Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्राधिकरण जिम्मेवार बन

प्रभातफेरी अनलाइन ६९६८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
Post Thumbnail

विद्युतलाई अंग्रेजीमा “गुड सर्भेन्ट वट अ व्याड मास्टर ” भनिन्छ । अर्थात विद्युत एक असल नोकर हो र खराव मालिक पनि । यसले राम्रो सेवा पनि दिन्छ भने खराव घटनाहरु पनि घटाउन सक्छ ।
विज्ञान र प्रविधीको विकास सँगै विद्युत अर्थात विजुली पनि एक मानवीय आवश्यकता जस्तै भइसकेको छ । यसको उपभोग विना दैनिक जीवनयापन असहज त बन्छ नै प्राय असम्भव जस्तै हुन्छ । यसले देशको आर्थिक विकासको लागि महत्वपुर्ण भुमिका समेत खेलेको छ । यसको सही प्रयोग हुने हो, नेपालका जलसम्पदाहरुको सही प्रयोग हुने हो भने नेपालले आर्थिक क्षेत्रमा कायापलट नै हुन सक्छ ।
सकरात्मक पाटोसँगै यसको नकरात्मक पक्ष पनि छ । यसको गलत प्रयोगले ठूलो क्षति समेत निम्त्याउने सम्भावना छ । पछिल्लो समय सम्वन्धित निकाय नेपाल विद्युत प्राधिकरण लोडसेडिङ गर्ने निकायको रुपमा परिचित हुँदैछ । प्राधिकरण र यसका कर्मचारीको लापार्वाही र गैरजिम्मेवारीपनले ठूलै खतरा निम्त्याउने खतरा समेत बढिरहेको छ ।
यही घटनालाई आधार मानौँ, महादेवस्थान ४ सिउडिनटारमा बज्रयोगिनी प्राथमिक विद्यालय छ । नजिकै नेपाल विद्युत प्राधिकरणको ३ फेज हाइटेन्सन लाइन सहितको पोल छ । नजिकै फराकिलो मैदान समेत छ । विद्यालयमा अध्ययनरत विद्यार्थी फुर्सद हुने वित्तिकै यही खेलमैदानमा खेल्नको लागि पुग्छन् । पोल गाडिएको भाग माटोले पुरिँदा ट्रान्समिटर सम्म सानो उमेरका विद्यार्थीले समेत सजिलै पुग्न सक्छन् । यसले गर्दा कुनै पनि समयमा ठूलो दुर्घटना निम्तिन सक्ने खतरा समेत छ । तर पटक पटक अविभावक र स्थानीय निकायले प्राधिकरणमा गुनासो गर्दा समेत यसको सुनुवाई हुन सकेको छैन । प्राधिकरणले बेलैमा ध्यान नदिने हो भने त्यहाँ ठूलो दुर्घटना हुने सम्भावना छ ।
मैदानको सहतबाट ट्रान्समिटर ४ फिट मात्रै अग्लो छ । हातले त ३ फिट अग्लो मानिसले समेत छुुन सक्छन् । १ किलोमिटरको दुरीमा हिँगुवापाटी पm्युज स्टेशन छ , पाँचखालमा शाखा छ तर यो घटना प्रति प्राधिकरणले बेवास्ता गरिरहेको छ ।
जिल्लाका अधिकाशं भागमा प्राधिकरणले लापार्वाही गर्ने गरेको स्थानीयहरु गुनासो गर्छन् । तार रहेको स्थानमा हरिया रुखहरु काटन्, पोल लड्ने अवश्थामा पुगेको जानकारी गराउँदा समेत वेवाश्था गर्ने गरेको उपभोक्ताले गर्ने गरेको छ प्राधिकरणका कर्मचारीहरु कम तलवमा काम गर्नुपर्ने, स्थानीयले असहयोग गर्ने, कामको मुल्याङकन नहुने लगायतका कारण देखाउँदै पन्छिदै आउने गरेका छन् । चण्डेनीमण्डन, खहरेपाँगु लगायतका स्थानमा प्राधिकरणकै लापार्वाही कारण स्थानीयको मृत्यु भएको घटना समेत छन् ।
तसर्थ, प्राधिकरण जस्तो सरकारी निकायले यस्ता विषयमा समयमै जिम्मेवार बन्नुपर्छ । नत्र प्राधिकरणको लाचारी र गैरजिम्मेवारीपनको अपजस प्राधिकरण आफैले लिनुपर्छ । हैन भने जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने यस्तो विषयमा प्राधिकरण जिम्मेवार बन्नै पर्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0