Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धर्मसंस्कृति नै अग्रगमनको बाधक हो कि ?

प्रभातफेरी अनलाइन ११५८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
Post Thumbnail

-रामचन्द्र हुमागाईं

धर्म ः
मानिसलाई मानिसले नै अलमल्याउने विश्व संस्कारकै रुपमा देखा परेको छ धर्म, खास गरी कसैलाई न होच्याई, नफकाई र कुनै धर्मको पक्षपाती नभै धर्मको व्याख्या गर्ने हो भने एउटा अफिम जस्तै हो । जुन खाने बानी लाग्दै जान्छ र जीवन समाप्त नभएसम्म प्रयोग कर्तालाई न भै हुँदैन ।
धर्मका नाम धेरै छन् जसमा मुख्य नेतृत्वकर्ता धर्महरु हुन्, ‘हिन्दु, इस्लाम, क्रिश्चियन, बौद्ध, जोराष्ट्रियानिज्म, ताओवाद, शिन्तो, जुराइज्म, अफ्रिकन धर्म सम्प्रदाय, शिख, यहुदी र जैन ।
हिन्दू धर्मका बारेमा यसका शाखा प्रशाखा केलाउने हो भने नामैले भन्नुपर्दा तेत्तिस कोटी देवी देवताका शाखा प्रशाखाहरुले राज गरीरहेका छन् । यिनीहरुका बासस्थान खोज्दै जाँदा नेपालमा मात्रै ३५६ ठाउँको अनुगमन भैसकेको छ, यो पनि आज भन्दा १० वर्ष अगाडिको तथ्याँक हो । यी स्थानहरुलाई धार्मिक दृष्टिले भन्दा पनि पर्यटकीय रुपमा विकास गर्न सकियो भने महाकाली देखि मेचीसम्म र हिमालय देखि तराईसम्मलाई समेट्न सकिन्छ र नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई दृश्यावलोकन गराएर मात्रै पनि अर्थोपार्जन गर्न सकिन्छ तर यी पर्यटकीय स्थलहरु संरक्षणको अभावमा त्यसै खुम्चिएर रहेका छन् ।
राजनीति ः
सबै नीतिको मुल नीति राजनीति हो । यतिबेला नेपालको राजनीति अनौठो किसिमले अगाडि बढिरहेको छ । नागरिकहरु खासगरी गरिखाने वर्ग मुलुक सुहाउँदो राजनीति व्यवस्थाको चाहना गरिरहेका छन् भने, राजनीतिज्ञहरु आफ्नो अनुकुलको राजनीतिक व्यवस्था लाद्न खोजिरहेका छन् । नेपालको भौगोलिक परिस्थिति अनुसारको राजनीति नेपालमा प्रवेश नै गर्न पाएको छैन । ८० प्रतिशत हिन्दूहरुको वसोवास भएको भनिएता पनि अमूक–अमूक व्यक्तिहरुले मात्रै राज्यसत्तामा हालीमुहाली गरिरहेका छन् । परिस्थितिको घेराभित्र पारेर माथि उठ्ने र व्यक्तिगत स्वार्थ साँधेर धन आर्जन गर्ने राजनीति हावी भैरहेको छ । आम नागरिक, पढेलेखका युवाहरु र महत्वकाँक्षी केही वर्गले विदेश पलायन हुनुपरेको छ । यो अवस्था किन आयो त ! यसको खोजी गर्दै जाँदा प्रष्ट हुन्छ, यो एक्काइसौँ शताब्दीमा पनि गरीखाने वर्गको सम्बोधन नहुनु । त्यसमाथि एउटा स्वतन्त्र र गणतान्त्रिक मुलुकका नागरिकहरु अर्को मुलुकमा गएर श्रम व्यापार गर्नु अत्यन्तै दुःखदायी विषय हो । निर्दलीय निरंकुश र बहुदलीय बहुलवादी व्यवस्था हुँदा शुरु भएको यो बैदेशिक श्रमबजारलाई रोक्न स्वदेशमै श्रमबजारको श्रृजना गर्न सकिन्छ र गर्नु पनि पर्छ । त्यसका लागि नेपालले प्राकृतिक सम्पदाहरुको भण्डार नै बोकेर बसेको छ । जबसम्म ती भण्डारहरुको सदुपयोग, उत्पादन र उत्खनन् गर्न सकिँदैन तबसम्म नेपालको श्रम विदेशी बजारमा गई नै रहन्छ । जंग बहादुर राणाको पालामा विदेशी शैक्षिक सेवामा प्रवेश गरेका नेपालीहरुको इतिहास हेर्ने हो भने कुनै उपलब्धी हासिल गरेको देखिँदैन र यतिबेलाका नेपाली श्रमिकहरुले विदेशमा श्रम गरेर स्वदेश भित्र्याएको आम्दानीले उल्लेखनीय काम गर्न सकेका छैनन् ।
यसका लागि सरकारी निकायबाटै दरिलो कार्यक्रम ल्याएर रेमिट्यान्सलाई उत्पादनमुखी काममा सदुपयोग गर्नु÷गराउनुपर्दछ । केबल हामी हिन्दु राष्ट्रका नागरिक हौँ, हामी हिन्दु मात्रै हौँ भन्दै झ्याम्टा ठोकेर र गेरुबस्त्र लगाएर हिडेर मात्रै धार्मिक कर्मको निर्वाह हुन सक्तैन । यसका लागि राजनीतिक निकासलाई प्राथमिकता दिनुपर्छ । यतिवेला देखापरेको राजनीतिक निकासको बाटो दुई वटा मात्रै छ, एउटा सम्झौताको टेबुलामा बसेर निकास निकाल्नु, अर्को युद्धमैदानमा उत्रिएर पूरातनवादीहरुलाई समाप्त पार्नु । यी दुई मध्ये कुन बाटो उपयुक्त हो, छुट्याउने काम राजनीति अग्रतामा उभिएका नेतृत्व वर्गले नै हो ।
