्थित बनाउनुपर्ने तर्क गर्छन् ।
वाग्लुङको पाण्डवखानी गाविस ६ का ५० वर्षीय गिरीप्रसाद पुन मृगौला रोगी हुन् । उनी विगत १७ बर्षदेखि नियमित रुपमा मृगौलाको डाइलोसिस गराइरहेका छन् । हप्तामा उनी दुई पटक मृगौलाको डाइलोसिस गर्न वीर अस्पताल पुग्छन् । २०५६ सालमा सरकारी अस्पतालमा उपचार गराउनको लागि निवेदन दिएका उनले २०६६ सालमा मात्रै अनुमति पाए । सरकारी अस्पतालमा १ पटकमा कम्तीमा ५ हजार खर्च हुन्छ । नीजी अस्पतालमा त यो अझ महंगो पर्छ । औषधी, लगायत गरेर उनको मासिक ५० हजार खर्च हुन्छ । आकस्मिक कुनै समस्या आयो भने त यो भन्दा बढी खर्च हुने गरेको छ ।
पुन लुथरन विश्व सेवामा काम गर्थे । जागिर खाएर बचेको केही रकम पनि उनले सकाएका छन् । यही बर्षको दशैँमा डाइलोसिस गर्न नपाउँदा त्यसको असर उनको कानमा पर्यो । आजकाल उनी एउटा कान सुन्न सक्दैन । सरकारी तथा नीजि अस्पताल दशैँको समयमा विदा हुने र नीजिमा उपचार गर्न आर्थिक समस्या हुने कारण यो अवधीमा धेरै मृगौला रोगीको मृत्यु समेत हुने गरेको छ ।
नियमित डाइलोसिस गराउनुपर्ने उनलाई आजकाल आर्थिक रुपमा कठिन छ । उनको कमाउने एक छोरा पनि १ बर्षअघि सडक दुर्घटनामा परेर वित्यो । “आजकाल त कसैले पैसा पनि पत्याउँदैनन् , उनले गुनासो गरे, “पहिला त छोरा थियो तिर्छ भनेर कसैले ऋण पनि दिन्थे, अहिले त कसैले पत्याउँदैन पनि । ”
उनको केही सम्पति पनि २०४० सालमा खोलाले लगिदियो । आज भोली उनी आफ्नी फुपु दिदीको शरणमा छन् । साइन्स पढ्ने इच्छा गरेकी उनकी छोरी आर्थिक समस्याकै कारण छात्रवृतिमा नर्सिङ पढिरहेकी छिन् । होस्टेलमा तिर्नको लागि न्युनतम पैसाको लागि पनि उनाई समस्या परिरहेको छ । “ऋण १२ लाख जति छ, आफ्नो सम्पति बेच्यो भने १ लाख जति पनि आउँदैन । ” उनले भने, “हामी जस्ता रोगीलाई डाइलोसिस निशुल्क गर्ने व्यवस्था सरकारले मिलाइदिए भने हुन्थ्यो । ”
राष्ट्रिय मृगौला पिडित संघ खोलेर उनीहरु एकजुट समेत भएका छन् । संघमा देशभरका ६ सय ६७ मृगौलारोगी छन् । डाइलोसिस निशुल्क हुनुपर्ने, निशुल्क औषधी उपचार माग राख्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । मृगौलारोगीका लागि सरकारले २ करोड छुट्टाएको भएपनि पहुँचवालाले मात्रै पाएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण समेत गराइरहेका छन् । संघका अध्यक्ष चिन्तामणि पोखरेल सरकारले तथ्याङक नै राखेर सरकारले सहयोग वितरण गर्नुपर्ने धारणा राख्छन् । “अन्यको जस्तै मृगौलारोगीको पनि तथ्याकं राखेर राहत वितरण गर्नुपर्छ । ” उनले भने । पोखरेलका अनुसार, हाल देशभर ३ हजार रोगीले नियमित डाइलोसिस गराइरहेका छन् । आर्थिक विपन्नता लगायतका कारण करिव १० हजार रोगी सम्पर्कमा नै नआएको संघको दावी छ । उनीहरुले सरकारले मृगौला प्रत्यारोपणको दायरा फराकिलो बनाउनुपर्ने, प्रत्येक बर्ष डाइलोसिसको लागि २ लाख दिनुपर्ने र प्रत्यारोपणको लागि १० लाख उपलव्ध गराउनुपर्ने माग राख्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत स्वास्थ्यमन्त्री र सरकारी अधिकारीलार्य ध्यानाकर्षण गराइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0