धार्मिक पर्व ः
नेपालीहरुका धार्मिक पर्वहरुको सुची पनि निकै लामो छ, सम्यक पूजा देखि छट पर्वसम्म पुग्दा १०७ वटा त धार्मिक पर्वहरु नै छन् । राजा महाराजाहरुलाई बोलाएर अर्धाचन, पादस्नान र जलदान गरेर पूजन गर्ने १२ वर्षे पर्व देखि मिथिलाञ्चलमा खेती लगाउने बेलादेखि फसल भित्र्याउने बेलासम्म कुनै दिनको मौका छोपेर चन्द्रमालाई अर्घदान दिएर मात्रै दुई छाक खाने पर्वले नेपाली जनमानसमा सामन्ती सरकारले नछाडेको प्रष्ट हुन्छ । माथि उल्लेखित १०७ पर्व मध्ये कुनै पनि पर्वले सामन्ती संस्कारको उद्घोष गर्छ । काठमाडौं र भक्तपुरमा गरिने घोडे जात्रा र विस्केट जात्रा कै विषयमा इतिहास हेर्ने हो भने पनि सनातनिय निरंकुशता छिपेको पाइन्छ । गाई जात्रा पर्व कसरी शुरु भयो भन्ने विषयमा छोटो टिप्पणी गरौँ । राजा प्रताप मल्लले छोरा चक्रबर्तेन्द्र मल्लको मृत्यु शोक मनाई रहेकी महारानीलाई खुसी पार्न आयोजना गरिएको जात्रालाई अहिलेसम्म पनि हामी राष्ट्रिय पर्वका रुपमा मनाईरहेका छौँ । महादेव र पार्वतीको प्रेम जीवनीमा आधारित श्रीस्वस्थानी ब्रतकथा एक महिनासम्म पढेर वा अरुलाई सुनाएर मुक्ति प्राप्त गर्ने, विछोड भएको व्यक्तिसँग पुर्नमिलन हुने विश्वास राख्छौँ । त्यस्तै कुसे औँसी र गोकर्ण औँसीमा मात्रै आफुलाई जन्म दिने आमा–बुवालाई सम्झिने परम्परा धानिरहेका छौँ ।
दशैँको दुरदराज यस्तै छ, रामचन्द्रले श्रीलंकाका राजा रावणले आफ्नी सीता हरण गरेको झोँकमा रावणबध गरेको कथनमा हामी निर्दोष पशुपन्छीलाई बली चढाएर आत्मतृप्ति गर्छौँ । यमराजले आफ्नी बहिनी यमुनाले सेवा गरेको घटनालाई स्मरण गर्दै तिहार मनाउँछौँ । राम र सीताको विवाह भएको साइतलाई पर्व बनाएर विवाह पञ्चमी बनाउँछौँ । एउटै यात्राका दुई पथिक श्रीमान श्रीमती विचको सम्वन्ध गहिरो हुन्छ र श्रीमान्को आयु लम्बिन्छ भन्दै महिलाहरु निराहार बसेर श्रीमान्को पूजा नगरी खाना नखाने तीज पर्व मनाउँछौँ ।
यी त भए उधाहरणीय पर्व । बाँकी पर्वहरुमा कुनै न कुनै बहाना आ–आफ्नै ठाउँमा छन् । यी पर्वहरु मनाउँदा हुने खानेको दाँजोमा हुँदा खानेहरुले गर्ने प्रतिस्पर्धा र त्यो प्रतिस्पर्धामा भएको पैत्रिक सम्पत्ति सकिने, ऋण काढेर खर्च गरेको रकम वर्ष दिनसम्म पनि तिर्न नसकेका उदाहरणहरु आफ्नै ठाउँमा छन् । यस्ता प्रकृति र प्रवृत्तिका चार्डपर्वहरु मनाउने क्रम घटाउँदै लग्नुको साटो अरु बढ्दै छ । विगत ८÷१० वर्ष यता देखि तीज पर्व मनाउने शहरिया महिलाहरु एक महिना अगाडि देखि नै जुट्न थालेको पाइन्छ । सरकारी वा गैरसरकारी सेवामा कार्यरत महिलाहरु कार्यालय नै छाडेर तीज समारोहमा जम्मा हुने गरेका छन् । आफ्नै कोखबाट जन्मिएकी चेलीलाई बर्षमा एक दिन मात्रै सम्झिने संस्कार बन्दैछ । के हामीले यो संस्कारलाई छोट्याउँदै लैजाने कि आगामी पुस्तालाई अरु बोझिलो बनाउने ? यस्ता प्रश्नहरुले आधुनिकता तिर सोच्ने संस्कृतिकर्मीहरुलाई बारम्बार घचधच्याउने गर्न थालेको छ । हो, धर्म र संस्कृतिले कसैलाई छाड्दैन । मुस्लिम धर्मावलम्बीहरु वर्षमा २ पटक मात्रै चाडपर्व मनाउँछन् । क्रिश्चियनहरु वर्षमा एक पटक मात्रै पर्व मनाउँछन् भने हामी नेपाली अर्थात हिन्दुहरुले किन यति धेरै चार्डपर्वहरु मनाई रहन्छौँ ? कतै हाम्रो विकास र अग्रगमनमा यिनै चार्डपर्व र धर्म संस्कृतिहरु नै अवरोध भैरखेका त छैनन् ? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आईसकेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0